बाइबलमा औषधिको रहस्य - भाग ३ - बाइबलमा पञ्चतत्व - येशूले औषधि हरु प्रयोग गर्नु भएको - by Ps. Sukdev Giri || Nepali Christian Magazine

 बाइबलमा पञ्चतत्व


भजनसंग्रह २४ अध्यायको १ पदले भन्छः पृथ्वी र त्यसमा भएका जो-जति छन्, सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरु सबै उहाँकै हुन् । पद २ ले भन्छ : “किनभने उहाँल त्यसलाई समुद्रमाथि बसाल्नुभएको छ, र पानीहरूको गहिराइमा त्यसलाई स्थापित गर्नुभएको छ ।”

भजनसंग्रह १०४ को १० देखि १५ मा यस्तो लेखिएको छ । (यहाँ पञ्चतत्वको रहस्य लुकेको छ ।)

उहाँले पानीका मूलहरूलाई खोल्सामा खन्याउन लगाउनुहुन्छ त्यो पानी पहाडका बीचबाट बग्छ । तिनीहरूले सबै जीवजन्तुलाई पानी दिन्छन् । जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा मार्दछन् । तिनीहरूकै छेउछाउमा आकासका चराहरूले आफ्नो गुँड बनाउँछन्, हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन् । उहाँले आफ्नो उच्च स्थानबाट पहाडहरूमा पानी बर्साउनुहुन्छ, उहाँका कार्यहरूका फलबाट पृथ्वी तृप्त हुन्छ । उहाँले गाईबस्तुका निम्ति घाँस, अनि मानिसहरूका निम्ति रूखपात उमार्नुहुन्छ, र जमिनबाट आहार त्यसको अनुहार चहकिलो पार्नलाई तेल, र त्यसको हृदय बलियो ल्याउनुहुन्छ । मानिसको मन आनन्दित गराउनलाई दाखमद्य, र तुल्याउनलाई रोटी उहाँले दिनुहुन्छ । पञ्चतत्व भन्नाले संसारका ५ ओटा कुराहरूलाई बुझ्नुपर्छ ।

१. घाम वा आगो :

घाम वा आगोको कारणले मानिस वा प्राणीहरू जीवित रहन सक्छन् । शरीरमा ताप कम्ति वा बढि भएको खण्डमा यसले हाम्रो शरीर र पृथ्वीलाई बाधा दिन्छ । यसको तालमेल हाम्रो जीवनमा राम्रोसँग मिल्नुपर्छ । धेरै चिसो भए मानिसहरूमा निमोनिया, दम, चिसोको विभिन्न समस्याहरू आउन सक्छन् भने शरीरमा धेरै ताप भएको खण्डमा पनि मानिसहरू विरामी हुन सक्छन् । खानेकुराहरू गर्दा हाम्रो शरीरमा ताप (उर्जा) पैदा हुन्छ, नत्र हामी विरामी हुन्छौं वा मर्न सक्छौं ।

२. पानी :

पानी जीवनको निम्ति नभै नहुने कुरा हो । यसको कारणले जीवन रसीलो र फलवन्त हुनसक्छ तर यसको अभावमा जीवनको कल्पना पनि गर्न सकिदैन । पानीको सन्तुलित प्रयोगद्वारा हाम्रो जीवनमा आरोग्यता प्राप्त गर्नसक्छौं भने यसको बढी प्रयोगवा यो प्रदुषित भएको खण्डमा हामी रोग विमारको सिकार हुनुपर्छ । सहरी क्षेत्रमा पिउने पानी र ढल सँगसँगै बगेको कारणले पानी प्रदूषित भई यसले धेरै प्रकारकारोगहरू सृजना गरेको छ । हाम्रो शरीरमा ७०% भाग पानीले ओगटेको हुन्छ ।

३. हावा :

हावा जीवनको अर्को महत्वपूर्ण तत्व हो । यो बिना जीवनको कल्पना नै गर्न सकिदैन । स्वच्छ हावाको कारणले वातावरण राम्रो हुन्छ तर खराब हावाले वातावरण दूषित हुनाले हाम्रो स्वास्थ्यलाई पनि प्रतिकुल असर पार्छ । त्यसैले हामी स्वस्थ हुने हो भने हावा स्वच्छ हुनु आवश्यक छ । बोटविरुवाहरूले हावा ताजा रहनलाई र उत्पादन गर्नलाई सहायता गर्छ भने कलकारखानाहरू र मानिसहरूले फालेका फोहोरहरूले हावालाई पनि प्रदुषित पार्छ । यसैले “स्वच्छ हावा स्वच्छ जीवन, दुषित हावा अस्वस्थ जीवन

४. माटो :

माटोसँग हाम्रो नाता छ । हामी यहि जन्मछौं, हुर्कन्छौं र मछौं । यसैले हाम्रो जीवन स्वथ्य हुने हो भने माटो पनि स्वथ्य हुनु पर्छ । यदी यो विषालु भएको छ भने यसले हाम्रो जीवनलाई रोगको खाडलमा धकेल्छ । माटोमा उम्रेका चीजहरू शुद्ध हुने हो भने माटो शुद्ध हुनुपर्छ । आजकल विषादीहरूले गर्दा भूमि प्रदुषित भएको छ र यसले हाम्रो जीवनलाई पनि प्रभावित पारेको छ ।

५. अन्न:

अन्न हाम्रो जीवनको स्रोत हो । यो विना हामी जिउन र स्वस्थ रहन पटकै सक्दैनौं । विभिन्न प्रकारका खानेकुराहरूले हाम्रो जीवनलाई जीवन्त राख्छ । अन्नको प्रदूषित अवस्थाले हामी रोगी हुनसक्छौं । यसैले यी ५ ओटा पञ्चतत्वहरूलाई हामी औषधि भन्नसक्छौं । अबको केही खण्डहरूमा येशूले निको पार्नको निम्ति पन्च तत्वजन्य औषधिहरू प्रयोग गर्नुभएको बारेमा हेर्नेछौं ।




येशूले औषधिहरू प्रयोग गर्नुभएको

क) येशूले थुकेर निको पार्नुभएको :

मानिसहरूले एक जना बहिरो र लाटो मानिसलाई उहाँ कहाँ ल्याए, र त्यसमाथि हात राखिदिनोस् भनी उहाँलाई विन्ति गरे । त्यसलाई भिडबाट अलग्गै एकान्तमा लगेर येशूले आफ्नो औँला त्यसका कानमा लगाउनुभयो । त्यसपछि थुकेर त्यसको जिब्रो छुनुभयो । अनि स्वर्गतिर हेरेर लामो सास लिई त्यसलाई भन्नुभयो, इप्फाता, अर्थात खोलिजा मर्कूस ७:३२-३४ । यो घटनामा येशूले थुकलाई प्रयोग गर्नुभएको छ । यसलाई हामीले औषधिको रूपमा हेर्नसक्छौँ । थुकमा हुने नुनको मात्रा, यसमा हुने अन्य रसले औषधिको रूपमा काम गर्छ । (थुक एन्टीवायोटीक तथा व्याक्टेरीयो स्टेटीक हुन्छ । कतिपय ठाउँहरूमा सियो र कार्टीहरूले घोच्दा त्यस ठाउँमा थुकको प्रयोग गर्ने चलन अझै पनि छ । पशुहरूले आफू र आफ्ना बच्चाहरूलाई घाउचोट लाग्दा चाटेर नै निको पारी आराम दिलाउँछन् । येशूले बहिरो र गूँगो मानिसलाई भिडबाट अलग गर्दै एकान्तमा लानुभयो भन्ने कुरालाई पनि याद गरौँ । कतिपय रोगी बिमारीहरू निको हुने हो भने उसले भिड र कोलाहलको ठाउँ छोडी शान्त ठाँउहरूमा जानुपर्छ । वास्तबमा अस्पतालहरू शान्त, कोलाहल मुक्त ठाँउहरूमा बनिनुपर्छ भन्ने कुरा पनि यहि खण्डबाट थाहा लाग्छ । हाम्रो देश नेपालको कतिपय राम्रा अस्पतालहरू

शान्त ठाँउहरूमा बनाइएका छन् । जहाँको सफा र शान्त वातावरणले बिमारीलाई चाँडै निको हुन सहायता गर्छ । आनन्दवन अस्पताल ललितपुर, हरियोखर्क अस्पताल पोखरा इत्यादी यसका उदाहरणहरू हुन् ।

भीडबाट एकान्त ठाउँमा जाने विषयको कुरा गर्दा, मेरो आफ्नो अनुभव बताउन चाहन्छु । काठमाडौँ बसाईको २२ वर्षको अवधिमा विशेष पछिल्लो पटक सन् १९९१ देखि १९९५ सम्म म धेरै बिरामी भएँ । टाइफाइड, टाउको दुखिराख्ने, साइनस् र टन्सीलको समस्या मेरो थियो । करिब ५ वर्ष सम्म मैले निकै दुःख पाएं अस्पताल र औषधिसँग म दिक्क भइसकेको थिएँ । महिनामा १ हप्ता सन्चो र ३ हप्ता बिमारी हुन्थें । टाईफाइड पनि १२ पटक बल्झियो । धेरै कडा औषधिहरूको प्रयोगले म निकै कमजोर भएँ । तर अचम्मको कुरा मैले काठमाडौँ छोडेपछि ती सबै समस्याले पनि मलाई छोडे । वास्तवमा काठमाडौंको प्रदूषित हावा, पानी, धुलो, धुँवाले मलाई समस्या दिइराखेको थियो । त्यो ठाँउ छोडेर शान्त र प्रदूषणरहित आफ्नो ठाँउ माधवपुर, चितवनमा आएर बस्दा मैले ती सबै समस्याबाट मुक्ति पाए । सेवाकै लागि सन् १९९६ सालमा म आफ्नो गृह जिल्लामा फर्किएँ र मैले चङ्गाई पाएँ यसैले कतिपय अवस्थाहरूमा चङ्गाइ प्राप्त गर्नको निम्ति प्रदूषित ठाँउहरू छोटो समय वा लामो समयको निम्ति हामीले छोड्नैपर्छ ।

क) थुक प्रयोगबाट दृष्टि मिलेको

मर्कूस ८:२२-२६,

यो घटनामा पनि येशूले दृष्टिबीहिनको आँखामा थुक प्रयोग गरेर त्यसलाई निको पार्नुभएको छ । अरू निको पारिएका घटनाहरूमा येशूले बोल्दा मात्रै तिनीहरू निको भएका थिए । यहाँ यो व्यक्तिलाई निको हुनको निम्ति थुकको पनि आवश्यक थियो र येशूले यसलाई प्रयोग गर्नुभयो ।

ख) माटोको लेप लगाएर दृष्टि पाएको :

यूहन्ना ९:१-१२

यस घटनामा एक जना जन्मैदेखिको दृष्टिबीहिनलाई निको पार्न येशूले भुइमा थुक्नुभयो र माटोको लेप बनाई त्यस दृष्टिवीहिनको आँखामा लगाई दिनुभयो । अनि उहाँले त्यसलाई सिलोआमको तलाउमा गएर पखाल्न भन्नुभयो । यसो गरिसकेपछि त्यस व्यक्तिको आँखा खुल्यो । माटोमा निको पार्न सक्ने क्षमता छ भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् । प्राचीनकालमा विभिन्न मुलुकहरूमा माटोलाई औषधिको रूपमा लिइन्थ्यो । आजकाल पनि माटोसँग उठ्बस गर्ने मानिसहरूलाई सजिलै रोग बिमारले हुँदैन । शहरमा बस्ने मानिसहरूलाई किलाले घोंच्दा वा हतियारले चोट लाग्दा टिटानशको सुई अनिवार्य दिनुपर्छ । ग्रामीण भेगमा माटोसँग खेलिरहने मानिसहरूमा चोटपटक लाग्दा टिटानशको सुइ बेगर पनि उनीहरू राम्रै अवस्थामा हुन्छन् । माटोसँगको घुलमेलले तिनीहरूलाई त्यस्तो बनाइदिएको हुन्छ । प्राय खेती किसान गर्नेहरू माटोसँग घुलमेल गरिरहन्छन् र निरोगी हुन्छन् । यहाँ पानीले पखाल्ने आदेश पनि येशू प्रभूले दिनुभएको छ । यसैले बिहान बेलुकी आवश्यकता अनुसार नुहाउनु, फोहोर कुराको लसपसमा आएपछि वा खाना खानु अगाडि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । यसले हाम्रो स्वास्थ्यमा ठूलो भूमिका खेल्छ ।

ग) पानीमा हाम फाल्दै निको भएको रमाइलो घटना:

यूहन्ना ५:१-४

बाइबलले हामीलाई यो खण्डमा भएको एउटा अचम्मको घटना बताउछ । यरूशलेम नजिकै एउटा जलकुण्ड छ, यसलाई हिब्रू भाषामा बेथेस्दा भनिन्छ । त्यहाँ अनेक प्रकारका रोगीहरू, अर्थात् अन्धा, लङ्गडा, पक्षाघातीहरू पसिरहन्थे । तिनीहरू पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहन्थे । किनभने परमप्रभुका एउटा दूतले बेला बेलामा जल कुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे, र पानी छचल्किएपछि त्यहाँ हुने जो पहिला पानी भित्र पस्थ्यो जस्तै रोगले ग्रस्त भए पनि, त्यो निको भइहाल्थ्यो ! यो खण्डमा स्वर्गदूतले बेला बेलामा आएर पानी चलाइदिन्थ्यो, र त्यो तरङ्गित पानीमा पस्ने पहिलो मानिस जस्तोसुकै रोगले ग्रस्त भए पनि निको हुन्थ्यो यसै घटनामा येशूले एकजना ३८ वर्षदेखि दुःख पाएको पक्षघातीला अचम्म तवरले निको पार्नुभएको छ । तर याद गरौं येशू प्रभुले पानीमा डुबेर निको हुने कुरालाई विरोध गर्नुभएको छैन । निको पार्नको निम्ति पानी चलाउने स्वर्गदूतहरूलाई नै उहाँले गार्ली गर्नुभएको छ । येशू आफैले पनि सबै कुराको समय छ भन्ने कुरालाई आत्मासाथ गर्नुभएको देखिन्छ । पानीबाट निको हुने समय छ, माटोबाट निको हुने समय छ, अन्य विभिन्न कुराहरू प्रयोग गरेर निको हुने समय पनि छ। कुनै पनि उपायहरु नलाग्दा परमेश्वरको अनुग्रहबाट चङ्गाई प्राप् गर्ने समय पनि छ । यो पनि याद गरौं निको हुने पनि समय छ निको नभइकन मर्ने पनि समय छ । यो बिचमा परमेश्वरक अनुग्रह बुझेर जिउने अनि यस संसारमा निको नभएको खण्डमा त्यसको कारण स्वर्गमा बुग्ने समय पनि छ । हामी स्वस्थ्य रहनको निम्ति दिनमा ४, ५ लिटर पानी पिउनुपर्छ । चिसोपानीले असर गर्ने भए तातो वा मनतातो पानी पिउनुपर्छ । पानी पिएपछि पिसाब लागेमा कहिले पनि रोक्नुहुदैन । त्यसलाई समयमा नै फाल्नुपर्छ । नत्र मृगौला, पेट, टाउको र पिसाब सम्बन्धि समस्या बढ्छ । सकभर विहान सबेरै मनतातो पानीमा दुई पोटि लसुन कुटेर खाली पेटमा खानु राम्रो हुन्छ । यदि कम रक्तचापको समस्या भएमा थोरै नुन हाली प्रयोग गर्नु राम्रो हुन्छ । यसो गर्नाले ग्यास्टिकको समस्या, कब्जीयतको समस्या, टाउको दुख्ने र छाला सम्बन्धि फूस्रोपनाको समस्यालाई पनि ठिक गर्छ । लसुनको प्रयोगले चिसोको कारणले समस्या भएको शरीरमा ताप र उर्जा प्रदान गर्छ । कम रक्तचाप भएको खण्डमा जीवनजल प्रयोग गर्नु राम्रो हुन्छ, तर बढी रक्तचाप भएको मान्छेहरूले .जीवनजलको बदलामा कागतिको रस मिसाएको पानी पिउनु राम्रो हुन्छ । यसले कम रक्तचाप हुन सहायता गर्छ । हामीले स्वस्थ्य हुनको निम्ति पानी वा झोलिलो कुरा प्रयोग गर्नुपर्छ । खानेकुरामा सुख्खा चिजहरू प्रयोग गर्नु भन्दा दाल, मोहि, चौलानी, मासु वा तरकारीको झोलले पनि पानीको मागलाई पुरा गर्छ । पानीयुक्त फलफुल वा खानेकुरा खाएर पनि शरीरमा पानीको मागलाई पूरा गर्न सकिन्छ । ती मध्ये काँक्रो, गाँजर, मुला, खरबुजा, तरबुजा पानीको अभाव पुरा गर्ने राम्रा खानेकुराहरू हुन् । रसिलो खाले कुराहरूले हाम्रो छालालाई चम्किलो बनाउँछ । यसरी मानिसहरू बुढेसकालमा पनि ताजा देखिन्छन् ।

निरन्तर मनतातो पानी सेवनका फाइदाहरू 

विहान सबेरै खाली पेटमा १-२ गिलास मनतातो पानी पिउने र त्यसको १ घण्टा पछि मात्र खाना खाइयो भने निम्न फाइदाहरु देखिन्छन् :-

१. लगातार टाउको दुख्ने समस्याबाट मुक्ति, उच्च तथा न्यून रक्तचापबाट मुक्ति,

२. खोकी तथा लहरे खोकीबाट मुक्ति,

३. दमको समस्यामा पनि यसले धेरै राहत दिइ शरीरलाई न्यानो राख्छ ।

४. रगतमा हुने विकारलाई समाधान गरी मुटुको समस्या हुन दिँदैन ।

५. अरुचि हटाई भोग जगाउँछ र पेट सफा राख्दछ ।

६. पायल्स र ग्याष्ट्रिक रोग लाग्नै दिँदैन ।

७. पानी लगातार पिउने बानीले पत्थरी जम्न दिँदैन र अनावश्यक खर्च र झन्झटबाट पनि बचाउँछ ।

८. आँखा, नाक, घाँटीको लागि यसले धेरै फाइदा पुऱ्याउँछ।

९. यसले छाला, दाँत, नसाहरुलाई चुष्त राख्छ 

 नोट: लामो समयसम्म एकदमै चिसो पानी वा पेयपदार्थहरुसँग एकदमै तातो खानेकुराहरु खाँदा यसले पायल्स तथा ग्याष्ट्रिकको समस्या ल्याउँछ ।

घ) येशूले छोएर निको पार्नुभएको (स्पर्श थेरापि)

मत्ती ८:१४-१६ पत्रुसको सासु ज्वरोले थलापरेकी थिइन् । येशू त्यस घरमा गएर तिनको हात छोएर तिनलाई उठाउनुभयो । औषधि विज्ञानको भाषामा यसलाई स्पर्श थेरापि भनिन्छ । आजकल जापानमा यसको प्रयोग धेरै हुन्छ । प्रेमपूर्वक, बच्चा, यूवा र ठूलालाई पनि छुनुले उनीहरूमा सान्त्वना प्राप्त हुन्छ र यसले उनीहरूमा सकारात्मक उर्जा मिल्छ । यो कारणले गर्दा बिरामीहरू छिट्टै निको हुन्छन् । हजारौं वर्ष अघि बाइबलमा येशूले यो तरीकालाई पनि निको पार्नको निम्ति प्रयोग गर्नुभएको छ ।

लूका १३: १०-१७ यहाँ येशूले १८ वर्षदेखि कुँजोपनाले ग्रस्त व्यक्तिलाई छोएर निको पार्नुभएको घटना छ । कमजोर तन र मन भएका व्यक्तिकोलागि मात्रै होइन जो कसैको लागि पनि प्रेमपूर्वकको स्पर्शले मानिसमा जीवन पैदा गर्छ । यसले मानिसलाई आरोग्यतामा पुऱ्याउँछ । हिब्रू ६ अध्याय अनुसार आधारभूत इसाई सिद्धान्त मध्ये हात राखेर प्रार्थना गर्ने पनि एउटा महत्वपूर्ण सिद्धान्त हो ।

अंगालो हाल्ने, चुम्बन गर्ने, मालिस गर्ने, बोकेर हिँड्ने, छोएर वा टाँसिएर बस्ने हात समात्ने यी कुराहरूमा मन, आत्मा र शरीरलाई निको पार्ने क्षमता छ । कतिपय राम्रा अनुभवि डाक्टरहरूले बिरामी उनीहरूको नजिक पुग्ने बित्तिकै प्रेमपूर्वक तिनीहरूलाई हुँदै कुराकानी गर्छन् । यो प्रेम व्यक्त गर्ने राम्रो तरिका हो । यसले रोगीलाई धेरै राम्रो फाइदा गर्छ । विश्व प्रसिद्ध स्वास्थ्यकर्मी फ्लोरेन्स नाइटीङ्गेलले प्राय यो विधि प्रयोग गरेर घाईतेहरूकोपचार गर्थिन् । यस कार्यमा उनले धेरै सफलता पनि हासिल गरिन् ।

तेलको मालिस राम्रो औषधि...

के तिमीहरूमध्ये कोहि बिरामी छ ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस् । तिनीहरूले प्रभुको नाउमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून् र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले त्यसलाई निको पार्नुहुनेछ (याकूब ५:१४-१५)।

तेलमा निको पार्ने शक्ति छ, यो पनि औषधि हो । प्राकृतिक तथा आयूर्वेद चिकित्सा प्रणालीमा यसको धेरै प्रयोग हुन्छ । प्रायजसो रातो देखिने तेलहरू मालिस गर्नको निम्ति राम्रो मानिन्छ । रातो तेलमा तातो ल्याउने शक्ति हुन्छ । नशा, हाड र माशंपेसीहरू दुखेको ठाउँमा तेलको मालिस राम्रो मानिन्छ । हाम्रो नेपाली | समाजमा नवजात बच्चा र सुत्केरी आमालाई तेलको मालिस गर्ने राम्रो चलन छ । तेललाई इस्राएलीहरूले पनि प्रयोग गर्दथे ।। बिरामीलाई प्रार्थना गर्दा अभिषेक सहितको तेलले मालिस गर्न

सकिन्छ । यसले शरीरमा उर्जा प्रयोग गरि बिरामीलाई आराम | दिलाउँछ । तेललाई हल्का आगोमा तताउन पनि सकिन्छ र चाहिएको अवस्थामा लसुन थिचेर भान्न सकिन्छ । लसुन र तेलको समिश्रणको मालिसले चिसो चाँडै भगाउने र शरिरलाई आराम दिलाउँछ । मालिसका लागि राम्रा तेलहरू मध्ये तोरी, तील, सर्स्य, वन फूल, ओलिभ तेल (जैतुन) आदि पर्दछन् । जैतुनको तेल त्यसै खान, मालिस गर्न र खाना पकाउन पनि मिल्ने महँगो खालको तेल हो । यसमा बासनादार वा बासना नभएको दुवै हुन्छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा तेलको मालिस गरीसकेपछि तातो बाफ दिने चलन पनि छ, जसले बिरामीहरूलाई सुन्निएको, दुखेको ठाउँहरूमा छिट्टै आराम दिलाउँछ । जोर्नीजोर्नी र हड्डी दुख्नेहरूको लागि तेलको मालिस र तातो वाफ दिनु धेरै राम्रो हुन्छ । हामी इसाईहरूले तेलको मालिसको रहस्यलाई राम्ररी बुझ्न सकेका छैनौ र हामीलाई घाटा लागेको छ । अझ व्यवहारीक तवरले भन्ने हो भने रुने, कराउने, चिच्याउने, लडिबुडि गर्ने व्यक्तिहरूलाई छुटै कोठामा राखेर शरीर भरि तेलको मालिस गर्दै प्रार्थना गरिदिनु राम्रो हुन्छ । यसले बिरामीलाई स्वीकार गरिएको अनि तनाव मुक्त हुनलाई सहायता गर्छ । साना साना बच्चाहरू भए आमा वा बुबा जसले मालिस गरीदिए पनि फरक पर्दैन । तर किशोरकिशोरी वा ठूला मानिसहरू भए महिलालाई महिलाले र पुरुषलाई परूषले नै मालिस सहितको प्रार्थना गरिदिनु व्यवहारिक हुन्छ । मालिस चाहिएअनुसार गर्नुपर्छ । कसैलाई एक घण्टाको मालिसले पुग्छ भने कसैलाई पटक पटकको मालिस आवश्यकता अनुसार केह दिन, हप्ता वा महिनासम्म पनि गर्न सकिन्छ । मालिस गर्ने सहि तरिका सिक्नको निम्ति प्राकृतिक वा आयुर्वेदिक केन्द्रहरूमा जान सकिन्छ । त्यहाँ सम्बन्धित विज्ञहरूले मालिस गर्ने सहि तरिका सिकाउनुहुन्छ । नेपाल सरकारबाट सञ्चालित हुने आयूर्वेदिक केन्द्रहरूमा यसको उपचार सित्तैमा मिल्छ ।

पेटको लागि दाखरस...

१ तिमोथी ५:२३, अघिजस्तो पानी मात्र पिउने नगर, तर तिम्रो पेटको लागि र घरिघरि बिरामी भएकोले गर्दा अलि अलि दाखमद्य पिउने गर । यहाँ दाखरसलाई औषधिको रुपमा प्रयोग गर्ने सल्लाह पावलेल तिमोथीलाई दिएका छन् । यो औषधिको रुपमा प्रयोग गर्ने उनले अनुमति दिएका हुन् । यो विषयमा कुराकानी गर्दा दुई वटा शब्दहरूको अर्थ बुझ्न आवश्यक छ ।

१. लागूपदार्थ २. लागूऔषधि वास्तबमा यी दुई कुराहरू एउटै चिज हो तर प्रयोगले यसलाई फरक बनाउँछ । यसलाई सदुपयोग गरेमा यो लागूऔषधि हो भने यसको दुरूपयोग गरेमा यो लागूपदार्थ बन्छ । मनोरञ्जन र विलासिताको निम्ति यसको लतमा पर्दा यो लागूपदार्थ बन्छ ।

यो कुरा माथि मानिसको नियन्त्रण होइन तर त्यो कुराले मानिसलाई नियन्त्रण गर्छ भने त्यो लागूपदार्थ हो । लागूपदार्थले हाम्रो तन, मन र धनलाई बिगार्छ तर त्यहि कुरा जसलाई हामीले नियन्त्रणसाथ प्रयोग गर्छौ भने त्यो लागूऔषधि बन्छ । यस्तो अवस्थामा यसले हाम्रो तन, मन र धनलाई ठिक राख्न मद्दत गर्छ । अफिम लागूपदार्थ र लागूऔषधि दुबै हो । कुलतमा परि यसको प्रयोग र व्यापार गर्नु ठूलो अपराध हो भने औषधिकोरूपमा यसलाई प्रयोग गर्नु ठिक कुरा हो । बच्चा पाएको सुत्केरी महिलाको धेरै रगत बगेको खण्डमा अथवा दुर्घटनामा परि जो कसैको धेरै रगत बगेको खण्डमा त्यो रगत नबगोस् भन्नको लागि एउटा सुई दिइन्छ र त्यो सुईले उसको रगत बग्ने कुरालाई रोक्छ । त्यो सुईले रगत बग्नबाट किन रोक्छ होला...? त्यो सुईमा अफिम मिसाइएका हुन्छ । अफिमले रगतलाई बाक्लो गराउँछ र बग्नबाट

रोक्छ । यो सुईले पीडाकम पनि गराउछ । संसारमा धेरै औषधिहरू छन्, जसको सदुपयोग गरे लागूऔषधि, दुरूपयोग गरे लागूपदार्थ बन्छ । खोकी लाग्दा खाने औषधि नेपालमा लागुपदार्थ बनेको छ । हामी नेपालीहरूमा अनुशासित मन छैन । हामीले प्रयोग गर्नुभन्दा त्यसले हामीलाई दास बनाई दिएको कारणले पनि हामी घाटामाछौं । तर सकारात्मक पक्षबाट हेर्ने हो भने दाखरसको प्रयोगले पेट र रगत सफा हुन्छ, शरीरमा यसले उर्जा दिन्छ, धेरै चिसो समयमा शरीरमा ताप पैदा गर्छ । यसैले सहि किसिमले प्रयोग गरेको खण्डमा यसले हाम्रो तन र मनलाई राम्रो गर्छ ।

बाइबलमा औषधिको रहस्य - भाग १ (येशू र औषधि )

बाइबलमा औषधिको रहस्य - भाग २

यो लेख यस पुस्तको लेखक पा. शुकदेव गिरी ज्यू ले bishwasi.com लाई उपलब्ध गराउनु भएको हो। क्रमश बाँकि खण्डहरू पनि यस पेजमा प्रकाशित हुँदै जानेछन् । हामी यस उत्कृष्ठ सामाग्रीको लागि पा. शुकदेव गिरी प्रति धेरै धन्यवादी छौं।

यहाँ लेखिएको धारणा तथा व्याख्या वारे अझ बढि जानकारी लिन वा छलफल गर्न लेखक संग सम्पर्क राख्न सक्नु हुन्छ।



लेखकको फेसबुक पेज : https://www.facebook.com/sukdev.giri.3