भजन 250 आउ येशू लाै मलाइ बचाउ | Nepali Christian Song, Hymn no 250

 भजन 250 आउ येशू लाै मलाइ बचाउ |

यस भजन नेपाली लोक भाकामा बनाइएको छ । यस पोस्टमा फिलिप आले (यादव)ले गाउनुभएको छ। 

को. आऊ, येशू, लौ मलाई बचाऊ
    पापको यो भारी आँधीमा (२)
१.  संसारिक सागरको हे बलियो माझी (२)
    दुःख-दर्द बुझिहिँड़्ने दुनियाँको लागि,
    प्राण दिने, ज्यान दिने परम उपकारी (२)
    सच्चा पक्का धर्म ल्याउने अधर्म पखाली ।
२.  सुपदेश दिन्थ्यौ, प्रभु, दुनियाँ चहारी (२)
    धर्मीलाई धन्य भनी पापीलाई उतारी,
    दुःख-सुख साथी सम्झी हाँसू-रोऊँ नभई (२)
    क्रूसमाथि चढ़्यौ प्रभु जीवन दिन कठै ।
३.  नगरी देऊ ढिलो प्रभु, लौ न छिटो आऊ न (२)
    दुष्कर्मको बाढ़ी बग्यो, बगे सबै जन,
    नाउ खियाऊ, पारी लैजाऊ, सुन आर्त्तनाद (२)
    हे जिन्दगी दाता येशू, राख आफ्नै साथ ।