पवित्र हप्ताको विवरण- शरीरमा येशूको अन्तिम हप्ता || Passion Week - What did Jesus do?

 पवित्र हप्ताको - शरीरमा येशूको अन्तिम हप्ता

1. खजूरको आइतवार- येरूशलेममा येशूको विषय प्रवेश


-येशूले मानिसको पापको लागि बलिदान हुन येरूशलेम जाने निश्चय गर्नु भयो । बेथफागे र बेथानियाको नजिकै पुगे पछि चेलाहरूलाई लगाएर एक गधाको बन्दोबस्त गर्नु भयो र यहि गधामा चढी येरूशलेममा एक राजाको हैसियतमा प्रवेश गर्नु भयो । मानिसहरूले मसिहको स्वागतमा लुगाहरू तथा खजूरका हाँगा बिछ्याएर उहाँको स्वागत गरे। त्यसैले यस आइतवारलाई अंग्रेजीमा Palm Sunday खजूरको आइतवार भनिन्छ ।
-
-यो बाइबलका चारैवटा सुसमाचारका पुस्तकहरूमा लेखिएको घटना हो। मत्ती 21
:1-11, मर्कूश 11:1-11, लूका 19:28-44 र यूहन्ना 12:12-19

2.  सोमवार दोस्रो दिन- येशूले मन्दिर सफा गर्नुभएको


-दोस्रो दिन फेरी ख्रीष्ट येरूशलेमको मन्दिरमा जानुभयो। बाटोमा एक नेवारोको बोटलाई श्राप दिनुभयो। उहाँ मन्दिरमा प्रवेश गरेर पछि त्यहाँ व्यापार गरिरहेकाहरूको पसललाई भत्काइ दिनुभयो ।
-सोमवारको घटना पनि हामीले सबै सुसमाचारका पुस्तकहरूमा पाउँछौं । मत्ती 21

-दोस्रो दिन फेरी ख्रीष्ट येरूशलेमको मन्दिरमा जानुभयो। बाटोमा एक नेवारोको बोटलाई श्राप दिनुभयो। उहाँ मन्दिरमा प्रवेश गरेर पछि त्यहाँ व्यापार गरिरहेकाहरूको पसललाई भत्काइ दिनुभयो ।
-सोमवारको घटना पनि हामीले सबै सुसमाचारका पुस्तकहरूमा पाउँछौं । मत्ती 21
:12-22, मर्कूश 11:15-19, लूका 19:45-48, यूहन्ना 2:13-17

3.  मंगलवार- येशू जैतुन डाँडमा जानुभयो


-मंगलवार पनि येशू येरूशलेममा जानु भइ त्यहाँका धार्मिक अगुवाइहरूसँग विवाद गर्नुभयो, पाखण्डीहरूलाई धिक्कार्नुभयो र उखानहरू द्वारा अन्त्यको दिनको चिन्हहरूबारेमा बोल्नुभयो। यही दिन यहूदाले येशूलाई धोका दिन योजना बनायो । बेलुका येशू जैतुन डाडामा जानुभएको बाइबलमा उल्लेख छ।
-मंगलवारका घटनाहरू मत्ती
21:23-24:51, मर्कूश 11:23-24:51, लूका 20:1-21:36 र यूहन्ना 12:20-38 सम्म पाइन्छ।

4. पवित्र बुधवार- निस्तारको प्रतिक्षा


-बुधवार येशूले गर्नु भएको कुरा बाइबलमा छुट्टै रूपमा उल्लेख गरेको छैन। सम्भवतः निस्तार चाड नजिकिँदै थियो र येशू र चेलाहरूले बेथानियामा सम्भव त लाजरसको घरमा आराम गर्दै हुनुहुन्थ्यो।

5.  बिहीवार- निस्तार चाड र चेलाहरू सँगको अन्तिम भोज


-माथिल्लो कोठामा चेलाहरूका साथ येशूले निस्तार चाड मनाउनुभयो। त्यही दिन उहाँले चेलाहरूको गोडा धुनुभयो र चेलाहरूले आउँदो दिनहरूमा उहाँले गर्न लाग्नुभएको कार्यहरूको सानो जानकारी पनि दिनुभयो। चेलाहरूसँग रोटी र दाख रस लिएर उहाँको सम्झनामा यो गर्न आज्ञा दिनुभयो। बेलुका भएपछि येशू चेलाहरूका साथ डाडामा प्रार्थना गर्न जानुभयो। जहाँ यहूदाले येशूलाई विश्वासघात गरेर पक्राउ गरायो।
-बिहीवारका घटनाहरू मत्ती
26:17-75, मर्कूश 14:12-72, लूका 22:7-62 तथा यूहन्ना 13:1-38 सम्म पाइन्छ।

6. शुक्रवार- येशूको दुःख, मृत्यु तथा दाहसंस्कार


-येशूले सबै भन्दा बढि दुःख सहनु भएको दिन हो यो ।
-येशूलाई झुटो आरोप लगाएर मृत्यु दण्ड दिइयो। उहाँलाई क्रूसमा टाँगिनु अघि कोर्रालगाइयो, निन्दा गरियो, र थुकियो। कलवरीमा पुर्याएर येशूलाई काँडाको मुकुट पहिर्याइयो र क्रसमा टाँगियो।
-सोही दिन येशूको मृत्यु भए पछि उहाँलाई चिहानमा गाडियो।
-यही दिनमा येहूदाले येशूलाई धोका दिएको पछुतो गरेर आत्मा हत्या गर्यो
-शुक्रवारका घटनाहरू मत्ती
-येशूले सबै भन्दा बढि दुःख सहनु भएको दिन हो यो ।
-येशूलाई झुटो आरोप लगाएर मृत्यु दण्ड दिइयो। उहाँलाई क्रूसमा टाँगिनु अघि कोर्रालगाइयो, निन्दा गरियो, र थुकियो। कलवरीमा पुर्याएर येशूलाई काँडाको मुकुट पहिर्याइयो र क्रसमा टाँगियो।
-सोही दिन येशूको मृत्यु भए पछि उहाँलाई चिहानमा गाडियो।
-यही दिनमा येहूदाले येशूलाई धोका दिएको पछुतो गरेर आत्मा हत्या गर्यो
-शुक्रवारका घटनाहरू मत्ती
27:1-62, मर्कूश 15:1-47, लूका 22:63-23:56 र यूहन्ना 18:28-19:37 मा पाइन्छ।

7. 7. शनिवार-येशू चिहानमा


     -शनिवारको दिन येशूको शरीर चिहानमा रह्यो र रोमी सैनिकहरूले त्यस चिहानको रखवाली गरे । यसरी येशू चिहानमा रहेर हामी मानिसको पापको मूल्य तिर्नुभयो । उहाँले मृत्युलाई आत्मिकी तथा शारीरिक रूपमा नै  जित्नुभयो।
-शनिवारका घटनाहरू मत्ती
27:62-66, मर्कूश 16:1, लूका 23:56 तथा यूहन्ना 19:40मा देख्न सक्छौं।

 8.  इस्टर डे- आइतवार – येशूको पुनरुत्थान


-पुनरुत्थानको दिनमा पवित्र हप्ता पुरा हुन्छ। यस दिन इसाई विश्वासको एक सबैभन्दा महत्वपूर्ण घटना येशूको पुनरुत्थान भयो। सबेरै विहान केहि स्त्रीहरू येशूको चिहान तर्फ गएका थिए तर उनीहरूले उहाँलाई चिहानमा भेटेनन् किनभने उहाँको पुनरुत्थान भइसकेको थियो ।
- त्यस दिनमा मात्रै कम्तिमा पाँच ठाउँमा येशूले आफैलाई प्रकट गर्नुभयो। येशूले आफ्ना पत्रुस लगायतका चेलाहरू सँग पनि देखाउनुभयो ।
-येशूको पुनरुत्थान तथा त्यसपछिको घटनाहरू मत्ती
28:1-13, मर्कूश 16:1-14 तथा लूका 24:1-49 र यूहन्ना 20:1-23 मा पाइन्छ।