बटुवाहरूको गीत

 बटुवाहरूको गीत




साँझको बेला एउटा गाउँमा दुइ बटुवाहरू आइ पुगेछन् । तिनिहरू दुईजना गाउँको मुखिया कहाँ गएर त्यस रातको लागि बास पाइन्छ कि भनेर सोधेछन् । मुखियाले गाउँको विच रहेको पाटीमा गएर सुत्नु भनि सुनाएछन् । उनले थप्दै भने, हाम्रो गाउँमा राति सुत्दा घुर्नेहरूलाइ बोक्सी मानेर पिट्ने चलन छ ।  आफूहरू पनि नघुर्नू नि फेरी गाउँलेले घुराइ सुने भने गाउँ नै उल्टेर आएर मार्छन तिमीहरूलाई ।

मुखिया कहाँबाट बिदा लिइ गाउँको बीचमा भएको पाटीमा रात बिताउन उनीहरू तयार भए । थाकेर आएकोले भुसुक्ककै निदाएछन् । निदाएको केही बेर पछि एउटा बटुवाले के के सोर सुनेर बिउँझेछ । यसो हेरेको को त आफ्नो मित्रले बडा जोडले घुर् घर् गरि घुरि रहेको रहेछ । तत्कालै उसले बाहिर कोही चहल पहल गरे जस्तो सुनेछ । अब अरूले घुरेको सुन्छन् कि भनेर डराएर के गरौं भनेर सोच्दा उसले युक्ति गरि अनि उसले तत्कालै उसको साथीको घुरेको सोरमा ताल मिलाउँदै झ्याउरे गीत गाउन थालेछ ।

सिरिमा सिरि नि कान्छा बतास चल्यो (घुर् घुर् )

बाँवरि फुलको बोटमा सुन मेरो निरमाया (घुर् घुर् )

मानिसहरूले उसले गित गाएको सुनेर धेरै जना पाटीको छेवैमा आएर गीत सुन्न लागेछन् । धेरैलाई ति बटुवाको गीत मनपर्यो र कति त नाच्ने लागेछन् । तर कसैलाई पनि त्यहाँ भित्र कोही घुर्दै छ भन्ने भान भएनछ । भित्रको घुर् घुर् लाइ पनि गीतको तालै भन्ठानेछन्  भोलि पल्ट बिहान उठ्दा गाउँका मानिसहरू पाटीको वरी परी जम्मा भएर उनीहरूलाई हिजो राति तपाइहरूले कति राम्रो गित गाएर हामीलाई रमाइलो गराउनुभएको भनेर उनीहरूको तारिफ गर्न लागे । कुनै बाजा बेगरै मुखैको भरमा घुर् घुर् ताल दिएर कस्तो मज्जाले गाउनुभएको ।

गाउँलेहरू ति बटुवाहरूलाई मीठो भोजन खुवाएर केहि उपहार पनि दिएर पठाए ।

बटुवाहरू आफ्नो बाटो लागेछन् । बाटोमा राति घुर्नेले सोधेछ कुन गित र कस्तो तालको कुरा गरेका हुन ति गाउँलेले मैले त बुझ्नै सकिन त । अर्को ले मुस्कुराउँदै उसलाई सबै बेलि विस्तार सुनाउन लागेछ ।

हामी एक अर्काको बीचमा कस्ता मित्रहरू छौं ? के आफ्नो मित्रको कमजोरीलाई ढाकछोप गरेर सुन्दरतामा बदल्ने खुबी हामीमा होला ? प्रभु येशू यस्तो मित्र हुनुहुन्छ जसले हाम्रा अधर्म र पापहरूलाई ढाकि हाम्रो जीवनलाई  सुन्दर बनाउनुहुन्छ ।

युहन्ना 15: 13-15

आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन। …अबदेखि म तिमीहरूलाई नोकर भन्‍दिनँ, किनकि त्‍यसका मालिकले के गर्दछ नोकरले जान्‍दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु।