विशेष शक्ति (Special Strength)
हामी सबैको जीवनमा कहिलेकाहीँ यस्ता समयहरू आउँछन् जब हामी थाक्छौँ र अगाडि बढ्न सक्दैनौँ जस्तो लाग्छ। हामीले प्रार्थना गरेका हुन्छौँ, विश्वास पनि गरेका हुन्छौँ, तर केही पनि परिवर्तन भएको जस्तो देखिँदैन। हामीले भोगिरहेको परिस्थितिको भारले हामीलाई थकित र कमजोर बनाएको हुन्छ।
तर खुशीको खबर यो हो कि परमेश्वरले तपाईंलाई सधैं बलियो हुन अपेक्षा गर्नुहुन्न। तपाईं कमजोर भएकोमा उहाँले तपाईंलाई दोष दिनुहुन्न, र “तिमीलाई के भयो? तिम्रो विश्वास कहाँ छ?” भनि भन्नुहुन्न ।
आजको धर्मशास्त्रले स्पष्ट देखाउँछ कि जब तपाईं धेरै बोझ र कमजोरी महसुस गर्नुहुन्छ, तब ख्रीष्ट शक्ति सहित तपाईकहाँ आउनुहुन्छ र तपाईंलाई विशेष बल दिनुहुन्छ— जुन शक्ति तपाईं आफैंले प्राप्त गर्नुभएको होइन। अगाडि बढ्न सक्ने शक्ति, जब तपाईं रोकिएको जस्तो महसुस गर्नुहुन्छ; लतलाई जित्न सक्ने शक्ति; विरोधलाई जितेर अघि बढिरहन सक्ने शक्ति।
यो परमेश्वरको हात हो जसले तपाईंलाई उठाउँछ, तपाईंलाई सामर्थ्य दिन्छ, फेरि नयाँ ऊर्जा दिन्छ—ताकि तपाईं दौडनुहोस् र नथाक्नुहोस्, हिँड्नुहोस् र नलड्नुहोस्। अब तपाईंको जीवनमा प्राकृतिक होइन, तर अलौकिक शक्ति प्रकट हुनेछ। तपाईंभित्र फेरि नयाँ जोश जाग्नेछ—दृढ भएर उभिन, फेरि प्रयास गर्न, र नयाँ स्तरमा पुग्न।
२ कोरिन्थी 12:10 “यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।”
