भजन 250 आउ येशू लाै मलाइ बचाउ |
यस भजन नेपाली लोक भाकामा बनाइएको छ । यस पोस्टमा फिलिप आले (यादव)ले गाउनुभएको छ।
यो भजन सर्जकको You tube Chanel बाट खुलेको जानकारी गराउँछाैं।
को. आऊ, येशू, लौ मलाई बचाऊ
पापको यो भारी आँधीमा (२)
१. संसारिक सागरको हे बलियो माझी (२)
दुःख-दर्द बुझिहिँड़्ने दुनियाँको लागि,
प्राण दिने, ज्यान दिने परम उपकारी (२)
सच्चा पक्का धर्म ल्याउने अधर्म पखाली ।
२. सुपदेश दिन्थ्यौ, प्रभु, दुनियाँ चहारी (२)
धर्मीलाई धन्य भनी पापीलाई उतारी,
दुःख-सुख साथी सम्झी हाँसू-रोऊँ नभई (२)
क्रूसमाथि चढ़्यौ प्रभु जीवन दिन कठै ।
३. नगरी देऊ ढिलो प्रभु, लौ न छिटो आऊ न (२)
दुष्कर्मको बाढ़ी बग्यो, बगे सबै जन,
नाउ खियाऊ, पारी लैजाऊ, सुन आर्त्तनाद (२)
हे जिन्दगी दाता येशू, राख आफ्नै साथ ।