जीवन एक तर्फि यात्रा:
विगत तिर फर्कने होइन तर भविश्य तर्फ लम्कौं जब हामो भित्तेपात्रोका पानाहरू पल्टिदै जान्छन् हामी हाम्रो बाँच्ने दिनहरू छोटिँदै गएको जान्दछौं । यसको गतिलाई हामीले रोक्न चाहेर रोकिने तथा फर्काउन खोजेर फर्काउन फर्काउन सकिँदैन । जीवनको गति सँग जुध्ने प्रयास भन्दा यसलाई आफु अनुकुल बनाएर जीवनको यत्रालाई सहज, र सफल बनाउनु नै बुद्धिमान हुन्छ । हामी हाम्रो जीवनको बेग तथा दिशालाई बुझ्यौ भनें मात्र यस जीवनलाई हामी यसको गती सँगै व्यवस्थापन गर्न सक्छौं । त्यसैले होला भजन लेखकले यसरी लेखेका छन् कि "हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं।" (भ.स. 90:12). पावलले फिलिप्पिलाई लेखेको पत्र द्वारा जीवनको गतीबारेमा हामी धेरै कुरा जान्न सक्दछौं ।
फिलिप्पी 3:12-14
'मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो! भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु। '
१. जीवन कसैको पनि पुर्ण रूपमा सिद्ध छैन । तर परमेश्वरले हामीलाई दिनु भएको आशार उद्देश्यलाई हेरेर अघि बढ्नु पर्छ । अरूको जीवन हेर्दा धेरै कुरामा आफ्नो भन्दा राम्रो देखीएला, तर परमेश्वरले हाम्रो अघि राख्नु भएको उहाँको राज्यको भविस्य अरू कसैको भन्दा थोरै, सानो, र कमसल छैन । सो सुन्दर भविस्यलाई नै जीवनको लक्ष बनाएर अघि बढौं ।
२. हाम्रो विगतमा भएका राम्राकुरामा मख्ख परेर होस् या नराम्रा कुरामा पछुताएर त्यसैमा नै रमलिने होइन फर्कने होइन तर गएको दिनलाई बिर्सेर भविश्यमा राखिए कुराकालाई लक्ष बनाएर अघि बढौं । हाम्रो बिगत गइ सकेको छ, राम्रै होस् या नराम्रा फेरी फर्केर आउँदैनन् । तर भविस्य, हामिले स्वागत गरौं या नगरौं आएर नै छाड्छ । त्यसैले हाम्रो जीवन भविस्यको तयारी स्वरूप हामीले अघि बढाउन सकेका हौं
जीवन यात्रा हामीले चाहे पनि नचाहे पनि अघि लम्किरहेको छ, लम्किरहने छ, भविस्यलाई हेरेर कुद्न सक्यौं भने यात्रा मिठो, अर्थपूर्ण रहनेछ यहाँहरू सबैको जीवन यात्रा परमेश्वरले आसिसमय पार्नुभएको होस् ।
-Pabitra Mani Bhandari