
बाइबलले हामी बिच असल सम्बन्ध चाहन्छ | Bible Desires a Good Relationslip Among Us
रोमी 12:14-16 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। एक-अर्का…
रोमी 12:14-16 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। एक-अर्का…
तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।
सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्। किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ।
यसकारण एकले-अर्कोलाई प्रोत्साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्तो तिमीहरू गर्दै पनि छौ।
तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर।
आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।