Top Ad 728x90

, ,

येशूलाइ पाएर जीवन परिवर्तन गराै (लूका 19:1-10) A Nepali Sermon by Ps. Pabitra M. Bhandari

येशूलाइ पाएर जीवन परिवर्तन गराै (लूका 19:1-10) 





लूका 19:1-10

1येशू यरीहोमा प्रवेश गरेर त्‍यहाँबाट जाँदैहुनुहुन्‍थ्‍यो। 2त्‍यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए। 3येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्‍थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्‍न सकेनन्‌। 4तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्‍जीरको रूखमा चढ़े। किनकि येशू त्‍यही बाटो भएर जान लाग्‍नुभएको थियो।
5जब येशू त्‍यस ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले मास्‍तिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्‍नुपरेको छ।” 6तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्‍कार गरे।
7जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्‍न गए।”
8जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्‍ना सम्‍पत्तिको आधा भाग गरीबहरूलाई दिन्‍छु, र कोहीबाट अन्‍यायपूर्वक केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता गरिदिनेछु।”
9तब येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्‌। 10किनभने मानिसको पुत्र हराएकालाई खोज्‍न र बचाउन आएको हो।” 

0 comments:

Post a Comment

Top Ad 728x90