यर्मियाको जीवन अध्ययन || Study of life of Jeremiah in Nepali
तलको स्लाइड माथि सारेर अध्ययन गर्नुहोस् । लिंक यहाँ डाउनलोड गर्नुहोस् ।
दानिएलको जीवन अध्ययन || Life of Daniel Bible Study
हिजकियाको जीवन अध्ययन || Study of the Life of Hezekiah in Nepali
को हुन उत्पत्ति 6:2 र 4 मा भनिएका अधर्मी परमेश्वरका छोराहरू? Who are the sons of God in Genesis 6:2&4?
डा. पवित्र म. भण्डारी (Pabitra M. Bhandari, PhD)
नोआको समयमा परमेश्वरले जलप्रलय द्वारा
पृथ्वी नष्ट गर्नु परेको एउटा कारणको रूपमा उत्पत्ति 6:4मा भने जस्तै परमेश्वरका
छोराहरूले मानिसका छोरीहरूसँग सम्बन्ध राखेर सन्तान बनाए भनेर उल्लेख गरेको छ। तर यस
खण्डबाट यो प्रस्ट हुँदैन कि यहाँ उल्लेख गरिएका परमेश्वरका छोराहरू को हुन् भनेर।
धेरै बाइबलिय विद्वानहरूले यी परमेश्वरका छोराहरू स्वर्गदूतहरू, आदमको छोरा सेथका
सन्तान वा तत्कालीन राज परिवारका मानिस आदि भनेर तर्क दिने गरेका छन्। यी विभिन्न
तर्कहरूका आफ्ना आफ्नै दाबीहरू छन् तर यी सबै दाबीहरूले अन्य अनुत्तरित प्रश्नहरू
पनि उब्जाएको हामी देख्छौं। यस लेखले परमेश्वरका छोराहरूको बारेमा दाबी गरिएका
धारणाहरूलाई केलाउने प्रयास गर्नेछ।
पहिलो तर्क- परमेश्वरका छोराहरू पतन भएका स्वर्गदूतहरू हुन्।
स्वर्गदूतहरूलाई परमेश्वरको छोराहरू भनेर पहिचान
गरिने तर्क सबै भन्दा प्राचिन तर्क हो, जस अनुसार पतन भएका स्वर्गदूतहरूले मानिसका
छोरीहरूसँग सहवास गरेर सन्तान जन्माए जुन कुरा परमेश्वरलाई मन परेन। यस प्रकारको
तर्क बाइबलमा समावेश नभएको तर येशूको जन्म हुनु भन्दा केही सय वर्ष अघि लेखिएको
हनोकको पुस्तमा उल्लेख गरिएको पाइन्छ। त्यस्तै Genesis of Apocryphon नामले चिनिने आरमायिकमा लेखिएको पुस्तकमा पनि नोआको
बुवा लामेखले आफ्नी श्रीमती स्वर्गदूत द्वारा गर्भवति बनाइएको सङ्का गरेको पाइन्छ।
पुराना यहुदी लेखकहरू फिलो, योसिफस तथा प्राचीन मण्डलीका अगुवाहरू (Church
Fathers)ले पनि यस धारणालाई मानेको हामी पाउँछौं।
बाइबल भित्रै पनि अन्य स्थानमा स्वर्गदूतहरूलाई
परमेश्वरको छोराहरू भनेर सम्बोधन गरेको देखिन्छ। जस्तो नेपाली अय्यूब 1:6मा 'एक दिन स्वर्गीय दूतहरू परमप्रभुको सामुन्ने उपस्थित
हुँदा शैतान पनि तिनिहरूसँग आयो। ' लेखिएको छ। उक्त पदमा उल्था
गरिएको स्वर्गीय दूतहरू भन्ने शब्द हिब्रू भाषामा परमेश्वरका छोराहरू भन्ने नै
हुन्छ। त्यस्तै पद हामीले अय्यूबको 2:1, 38:7मा पनि पाउँछौं। स्वर्गदूतहरू आफैमा आत्मिक
प्राणीहरू भएता पनि उनीहरू पनि भौतिक रूपमा नै मानिसहरूको बीचमा आएको प्रमाण हामीले
देख्छौं। अब्राहम लोतको सामु पाहुना बनेर आएकोहरू पनि स्वर्गदूतहरू नै थिए (उत्पत्ति
18:1-8, 19:1)।
नोआको पालामा उल्लेख भएको परमेश्वरका सन्तान
स्वर्गदूतहरू नै हुन भन्ने तर्कलाई पत्रुसले उल्लेख गरेकोबाट मिल्दछ जहाँ पत्रुसले
लेखेका छन्, 'स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनिहरूलाई
बाँकी राख्नुभएन, तर तिनिहरूलाई नरकमा फालि दिनुभयो, र न्यायका दिनसम्मको निम्ति पातालको अन्धकारमा जकड़िराख्नुभयो। उहाँले प्राचीन
संसारलाई बाँकी राख्नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा
धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्नुभयो। ' २ पत्रुस 2:4-5। यहाँ स्वर्गदूतले पनि पाप गरेको र यो प्रसङ्ग नोआको जलप्रलय
सँग जोडेको कारण यस तर्कलाई यस पदले समर्थन गरेको देख्छौं। यस्तै यहुदाको पत्रको
6-7 पदले पनि स्वर्गदूतहरूले गरेको पापको प्रसङ्ग उठाएको छ।
परमेश्वरका छोराहरू स्वर्गदूतहरू हुन् भन्ने तर्क
पूर्ण भए पनि यसले बाइबलमा उल्लेख भएको अर्को विषयलाई प्रस्ट पार्न सक्दैन। जस्तो
कि येशू ख्रीष्टले नै पुनरुत्थान पछिको मानिस स्वर्गदूत जस्तो हुने जसले कहिल्यै
विवाह नगर्ने उल्लेख गर्नुभएको छ। येशूले मत्ती 22:30 मा भन्नुभयो, 'किनकी मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता
हुन्छन्।' विवाह गर्ने कार्य शारीरिक मानिसमा हुने तर
स्वर्गदूतहरूमा नहुने आशय येशूको भनाइबाट हामीले देख्छौं। त्यस्तै हामीले उत्पत्तिको
पुस्तकमा अन्य स्थानमा स्वर्गदूतहरूलाई परमेश्वरको छोराहरू भनेर उल्लेख गरिएको छैन
तर प्रस्ट रूपमा परमेश्वरको स्वर्गदूत नै भनिएको देखिन्छ (उत्पत्ति 16:7, 9,11,
22:11,15 आदि)। किन 6:4मा मात्र अस्पष्ट साथ स्वर्गदूतलाई परमेश्वरको छोरा भन्नु पर्ने
कारण देखिँदैन। त्यसैले कोही बाइबलका विद्वानहरूले स्वर्गदूतले विवाह जस्तो शारीरिक
सम्बन्धमा नरहने भन्ने येशूको भनाइको उत्पत्तिको पुस्तकमै अन्य स्थानमा सो सम्बोधन
प्रयोग नभएको कारण परमेश्वरका छोराहरू स्वर्गदूतहरू होइनन् भन्ने तर्क पनि पेस
गरेको पाइन्छ।
दोस्रो तर्क- आदमको तेस्रो छोरा सेथको सन्तानलाई परमेश्वरको छोराहरू भनिएको हो।
यो तर्क तुलनात्मकरूपमा नयाँ भए पनि वर्तमान
मण्डलीका धेरै अगुवा तथा विद्वानहरूले स्विकार गरेको पाइन्छ। उनीहरूले सेथको
सन्तान परमेश्वरको भक्ति राख्नेहरूको खलक भएको कारण उनिहरूको सन्तानलाई
परमेश्वरको छोराहरू भनिएको हो भन्ने तर्क गरिन्छ। उत्पत्तीकै पुस्तकमा आदमको अर्को
छोरा कइनबाट अधर्मीको खलक सुरु भयो तर सेथको खलक जुन तुलनात्मकरूपमा परमेश्वरको डर
मान्थ्यो त्यसको पनि नैतिक पतन भएको कारण परमेश्वरले पृथ्वीको न्याय गर्ने घोषणा
गर्नुभयो भन्ने गरिन्छ। उत्पत्तिको पुस्तकमा धर्मी र अधर्मी विचको वैवाहिक सम्बन्धलाई
नरूचाइएको देखिन्छ, जस्तोस् एसाबको अन्यजातिसँगको विवाह (उत्पत्ति 24:3)। त्यसैले
उत्पत्ति 6 अध्यायमा भएको घटना पनि त्यस्तै धर्मी र अधर्मीहरूविचमा भएको वैवाहिक
सम्बन्ध हो भनेर बुझ्ने गरेको पाउँछौं।
यस तर्कको प्रमाण स्वरूप बाइबलमा परमेश्वरको
बोलावट पाएको तथा धर्मी व्यक्तिहरूलाई परमेश्वरको जन भनेर भनिएको कुरालाई
देखाइन्छ। जस्तो व्यवस्था 14:1, 32:5 यशैया 43:6 आदि पदहरूमा इस्राएलका सन्तानलाई
परमेश्वरका जनहरू भनेर सम्बोधन गरेको छ। त्यस्तै लूका 3:38मा आदमलाई परमेश्वरको
पुत्र भनिएको छ। त्यसैले यस तर्क अनुसार उत्पत्ति 6 अध्याय आदमको सन्तानकै विषयमा
केन्द्रित हुँदै विकसित भएको घटना भएकोले यहाँ पनि आदमका सन्तान विशेष गरी कइन
बेगरको सन्तानलाई परमेश्वरको छोराहरू भनिएको हो भन्ने तर्क गरिन्छ।
यसरी सेथको सन्तानलाई परमेश्वरको छोराहरू भने
पेस गर्दा स्वर्गदूत भनि गरिएको दाबीले उठाउने भौतिक र आत्मिकताको प्रश्नलाई उत्तर
दिए पनि यो आफैमा विवाद रहित तर्क भने होइन। किनभने उत्पत्ति 6:4 मा नै परमेश्वरका
छोराहरू मानिसका छोरीहरूसँग गएको कुरा उल्लेख छ। त्यसैले यस पदले धर्मी र अधर्मी
मानिसहरू बीचको भिन्नता भन्दा पनि परमेश्वर र मानिससँग सम्बन्ध राख्ने जितहरूको
सम्बोधन गरेको पाइन्छ। यदि सेथका सन्तानहरू धर्मी भएर उनिहरूलाई परमेश्वरको
छोराहरू भनिएको हो भने यस खण्डमा आइ सक्दा उनीहरू पनि अधर्मी भइ सकेका छन् त्यसैले
उनीहरू धर्मी छैनन् र उनीहरू परमेश्वरको सन्तान होइनन्। त्यस्तै जसरी इस्राएललाई
परमेश्वरले अब्राहमसँग प्रतिज्ञा गरे जस्तो उनीहरू परमेश्वरको बोलावट पाएका भएर
परमेश्वरको सन्तान भए जस्तै, सेथ र सेथका सन्तानलाई परमेश्वरले आफ्नो जाति हुन
छान्नु भयो भन्ने प्रमाण बाइबलमा कहीँ पनि भेटिँदैन। वास्तवमा उत्पत्तिको पुस्तकमा
मानिसका छोरीहरू भन्ने शब्द आदमका छोरीहरू भनेर पनि उल्था गर्न सकिन्छ किनभने आदम
भनेको कुनै नाम नभइ हिब्रू भाषामा मानिस नै हो। त्यसैले आदमकै कुनै सन्तानलाई
आदमको र अन्यलाई परमेश्वरको सन्तान भनियो भन्ने तर्क पनि आफैमा बाझिएको देखिन्छ।
तेस्रो तर्क- राजकीय सन्तानलाई ईश्वरका छोराहरू भनिएको हो।
अघिल्ला दुई तर्कहरूमा देखिएका अप्ठ्यारा
प्रश्नलाई उत्तर दिन यस तर्क तयार गरिएको हो जस अनुसार उत्पत्ति 6मा उल्लेख भएको
भनेको परमेश्वरको छोराहरूले, येह्वे परमेश्वरको छोराहरू भन्ने नभइ मानवीय अगुवाहरूका
छोराहरू हुन भनेर भन्दछ भन्ने दाबी गरिन्छ। प्राचीन समयमा मानवीय राजा तथा शासकलाई
पनि ईश्वर भनेर सम्बोधन गरेको पनि पाइन्छ र सोही अर्थमा उत्पत्तिको पुस्तकले
लेखेको हो भन्ने तर्क दिइन्छ। यो तर्क गर्ने विद्वानहरूले उत्पत्तिको 6 अध्यायको
अवस्थालाई उत्पत्ति 4:17-24 सँग जोडेर हेर्दछन् जहाँ कइनको सन्तान लामेखले आफ्ना
श्रीमतिहरू (बहुविवाह गरेको अवस्था)सँग आफ्नो अपराधको गर्व गरेको पाउँछौं र उसलाई
उसको पापको लेखा लिइने घोषणा पनि गरिएको देखिन्छ। त्यसैले उत्पत्ति 6 मा
परमेश्वरले पृथ्वीको न्याय गर्ने निर्णय पछाडि यस्तै मानिसको पापको बृद्धि हो भन्ने
गरिन्छ।
यस तर्कको प्रमाणको रूपमा हामीले बाइबलमा
न्यायकर्ता तथा शासकहरूलाई सीमित Elohim (ईश्वर)
भनेर सम्बोधन गरेको अवस्थालाई प्रमाणको रूपमा लिएको पाइन्छ। जस्तो भजनसंग्रह
82:6-7 मा '“मैले भनें, “तिमीहरू “देव”
हौ, र तिमीहरू सबै सर्वोच्चका छोराहरू हौ।’ तापनि तिमीहरू मानिसहरूझैँ
मर्नेछौ, र अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।” ' भनेर लेखिएको छ। यस खण्डमा तिमीहरू देव हौ भन्दा प्रयोग भएको शब्द Elohim अर्थात् ईश्वर वा परमेश्वर भनेर उल्था हने शब्द नै भए पनि यस पदमा ईश्वर भनेर
सारा संसारको मालिक सर्वोच्च परमेश्वरलाई नभनि मरणसिल मानिसलाई नै भनेको हो भन्ने
हामी थाहा गर्दछौं। त्यसैले उत्पत्ति 6:2 र 4 मा परमेश्वरका छोराहरू भनेको छ भनेर
यसलाई सर्वोच्च परमेश्वरकै सन्तान मान्नु पर्दैन भन्ने बुझाइ हो।
परमेश्वरका छोराहरू मानवीय राजाका छोराहरू हुन
भन्ने तर्कको प्रमाण स्वरूप प्राचीन सुमेरु भाषामा लेखिएको राजाहरूको विवरणलाई पनि
लिने गरिन्छ। 3000 इ.पु. भन्दा अघि लेखिएका शिलापत्रहरूमा बाढी आउनु भन्दा अघिको
राजाहरूको विवरण दिइएको छ। बाइबलमा ति राजाहरूको बारेमा कुनै उल्लेख नभए पनि यी शिलालेखहरूलाई
उत्पत्तिको 5 अध्यायसँग दाँजेर अध्ययन गर्ने गरिन्छ। किनभने ति शिलालेखमा उल्लेख
भएका राजाहरू पक्कै पनि उत्पत्ति 5 दिइएको वंशावलीकै पालाको हुनु पर्दछ। त्यस समयमा
राजाहरू थिए, र राजाहरूलाई कुनै रूपमा मानिसहरूले ईश्वरको सन्तानहरू भनेर चिन्दथे
र त्यही आधारमा ति राजाहरूका छोरालाई ईश्वरका छोराहरू भनिएको हो, तर सर्वोच्च
परमेश्वरका छोराहरू होइनन्।
परमेश्वरका छोराहरू भनेर सर्वोच्च परमेश्वरका
छोराहरू नभइ मानवीय शासकका छोराहरू हुन भन्ने तर्क जति नै आकर्षक देखिए पनि यसको
निम्ति पर्याप्त प्रमाणहरू भेटिँदैनन्। विशेष गरि बाइबल पुस्तक जुन सर्वोच्च
परमेश्वर माथिको विश्वासको घेरा भित्र रहेर लेखिएको पुस्तक हो यसमा मानिसलाई
परमेश्वरलाई प्रयोग गरिने शब्दले सम्बोधन गरियो भन्ने तर्क अपत्यारिलो ठहरिन्छ।
राजाहरू, न्यायकर्ताहरू जस्ता अन्य धेरै शब्दहरू बाइबलमा प्रयोग भएको अवस्थामा उत्पत्ति
6मा नै किन परमेश्वरका छोराहरू भनेर मानिसलाई सम्बोधन गर्नु पर्यो भन्ने बलियो आधार
पाइँदैन।
निष्कर्ष
उत्पत्तिको पुस्तकमा विशेष गरी 1-11 अध्याय सम्म
उल्लेख भएका कति पय घटनाहरूलाई धेरै थोरै व्याख्या गरेर लेखिएको
छ जहाँ कि 12 अध्याय पछिका घटनाहरूका गहिरो बृतान्त समेत दिइएको छ। त्यसैले
उत्पत्तिको अगाडिका पदहरूमा दिइएका पदहरूमा धेरै नै वृतान्तहरू छुटाइएको छ र
हामीले यहाँ विभिन्न तर्क र प्रमाणहरूको खोजी गर्न वाद्य छौं। तर हामीले बनाएका यी
विभिन्न तर्कहरू पत्यारिला भए पनि ठोस प्रमाणको अभावमा यही नै 100 प्रतिशत सहि हो
भनेर दाबी गर्न सक्दैनौ। माथि उल्लेख गरिएका तिन वटा तर्कहरू मध्ये या यो भन्दा
बाहेकको कुनै पनि तर्कको हामीले पक्ष र विपक्षमा रहेर स्वच्छ छलफललाई अघि बढाउन
सक्छौं। तर हामीले यो विचार गर्नु पर्दछ कि हामीले लिने कुनै पनि तर्क धर्मशास्त्रले
स्थापित गरेको अन्य शिक्षाको विरोधमा नउभिएको होस। यसै सिद्धान्तलाई आधार मान्दै र
अझ छलफल र वाद-विवाद गर्न पर्ने अवस्थालाई स्विकार्दै म (यस लेखको लेखक) पहिलो र दोस्रो
तर्कहरूसँग नजिकिन चाहन्छु।
[नोटः यो लेख पूर्णतः व्यक्तिगत अध्ययनको आधारमा तयार गरिएको हो, र यसको तयारी मा विभिन्न पुस्तकहरू, शब्दकोसहरू तथा बाइबलका टिप्पणीहरूलाई प्रयोग भएपनि यो कुनै शैक्षिक लेख (Academic Research Paper) नभइ साधारण इसाई विश्वासीलाई बाइबलको विषयमा आकर्षित गर्ने उद्देश्य साथ लेखिएको कारण श्रोतहरू नखुलाई तयार गरिएको जानकारी गराउँछु।]
योना अगमवक्ताको जीवन || Life of Prophet Jonah || Bible Study in Nepali
तलको स्लाइडलाइ माथि सार्दै अध्ययन गर्नुहोस्
एलिया अगमवक्ताको जीवन || Life of Prophet Elijah || Bible Study in Nepali
तलको स्लाइडलाइ माथि सार्दै अध्ययन गर्नुहोस्
उपदेशकको पुस्तक को परिचय || Introduction to the Book of Ecclesiastes in Nepali
स्लाइडलाइ माथि सार्दै अध्ययन गर्नुहोस् । लिंक डाउनलोड गर्नुहोस्
राजा सोलोमोनको जीवन || Life of King Solomon || Bible Study in Nepali
यरिहो- बाइबल र इतिहाँस Jericho- Historical Evidence of the Bible || Article in Nepali
बाइबलको सत्यताको बारेमा फेला परेका ऐतिहासिक
प्रमाणहरूले यसलाई विश्वसनियतामा आड दिन्छ र हामीले बाइबललाई साँचो धर्मशास्त्रको
रूपमा लिन सक्छौं। बाइबल एउटा विश्वासको पुस्तक भएपनि यसमा दिइएका घटनाहरू मानिसको
परिकल्पना नभइ सत्य घटनाहरूमा आधारित छन् भन्ने प्रमाण इतिहास तथा पुरातात्विक
अनुसन्धानहरूले प्रदान गरिरहेका छन्। अनगिन्ति प्रमाणहरू मध्ये यरिहो शहरकोबारेमा
फेलापरेका प्रमाण तथा तथ्यहरूले हजारौं वर्ष अघिको घटनाको बारेमा बाइबलले गरेको दाबीहरूलाई
सत्य साबित गरेको हामी पाउँछौं।
यरिहो शहर इस्राएल राज्यको स्थापनाको
कोसे ढुङ्गोको रूपमा खडा छ। इस्राएलिहरूले परमेश्वरले उनिहरूका पिता पुर्खालाई
प्रतिज्ञा गर्नुभएको देशमा अधिकार लिने कामको सुरूवात यसै शहरमाथि भएको अलौकिक विजय
सँगै सुरु हुन्छ। तर धेरै बाइबललाइ सङ्का गर्ने मानिसहरूले यस चमत्कारी विजयको
बारेमा प्रश्न उठाउने र यरिहो शहरको अस्तित्वकै बारेमा सङ्का गर्ने गरेका थिए। तर
पुरातात्विक अध्ययन अनुसार प्राप्त रिपोर्टहरूले यरिहो शहर र त्यहाँ भएको सत्यताको
प्रमाण
दिएको पाउँछौं।
यरिहो शहरमा इस्राएलिहरू मिश्रबाट
कनान तर्फको प्रस्थानको समयमा मात्र होइन तर सो समय भन्दा पनि धेरै अघि देखि मानिसहरूको
बसोबास भएको प्रमाण प्राप्त भएको छ। अध्ययन अनुसार यरिहो शहरमा मानिसहरू इ.पु. ८०००
वर्ष देखि मानिस बस्न थालेको थिए। तर पछि Bronze Age को अन्त्य तिर इ.पु. 1400-1200 तिर यरिहोमा मानिसहरू नरहेको निष्कर्ष दिइएको
थियो। यो समय इस्राएलिहरूको प्रस्थानको समय सँग मिल्ने भएकोले बाइबलको यरिहोको
घटना सत्य नभएको भन्नेहरू पनि थिए। तर जोन गार्स्टाङले गरेको अन्वेषणमा इ.पु. 1400
तिर ध्वस्त पारिएको पर्खाल प्राप्त भएको थियो। अध्ययन अनुसार सो पर्खा ध्वस्त हुनु
भन्दा 1000 वर्ष पहिला बनाइएको थियो। अर्का अध्ययन कर्ता क्याथ्लिन केन्योन अनुसार
इ.पु. १४०० मा सो पर्खाल भत्किएको पुस्टि हुन आउँछ।
यस अध्ययनको निष्कर्ष यो हुन आउँछ कि,
ऐतिहासिक तथ्य अनुसार इस्राएलिहरूको प्रस्थानको समयमा यरिहो शहर अस्तित्वमा थियो र
सोहि समयमा कुनै रहस्यमय तवरबाट हजार वर्ष सम्म त्यस शहर को सुरक्षा दिइरहेको
पर्खाल ध्वस्त भएको थियो। बाइबलले यस अपूर्ण इतिहासलाई पुर्ण बनाउँछ। इ.पु.1400
वर्ष तिर इस्राएलिहरू मिश्रबाट कनान हालको प्यालेस्टाइन जहाँ यरिहो को शहर थियो
त्यस तर्फ प्रस्थान गरेका थिए। उनिहरूको हातबाट अलौकिक तरिकाले त्यस भव्य शहर र
त्यसको पर्खान नस्ट पारिएको थियो। केही सय वर्ष सम्म त्यस पुर्णरूपमा नस्ट पारिएको
सहरमा कोही पनि वसोबास गरेका थिएनन्।
यसरी बाइबलको सत्यताको बारेमा ऐतिहासिक
प्रमाणहरू फेला परिरहेका छन्। अझै पनि कति कुराहरू पुर्णरूपमा पुरातात्विक अध्ययन
द्वारा पुस्टि हुन बाँकी धेरै घटनाहरू छन्। हामीले बाइबललाई इतिहासले पुस्टि गरेको
आधारमा भन्दा पनि परमेश्वरको वचनको आधारमा स्विकार गर्नु पर्दछ। यदि इतिहासले हामीले
गरेको विश्वासको आधारलाई प्रमाण दिन्छ भने त्यसलाई सहर्ष स्विकार गर्दै आफ्नो धर्मशास्त्रको
ज्ञानलाई बढाउँदै लान सक्नु पर्दछ।
राजा दाउदको जीवन भाग 1 र 2 || Life of King David || Bible Study in Nepali
तलको स्लाइडहरूलाइ माथि सारेर अध्ययन गर्नुहोस्। अध्ययनको भाग दुइ यस पेजको तल पट्टि दिइएको छ।
राजा सउलको जीवन || Life of King Saul || Bible Study in Nepali
अब्राहमको जीवन- विश्वासमा तय गरीएको लामो यात्रा...
अब्राहमले आँफू कहाँ जान्छु भन्ने गन्तब्य पनि थाहा नपाइ परमेश्वरले दिनुभएको वचनमा विश्वास गरेर नै लगभग 2500 किलोमिटर आफ्नो परिवार सहित पैदल यात्रा तय गरेका थिए। त्यो यात्र उनले आफ्नो जीवनको बुढेसकालमा पुरा गरेका थिए। परमेश्वरले दिन्छु भनेको देशमा उनले परमेश्वरको प्रतिज्ञालाइ विश्वास गरेकै भरमा गएर बसोवास गरेका थिए। उनको यात्रालाइ तलका पदहरू पढ्दै माथिको नक्सा सँग तुलना गर्दै विचार गराैं। परमेश्वरले हामीलाइ कहाँ सम्म लाँदै हुनुहुन्छ।प्रेरीत 2:2-5
उत्पत्ति 11:31-32
उत्पत्ती 12.1
उत्पत्ती 12.4
उत्पत्ती 12.1
उत्पत्ती 12.8
उत्पत्ती 12.9
उत्पत्ती 12.10
उत्पत्ती 13.1
हिब्रू 11.8-10
हारूनको जीवन अध्ययन- Study of Aaron's Life
हारून को कम्जोरीहरु
हारूनका गुणहरू :
मोशाको जीवन अध्ययन- Life of Moses Study
मोशाको कम्जोरीहरू :
मोसाको गुणहरू :
अब्राहम- विश्वासका पिता (जाति जातिका पिता)
यस अध्ययनलाइ डाउनलोड गरेर आफ्नो सेवाकाइमा प्रयोग गर्न सक्नुहुन्छ।
Download link:
https://drive.google.com/file/d/1io2XZtantMO6J5koRYEB5VKx4nsAGai1/view?usp=sharing
Top Ad 728x90
Follow us on Facebook

Recent Articles
Featured post
Namaste Vs. Jay-Mashi: An Invention of Indigenous Christian greeting in Nepal || Nepali Christian Magazine
Namaste Vs. Jay-Mashi: An Invention of Indigenous Christian greeting in Nepal By: Pabitra M. Bhandari Anyone who enters Nepal will be greete...

वचन मनन्
धेरै हेरीएको पोस्टहरु
-
In the Journey of Life, We Need Each Other! मण्डली - हाम्रो आत्मिक यात्राको सहयात्री कलस्सी 2:6 मा पावलले लेखेका छन् कि, यसकारण जसरी ख्रीष...
-
महिमा मारिएको थुमालाइ Mahima mariyeko thumalai : Nepali chorus 84 को. महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका प्रभुलाई जयजयकार राजाहरूक...
-
पाप- हामीलाई अनन्त सम्म परमेश्वरबाट अगल गर्ने समस्या भजनसंग्रह 51:1-5 'हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, त...
-
मण्डली- ख्रीष्टको जगमा निर्माण हुँदै रहेको परमेश्वरको मन्दिर एफिसी 2:19-22 ' यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ , तर सन्तहरूसँग...
-
ईसाई विश्वासका - आधारभूत सिद्धान्त भाग १ - जीवित र सक्रिय परमेश्वरको वचन हामी ईसाई विश्वासीले केही मानवीय तवरले बुझ्न कठिन कुरा...
-
प्रारम्भिक मण्डली देखी ईसाई साम्राज्य सम्म (इ.सं. 0-590) मण्डली इतिहासको समय रेखा भाग 1 || Church History Timeline in Nepali Part-1 Early...
-
नेहमिया जीवन अध्ययन | Bible Study on Nehmiah's Life
Inspiration
