फलदायी बनौं Let's Be Fruitful

 फलदायी बनौं Let's Be Fruitful



हामी प्रत्येक दिन परमेश्वरले हाम्रो जीवनमा राख्नु भएको योजनामा सफल भएर जीउनकोलागि बनाइएका हौं । जव हामी आफ्नो बोलावट अनुसार जीउने प्रयास गर्दछौं , विभिन्न चुनौतिहरुको सामना गर्नु पर्ने हुन्छ । यस्तो बेलामा हामी आत्मक रूपमा अपरिपक्क छौं भनें परमेश्वरको योजना पुरागर्न असमर्थ र असफल हुन सक्छौं। तर परमेश्वरले हामीले हाम्रो जीवनमा भेटेका मानिस तथा घटनाको माध्यम द्वारा हामीलाई परिपक्क बनाउनु हुन्छ र यसै क्रममा हामी प्रभु येशू ख्रीष्टको स्वरूपमा परिवर्तन हुँदै जान्छौं ।

अध्ययन गरौं

यूहन्‍ना 15:16 

मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्‌। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ।

गलाती 5:22‭-‬23  

तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता, नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।

विचार गरौं -

हामीले हाम्रो जीवनबाट कस्तो फल फलाएको परमेश्वर चाहनु हुन्छ सो विचार गरौं

परमेश्वरले कुन फलको लागि हामीलाई चुन्नु भयो ? के हामी सफल भएको छौं ?

परमेश्वरको योजना हाम्रो जीवनमा सफल बनाउनको लागि के हामीले परमेश्वर सँग सहायता मागेका छौं?

प्रार्थना गरौं -

प्रभु म मेरो जीवनको सबै क्षेत्रहरूमा फलदायी हुन चाहन्छु । मेरो जीवनमा तपाइको आत्मा को सहकार्यता दिनुहोस् र सफल हुन सकुँ ।