एउटा खुशी मान्छेको कथा (Story of A Happy Man)

 एउटा खुशी मान्छेको कथा (Story of A Happy Man)



एका देशमा एक जना धनि मानिस थियो उसँग प्रशस्त धन सम्पत्ती थियो, धेरै श्रीमतीहरू तथा बाल बच्चाहरू थिए । उसको जीवन सबैकुराबाट प्रसस्त देखिन्थ्यो । तर पनि उसलाई लाग्यो कि उ खुशी छैन । उसले आफ्नो जीवनमा के थपेर खुशीहुन सकिन्छ भनेर सोच्न थाल्यो तर पनि केहि उपाय सोच्न सकेन ।

एक पटक उ धेरै रिसाएर आफ्ना नोकरहरूलाई करायोः म किन खुशी छैन ? मलाई खुशी हुने कुरा ल्याओ ।

उसका नोकरहरूले मालिकलाई मनपर्ने मिठो खानेकुरा पकाएर ल्याए तर मालिकले भन्यो यस्तो त मैले सधैं खाएको छु यो होइन ।

नोकरहरूले फेरी एक संगीतकारलाई बोलाएर मालिकलाई मन पर्ने गीत गाउन लगाए, तर मालिकले झनै रिसाएर भन्यो यो त मैले सँधै गरिराखेको हो मैले यसबाट के खुशी हुन्छु र ?

त्यस पछि नोकरहरूलाई केहि सिप नलागेर एक जना ज्योतिसलाई के गरेर हुन्छ बुझ्न बोलाएर ल्याए । ज्योतिसले भन्यो मालिकले एउटा काम गरे मात्र खुशी हुन सक्नुहुन्छ  ।

मालिकले सोध्यो त्यो के हो भन, खुशी हुन म जे पनि गर्न तयार छु ।

ज्योतिसले जवाफ दियोः एक जना खुशी व्यक्तिलाई भेटेर उसको कमिज मागेर लगाउनु पर्छ अनि मालिक खुसीहुन सक्नुहुन्छ ।

त्यस पछि उक्त धनि व्यक्ति आफ्ना नोकरहरूका साथमा खुशी व्यक्तिको खोजीमा लाग्यो । तर यस खोज सोचे जस्तो सजिलो निस्केन । कोहि धनमा खुशी भएकाहरू स्वास्थयको कारण बेखुशी थिए, कोहि परिवारको कारण बेशुसी आदि आदि ।  सबै कुरामा पुर्णरूपले खुशी भएको व्यक्ति उनीहरूले भेट्न सकेनन् र निरास भएर घर फर्कदै थिए । 

बाटो नजीकैको एउटा छाप्रो भित्र उनिहरूले एक जना व्यक्तिले बोलेको सुनेः

प्रभु मैले दिन भरिको काम सकें, टन्न खाएँ, अब आरामले सुत्छु, मलाई अरू कुनै कुराको खाँचो छैन तपाइलाई धन्यवाद ।

जब उक्त धनि व्यक्ति र उसका नोकरहरूले सो सुने उनिहरूलाई लाग्यो यो छाप्रो भित्रको मान्छे नै खुसी व्यक्तिहुनु पर्छ । अनि मालिकले आफ्ना नोकरहरूलाई भन्यो जाओ, र त्यसको कमिज मागेर ल्यओ दिएन भने खोसेर भए पनि ल्याओ ।

ति नोकरहरूले त्यस छाप्रो ढोका फोरेर त्यस खुशी मान्छेको कमिज खोज्न भत्र पसे

तर बिडम्बनाको कुरा त्यस खुशी ब्यक्तिको शरिरमा एक जोर कमिज पनि थिएन ।

हामी सबै खुशी र आनन्दको चाहना गर्छौं र यो कहाँ कसरि पाइन छ भने सधैं लागि पर्छौं । तर जीवनमा खुशी, नभएको कुरा थपेर होइन तर भएको कुरामा धन्यवादि भएर थप्न सकिन्छ ।  तलका पदबाट हामीले पनि हाम्रो जीवनलाई खुशी जीवन पार्न प्रयास गर्ने कि?

Happiness doesn’t come from adding things into our lives, but from discovering what we already have./ जीवनमा खुशी नभएका कुरा थपेर होइन भएका कुरा मा सन्तुष्ट भएर पाइन्छ ।

फिलिप्पी 4:10-13 

‘म प्रभुमा साह्रै आनन्‍दित छु, … किनभने जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु। कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु। ‘

तपाइहरूको जीवनमा परमेश्वरले हर प्रकारका खुशीहरूले भरि पुर्ण पार्नुभएको होस् । विषेश गरि आफुभित्रै भएको खुशीलाई प्राप्त गर्न सक्ने बनाउनुभएको होस् ।