पुरातात्विक उत्खननले फेलापरेको यशैया अगमवक्ताको छाप (Archeological Discovery of Prophet Isaiah's Seal)

 

पुरातात्विक उत्खननले प्रमाणित गरेको बाइबलिय घटना

हामीला थाहा छ बाइबल धर्मशास्त्र साँचो छ र हामीले परमेश्वरको निम्ति जान्न आवश्यक सबै विषयमा सत्य शिक्षा बाइबलबाटै प्राप्त गर्दछं । बाइबलिय घटनाहरू हजार वर्ष पुराना भए पनि वर्तमान समयमा पनि त्यति बेलाका कति सत्य प्रमाणहरू हाम्रो सामु आइरहेका छन्। त्यसै मध्यको एक प्रमाण हो यशैया अगमवक्ताको छाप। जुन 2018 साल फेब्रुअरी महिनामा यरूसलेमको मन्दिरभएको डाँडाको दक्षिण पट्टी उत्खनन् गर्दा फेला परेको हो । हिजकिया राजाको छाप सहित फेला परेको यशैयाको छापले बाइबल (2राजाहरू 19-12)मा देखाए जस्तै हिजकिया राजा र यशैया अगम्वक्ता सँगै इस्राएलको अगुवाइ गरेको र नजिकको सम्बन्ध रहेको देखाउँछ । आंशिक फुटेको अवस्थामा फेला परेको उक्त छाप मा प्रस्ट सँग देखिने गरि यशैया अगमवक्ता भनेर लेखिएको छ। उक्त छाप 2700 वर्ष पुरानो प्रमाणित भएको छ जुन बाइबलमा उल्लेखित यशैया र हिजकियाको समय सँग मिल्दछ ।

(Source: biblearchaeologyreport.com)