कथा- आधा गिलास पानीको बोझ- वस्तुगत शिक्षा Objective Lesson

 

आधा गिलास पानीको बोझ

एक जना मनोविज्ञानको प्रोफेसरले एक


आधा भरिएको गिलास विद्यार्थीहरूको अगाडी ल्याएर पानीको गिलास देखाउँदै सोधे। यो गिलास गह्रौँ छ कि हल्का ?

प्राय विद्यार्थीहरूले उत्तर दिए, छैन त्यति पानी के को गह्रुँगो हुनु ।

उक्त प्रोफेसरले भनेछन्, त्यो सहि उत्तर हो । अनि उनले यो पनि उचालेर प्रदर्शन गर्न इच्छु विद्यार्थीले हात उठाउन भने ।

त्यहाँ धेरैको हातहरू उठेको थियो । ति मध्य सबै भन्दा हिस्टपुस्ट दखीने एक जवानलाई अगाडि बोलाएर पानी हत्केलोमा लिएर हात सिधा पारेर बोक्न लगाए ।

उक्त विद्यार्थी पनि, मुस्कुराउँदै पानी लिएर  हात सिधा पारेर उभियो ।

त्यस पछि प्रोफेसरले त्यस दिनको पढाइ सुरू गरेछन् । क्लास १५ मिनेट जती अघि बढेपछि उक्त गिलास बोकेर उभिरहेको बिध्यार्थिलाइ सोधेछन् । गिलास गह्रौँ छ कि हल्का ?

त्यस जवानले भनेछ, त्यति गह्रौँ छैन ।

प्रोफेसरले पढाइलाई निरन्तरता दिएनन् । करिब १ घण्टाको क्लास पछि उनले त्यस विद्यार्थीलाई सोधे छन् । गिलास कति गह्रौँ छ । त्यस जवानले उत्तर दियो, मेरो हात गलि सक्यो के म यसलाई टेबुलमा राख्न सक्छु ।

प्रोफेसरले भनेछन्, गिलास आधा भरिएकोले त्यो केही क्षण बोक्न पक्कै पनि हल्का छ । तर त्यसलाई हामीले लगातार बोक्यौं भनें यो जतिनै हल्का भए पनि बोक्न गाह्रो हुन्छ र यसले हामीलाई थकाउँछ जसरी उस जवानको हात गलेको थियो । पानीको तौलमा फरक आउँदैन तर त्यसको बोकाइमा भर पर्छ हामीले कति लामो समय यसलाई बोक्न सक्छौं ।

प्रोफेसरले भन्दै गएः आफ्नो जीवनका चिन्ता, फिक्री, रिस, ढाड आदिलाई पनि हामीले जति नै सानो र हल्का ठानेपनि त्यो लामो समय सम्म बोकि राखे भारि हुन् सक्छ । त्यसैले त्यस्तै कुराहरूलाई जतिसक्दो छिटो बिसाउनु पर्दछ ।

हामीले पनि आफ्नो जीवनका पाप, गल्ती, रिस डाह, नकरात्मक सोच, लाइ बोकेर नबसौं त्यसले जीवनका यस्ता बोझहरूलाई जति सक्दो छिटो विश्राम दिएर हल्का बनाउँ ।

मत्ती 11:28-29 

हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।

भजन संग्रह 55: 22

तिम्रा चिन्‍ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्‍हाल्‍नुहुनेछ। उहाँले धर्मीलाई कहिल्‍यै डग्‍न दिनुहुनेछैन।