यरिहो- बाइबल र इतिहाँस Jericho- Historical Evidence of the Bible || Article in Nepali

 यरिहो- बाइबल र इतिहाँस Jericho- Historical Evidence of the Bible || Article in Nepali



बाइबलको सत्यताको बारेमा फेला परेका ऐतिहासिक प्रमाणहरूले यसलाई विश्वसनियतामा आड दिन्छ र हामीले बाइबललाई साँचो धर्मशास्त्रको रूपमा लिन सक्छौं। बाइबल एउटा विश्वासको पुस्तक भएपनि यसमा दिइएका घटनाहरू मानिसको परिकल्पना नभइ सत्य घटनाहरूमा आधारित छन् भन्ने प्रमाण इतिहास तथा पुरातात्विक अनुसन्धानहरूले प्रदान गरिरहेका छन्। अनगिन्ति प्रमाणहरू मध्ये यरिहो शहरकोबारेमा फेलापरेका प्रमाण तथा तथ्यहरूले हजारौं वर्ष अघिको घटनाको बारेमा बाइबलले गरेको दाबीहरूलाई सत्य साबित गरेको हामी पाउँछौं।

यरिहो शहर इस्राएल राज्यको स्थापनाको कोसे ढुङ्गोको रूपमा खडा छ। इस्राएलिहरूले परमेश्वरले उनिहरूका पिता पुर्खालाई प्रतिज्ञा गर्नुभएको देशमा अधिकार लिने कामको सुरूवात यसै शहरमाथि भएको अलौकिक विजय सँगै सुरु हुन्छ। तर धेरै बाइबललाइ सङ्का गर्ने मानिसहरूले यस चमत्कारी विजयको बारेमा प्रश्न उठाउने र यरिहो शहरको अस्तित्वकै बारेमा सङ्का गर्ने गरेका थिए। तर पुरातात्विक अध्ययन अनुसार प्राप्त रिपोर्टहरूले यरिहो शहर र त्यहाँ भएको सत्यताको   प्रमाण दिएको पाउँछौं।

यरिहो शहरमा इस्राएलिहरू मिश्रबाट कनान तर्फको प्रस्थानको समयमा मात्र होइन तर सो समय भन्दा पनि धेरै अघि देखि मानिसहरूको बसोबास भएको प्रमाण प्राप्त भएको छ। अध्ययन अनुसार यरिहो शहरमा मानिसहरू इ.पु. ८००० वर्ष देखि मानिस बस्न थालेको थिए। तर पछि Bronze Age को अन्त्य तिर इ.पु. 1400-1200 तिर यरिहोमा मानिसहरू नरहेको निष्कर्ष दिइएको थियो। यो समय इस्राएलिहरूको प्रस्थानको समय सँग मिल्ने भएकोले बाइबलको यरिहोको घटना सत्य नभएको भन्नेहरू पनि थिए। तर जोन गार्स्टाङले गरेको अन्वेषणमा इ.पु. 1400 तिर ध्वस्त पारिएको पर्खाल प्राप्त भएको थियो। अध्ययन अनुसार सो पर्खा ध्वस्त हुनु भन्दा 1000 वर्ष पहिला बनाइएको थियो। अर्का अध्ययन कर्ता क्याथ्लिन केन्योन अनुसार इ.पु. १४०० मा सो पर्खाल भत्किएको पुस्टि हुन आउँछ।

यस अध्ययनको निष्कर्ष यो हुन आउँछ कि, ऐतिहासिक तथ्य अनुसार इस्राएलिहरूको प्रस्थानको समयमा यरिहो शहर अस्तित्वमा थियो र सोहि समयमा कुनै रहस्यमय तवरबाट हजार वर्ष सम्म त्यस शहर को सुरक्षा दिइरहेको पर्खाल ध्वस्त भएको थियो। बाइबलले यस अपूर्ण इतिहासलाई पुर्ण बनाउँछ। इ.पु.1400 वर्ष तिर इस्राएलिहरू मिश्रबाट कनान हालको प्यालेस्टाइन जहाँ यरिहो को शहर थियो त्यस तर्फ प्रस्थान गरेका थिए। उनिहरूको हातबाट अलौकिक तरिकाले त्यस भव्य शहर र त्यसको पर्खान नस्ट पारिएको थियो। केही सय वर्ष सम्म त्यस पुर्णरूपमा नस्ट पारिएको सहरमा कोही पनि वसोबास गरेका थिएनन्।

यसरी बाइबलको सत्यताको बारेमा ऐतिहासिक प्रमाणहरू फेला परिरहेका छन्। अझै पनि कति कुराहरू पुर्णरूपमा पुरातात्विक अध्ययन द्वारा पुस्टि हुन बाँकी धेरै घटनाहरू छन्। हामीले बाइबललाई इतिहासले पुस्टि गरेको आधारमा भन्दा पनि परमेश्वरको वचनको आधारमा स्विकार गर्नु पर्दछ। यदि इतिहासले हामीले गरेको विश्वासको आधारलाई प्रमाण दिन्छ भने त्यसलाई सहर्ष स्विकार गर्दै आफ्नो धर्मशास्त्रको ज्ञानलाई बढाउँदै लान सक्नु पर्दछ।