छ मेरो एउटा साथी- कविता | I have a Friend! poem in Nepali by Pastor Pabitra Mani Bhandari

 

छ मेरो एउटा साथी


छ मेरो एउटा साथी

सबै साइनो भन्दा माथि 

हैन चिनेको मेले काममा

नत हुर्केको एउटै ठाममा

आत्माै देखि चिनेको 

मेरा सुख्दुःख सबै जानेको 

छ मेरो एउटा साथी

सबै साइनो भन्दा माथि 


अन्योल भइ हराउँदा 

सधैं उ छ मेरो साथमा

अन्धकारमा म डराउँदा 

डोर्याउछ समाइ हातमा

जब उ  हुन्छ नजिक

ठूलो सहास पाउँछु

जे सुकै होस् हारजित

म रमाइ गीत गाउँछु

आत्माै देखि चिनेको 

मेरा सुख्दुःख सबै जानेको 

छ मेरो एउटा साथी

सबै साइनो भन्दा माथि 


खडा हुन्छ साथ मेरै

म नलडी  जित्छु युद्ध

मेरा कमजोरी र गल्ती धरै

ढाकिन्छन् र हुन्छु शुद्ध

नहेरी कुनै योग्यता

निश्वार्थ मलाई स्विकार्ने

नराखी ममा  कुनै अपेक्षा 

आफ्नो सर्वथोक निखार्ने 

आत्माै देखि चिनेको 

मेरा सुख्दुःख सबै जानेको 

छ मेरो एउटा साथी

सबै साइनो भन्दा माथि 


दुनियामा अन्योल भई हराउँदा

मलाई देखाउने मुक्तिको बाटो

आफ्नै पाप गल्ति मा डराउँदा

बचाउन उभिन्छ मेरो साटो

मेरो आनन्द बनाउन पूर्ण

हरदम मलाई सघाउने

भोक तृष्ण  मेरो पारी चूर्ण

केहि नखाई नपिई अघाउने

आत्माै देखि चिनेको 

मेरा सुख्दुःख सबै जानेको 

छ मेरो एउटा साथी

सबै साइनो भन्दा माथि

Read More