कविता -हुनुहुन्थ्यो परमेश्वर वचन आदिमा यूहन्ना १:१–१८ - पा. नगेन्द्र मणि भण्डारी - In the Begining The word was God

हुनुहुन्थ्यो परमेश्वर वचन आदिमा 
यूहन्ना १:१–१८ 

- पा. नगेन्द्र मणि भण्डारी


हुनुहुन्थ्यो परमेश्वर वचन आदिमा 

वचन हुनुहुन्थ्यो परमेश्वरको संगमा                           

हुनुहुन्थ्यो परमेश्वर वचन अनि 

हुनुहुन्थ्यो उहां परमेश्वर संग पनि ।।२।।


उहॅा द्वारा बनिए सबै जगतका थोक

बनिएन उहॅा बिना कुनै पनि एक थोक 

अनन्तको जीवनको ज्योति थियो उहॅामा 

मानिसको जीवन थियो त्यो ज्योतिमा ।।४।।


अन्धकारमा चम्कन्छ त्यो जीवनको ज्योति

अन्धकार बिजयी भएको छैन त्यसमाथि

परमेश्वरबाट पठाइएका थिए एक जना 

ति मानिस जसको नाउ थियो युहन्ना ।।६।।


उनीद्वारा सबैले विस्वास गरून् भनेर 

आए ज्योतिको गवाई दिन साक्षी बनेर 

आफैं त त्यो ज्योति थिएनन् उनी 

तर आएथे ज्योतिको गवाई दिन भनि ।।८।।


हरेक मानिसलाई गर्ने सॅाचो ज्ञान प्रदान 

आउॅदैहुनुहुन्थ्यो संसारमा ज्योति जान 

उहॅा संसारमा हुनुहुन्थ्यो बनियो संसार 

उहॅा द्वारा तापनि संसारले चिन्नगर्यो इंकार ।।१०।।


उहॅा आफ्नै मानिसहरूकहॅा रहनुभयो आई

उहॅाका आफ्नैले ग्रहण गरेनन्उहॅा लाई 

तर जतिले उहॅामाथी बिस्वास गरे ग्रहण 

अधिकार दिनुभो हुने परमेश्वरको सन्तान।।१२।।


तिनीहरू होइनन् रगत र इच्छाद्वारा मानिसका 

हुन्छन् तिनीहरू परमेश्वरबाट जन्मिएका 

वचन हाम्रोबिचमा हुनुभयो देहधारी 

सत्यताले पूर्णभै हुनुभयो अनुग्रहकारी ।।१४।।


हामीले उहॅाको देख्यौ जुन थियो महिमा 

पिताबाट आउनुभएको एक मात्र पुत्रमा 

युहन्नाले उच्च सोरले भने दिदै गवाही 

उहॅा हुनुहुन्छ मैले भनेको ब्यक्ति त्यही ।।१५।।


म पछि आउने हुनुहुन्छ म भन्दा उच्च 

उहा हुनुहुन्थ्यो मभन्दाअघिबाटै सर्बोच्च

अनुग्रहको पूर्णताबाट हामीले उहॅाको 

एउटा माथी अर्को अनुग्रह छौ पाएको ।।१६।।


किनभने मोशाद्वारा ब्यवस्था दिइयो 

अनुग्रह र सत्यता चाहिं येशूद्वारा आयो 

परमेश्वरलाई कसैले कहिल्यै छैनदेखेको 

एक मात्र पुत्रले प्रकट गर्नुभएकोछ पिताको ।।१८।।