प्रेम गर्ने अवसर नगुमाउनुहोस् | Don't Miss a Chance to Love - A Devotional



येशूले भन्नुभयो कि मानिसहरूले साँचो विश्वासीहरूलाई हाम्रो अरूहरूप्रतिको प्रेमबाट चिन्छन्—हामीले कति धेरै पवित्रशास्त्र उद्धृत गर्छौं वा हाम्रो गाडी या घरमा कति ख्रीष्टियन पदहरु लेखेर टाँसिएका छन् भन्नेबाट होइन। यस संसारलाई अर्को उपदेश दिनु भन्दा धेरै आवश्यक कुरा भनेको हामीले मानिसहरूसँग राम्रो व्यवहार गरेको देखाउनु हो—अरूलाई सहयोग गर्नु, उनीहरूको आवश्यकता पूरा गर्नु, र हाम्रो वचन तथा कार्यद्वारा उनीहरूलाई आशिष् दिनु। हामी अरूहरूको जीवनमा फरक पार्नका लागि नै सृष्टि गरिएका हौं, र त्यो प्रेमद्वारा मात्र सम्भव हुन्छ। साँचो प्रेम हाम्रो कामहरूमा देखिन्छ—हाम्रो समय दिनु, हाम्रो धन प्रयोग गर्नु, र उत्साह दिने वचन बोल्नु। जब तपाईं प्रेम देखाउनुहुन्छ, तब तपाईं संसारलाई परमेश्वर देखाइरहनु भएको हुन्छ। जब तपाईं अरूका लागि केही गर्न समय निकाल्नुहुन्छ, तब तपाईं सबैभन्दा बढी परमेश्वरको स्वरुपमा देखिनु हुन्छ।

मानिसहरूले तपाईंलाई हेरिरहेका छन्, र तपाईंले दिन सक्ने उत्कृष्ट गवाहीहरूमध्ये एक भनेको मानिसहरूसँग राम्रो व्यवहार गर्नु हो। बाइबल पवित्रशास्त्रले भन्छ कि कसलाई तपाईंले आशिष् दिन सक्नुहुन्छ भन्ने कुरामा सजग रहनुहोस्। तपाईंको जीवनमा आउने प्रत्येक भलाइ गर्ने र अरूलाई आशिष् दिने क्षणको अवसर नछुटाउनुहोस्।

गलाती 6:10 यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌।