मोशाको जीवन अध्ययन- Life of Moses Study

मोशाको जीवन अध्ययन- Life of Moses Study




मोशाको कम्जोरीहरू :

मोशा परमेश्वरलाई नभेटुन्जेल सम्म उसले अन्य साधारण मानिस जस्तै कमजोरीहरू देखाएको हामी पाउँछौं ।

१) हत्या -  तब तिनले यताउता हेरे, र कोही पनि नदेख्‍दा त्‍यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए। (प्रस्‍थान 2:12)

२) डर - फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्‍यहाँ एउटा कूवानेर बसे। (प्रस्‍थान 2:15)

३) हिच्किचाहट - त्‍यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्‍नमा उस्‍तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्‍नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्‍नमा र जिब्रो चलाउनमा ढिलो छु।” (प्रस्‍थान 4:10)

४) अविश्वास - तर परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्‍याउनलाई तिमीहरूले ममाथि विश्‍वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्‍याउन पाउनेछैनौ।” (गन्ती 20:12)

मोसाको गुणहरू :

१) प्रार्थना: 
मोशाको प्रार्थनाको गीत ( प्रस्थान 15: 1 - 19 ); इस्राएलीहरूलाई क्षमा दिनुहोस् भनि गरेको प्रार्थना (प्रस्थान 32:11-12)
प्रस्‍थान 33:12‭-‬13 अनि मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जा’ भन्‍नुहुन्‍छ, तर मसित को-को पठाउनुहुन्‍छ तपाईंले मलाई थाहा दिनुभएको छैन। तपाईंले भन्‍नुभएको छ, ‘म त तँलाई तेरो नाउँले नै चिन्‍छु: र तँमाथि मेरो निगाह भएको छ’। यदि तपाईंको निगाह ममाथि भएको छ भने, अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्‍न सकूँ र तपाईंको दृष्‍टिमा निगाह पाइरहन सकूँ। यो जाति तपाईंकै हो भनी सम्‍झनुहोस्‌।”

२) आज्ञाकारीता; 
प्रस्थान 7:6 ; 40 : 16,19,21 तब मोशाले त्‍यसै नै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे। (प्रस्‍थान 40:16)
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ किन मेरो पुकारा गर्छस्‌? इस्राएलीहरूलाई अगि बढ्‌ने आज्ञा दे। तैंले चाहिँ आफ्‍नो लहुरो उठाएर आफ्‍नो हात समुद्रतिर पसारेर त्‍यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्‌।....  तब मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र परमप्रभुले रातभरि जोडसित पूर्वीय बतास चलाइदिनुभयो, र समुद्रलाई पछि पन्‍साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमिन भयो। इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्‍ति पर्खाल भयो। प्रस्‍थान 14:15‭-‬16‭, ‬21‭-‬22 

३) नम्रता
मोशाकी कूशी पत्‍नीको कारणले मिरियम र हारून मोशाको विरुद्धमा बोल्‍न लागे, किनभने तिनले कूशी पत्‍नी ल्‍याएका थिए। तिनीहरूले भने, “के परमप्रभुले केवल मोशाद्वारा मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीद्वारा पनि कुरा गर्नुभएको छैन र?” अनि परमप्रभुले यो कुरा सुन्‍नभयो। मोशाचाहिँ पृथ्‍वीभरिमा सबैभन्‍दा विनम्र व्‍यक्ति थिए। गन्ती 12:1‭-‬3