Himala chuli (हिमाल चुली त्यो पल्लो पट्टी)Nepali Christian Bhajan 232

 Himala chuli (हिमाल चुली त्यो पल्लो पट्टी)Nepali Christian Bhajan 232

धेरैे पुरानो प्राय मण्डलीहरूमा विर्सिएको तर अर्थपुर्ण मिठो नेपाली भाकाको भजन। यो भजन निकै लामो भएको कारण केहि टुक्का मात्र गाइएको छ। 


भजन 232
१.  हिमालचुली त्यो पल्लोपट्टि रूख सुक्यो सर्लङ्गै
    पाप मेरो सम्झी कालो नै कालो मन फाट्यो भर्लङ्गै
    रोई-रोई बसेर, अफसोसले भरेर मन फुट्यो झर्लम्मै ।
२.  कलवरी डाँड़ा त्यो पल्लोपट्टि येशूको क्रूस थियो
    त्यहाँ तिम्रो बद्ली येशू नै भई आफ्नो प्राण दिनुभो’
    उठ, उठ साथी हो, पाप मानिलिएर माफ माग ईश्वरलाई ।
३.  ओखलढुङ्गाको गणेश टोलमा धान कुट्थे देवले ‘रे
    जीवन ओखलमा भुस मेरो फाल्नु कुट्दैन कसैले ?
    भन, भन साथी हो मजस्तो पापी जन कसरी उम्कने ?