सन्यासी जीवन- कथा
एक जना मानिसले जीवन देखी दिक्क लागेर सन्यासी हुने निर्णय गरेछ । उ घरबार सब त्यागेर एक जोर सुतिको पंहेलो धोतिको पहिरनमा उ सन्यासी बनेर बसेछ । अब उसको सम्पत्तीको नाउँमा त्यो एक जोर धोतिमात्र थियो । जीवनमा कुनै चिन्ता फिक्री विना बसिरहेको थियो ।
तर उसको कुटिमा एउटा मुसो पनि रहेछ र बेलुका बेलुका त्यस मुसो ले त्यस सन्यासीको धोति खाइदिँदो रहेछ । आफ्नो धोति प्रत्येक दिन दुलो पर्दै गएको मा सन्यासीलाइ दिक्कलागेछ र उसले विचार गर्यो यो मुसोलाइ तह लगाउन मैले एउटा विरालो पाल्नु पर्यो । तुरून्तै एउटा विरालो ल्याएछ । तर विरालोलाइ खुवाउने दुध सन्यासी सँग थिएन त्यसैले उसले विचार गर्यो एउटा गाइ पालेर यो विरालोलाइ दुध दिनु पर्यो । तुरून्तै एउटा गाइ पनि ल्याएछ । गाइ ल्याएपछि त घाँस दाना पानि पनि गर्नु पर्यो । फेरी एक जना स्त्रीलाइ घरमा काम गर्न राखेछ । केहि समय पछि उसलाइ त्यहि स्त्री सँग मन बसेको ले उसैलाइ आफ्नो श्रीमती बनाएर सन्यासी जीवन त्यागेछ ।
त्यसैले जीवनलाइ जित्नको लागी त्यसबाट भागेर होइन तर सामना गरेर जितिन्छ । आफ्नो जीम्मे वारीबाट भागेर नभइ डटेर लड्यौ भने त्यसको इनाम सहि र ठुलो हुनेछ । जीवन देखी भाग्न कहिल्यै पनि सकिँदैन ।