जीवन अँध्यारोमा जब आउँछ दुख (भजन ३०४): एक असफल पास्टरले लेखेको सफल गीत Story behind a Hymn

जीवन अँध्यारोमा जब आउँछ दुख (भजन ३०४): एक असफल पास्टरले लेखेको सफल गीत



म भरखरै चर्च जान सुरु गर्दा जीवन अँध्यारोमा जब आउँछ दुख भन्ने भजन ३०४ प्राय म जाने मण्डलीमा भेटि उठाउने क्रममा गाइने गरिन्थ्यो ।  भरखरै नयाँ विश्वासमा हुर्कदै गरेको बेला यसका शब्दहरूमा मेरो ध्यान पुगेको थिएन तर भेटि उठाउँदा गाइने भजन भनेर मैले चिन्ने गर्थे । पछि प्रभुको बोलावट संग बाइबल कलेज पुग्दा मात्र थाहा भयो यो गित त अंग्रेजीबाट नेपालीमा उल्था गरिएको रहेछ । पछि बाइबलिय उच्च शिक्षा हासिल गर्न कोरिया पुग्दा यही हामीले भेटि उठाँउदा गाउने गरेको गीत  लगभग 50 जनाको क्वायरले गाएको देखे । यो देख्दा मलाई आफूले सुनेको भाकाको गीत भव्य रूपमा गाएको पाउँदा निकै रमाइलो लाग्यो र धेरै समय पछि सम्म यो मेरो सबै भन्दा मन पर्ने भजनहरु मध्ये को एक बनिरह्यो । तर हालसालै विश्वासी डट कम् मा लेखहरू लेख्न थाले पछि मैले केही प्रचलित भजनहरूको पछिको घटनाको खोज गर्ने क्रममा मलाई थाहा भयो जसरी यस भजनले आशीष गन गन भनि वकालत गरेको छ त्यसको विपरीत धेरै पटक असफल भएको व्यक्ति बाट लेखिएको रहेछ । आज त्यही अपत्यारिलो यस गीत पछाडिको कथा यहाँ कोर्दै छु ।

सन् 1856 मा जन्मेका जोनसन ओट्म्यान अमेरीकाको न्यूजर्जि का बासिन्दा थिए । उनको पिता एक व्यापारी भए पनि त्यस ठाँउमा सबै भन्दा राम्रो गाउन जान्ने मानिसको रूपमा चिनिएका थिए। सानै देखि जोनसनलाई पनि गित गाएर बाब जस्तै प्रख्यात बन्ने खुब रहर थियो तर उनले उनको बाबुको जत्ति कहिल्यै गाउन सकेनन् । गाउन नसके पनि उनमा संगितमा केहि गर्ने धोको कायमै थियो। उनले बाबुको व्यापार मा हात हाले तर व्यापारबाट आफू सन्तुष्ट हुन सकेनन् । पछि गएर उनि पास्टरीय सेवाकाइमा लाग्ने उद्देश्य साथ सेमिनारीमा गए। त्यहाँ आफ्नो पढाइ सके पछि उनले पास्टरीय अभिषेक लिएर पास्टरको सेवा गर्न लागे र मण्डलीहरु मा प्रचार गर्न लागे । 

तर जोनसनलाई पास्टरीय सेवाकाइमा पनि सन्तुष्ट मिलेन उनले वचन प्रचार भन्दा संगितमा नै मन लाग्थ्यो तर गाउन सक्दैनथे । तर त्यति बेला उनले थाहा गरेकी उनले गित गाउन र संगित बजाउने सिप नभए पनि गीत लेख्ने कला परमेश्वरले दिनु भएको छ । उनी ३१ वर्षको उमेर मा वचन प्रचार गर्न छाडेर गित भजन लेख्न थाले । आफूले राम्रो गाउन नसक्ने भएकोले अरुहरुलाई नै गित गाउन लगाउँथे । त्यति बेला मात्र उनले महसुस गरेकि उनले पुलपिटबाट प्रचार गर्न नसकेका वचनहरूलाई गीतको माध्यमबाट मानिसहरूमा बाडन सक्ने भए । यसरी धेरै काममा असफलता पाएपछि सफलताको बाटो फेला पारेका जोनसनले आफ्नो जीवन कालमा 5000 वटा भजनहरू लेखे । उनले लेखेको सबैभन्दा प्रख्यात भजन मध्ये पर्दछ हामीले भेटि उठाउँदा गाउने गरेको भजन |

जोनसनले यस भजनलाई 1897 मा लेखेका थिए । उनले लेखेका शब्दहरूलाई संगितमय गर्ने काम एड्विन ओथेलो एक्सेल ले गरे । एड्वीन आफै पनि एक पास्टरका छोरा थिए। यसरी जीवनको बाटो पहिल्याउन धेरै पटक असफल भएका व्यक्ति बाट लेखिएको भजन संसार भरका विश्वासीले परमेश्वरले दिनुभएको आशिषलाई सम्झने गीतको रूपमा परिणत भएको छ । भलै उनले वचन बाडने काम रोकेर भजन लेख्न सुरु गरेता पनि उनको भजन धेरैलाई परमेश्वरको वचन बुझ्ने र बुझाउने माध्यम बनिरहेको  छ ।


आशिष गन गन एकै एक आशीष गन हेर छन् अनेक

आशीष गन छक्क पर्नेछौ प्रभुले तिमीलाई कति दिनु भो