भाग्यमानिको अनौठो व्याङ्क खाता (Bank Account of a Lucky man):
एक मानिस आफ्नो जीवनको पहिलो व्यक्ति व्यांङ्क खाता खोल्न व्यङ्कमा प्रवेश गर्दै थियो । उसलाइ देख्ने वित्तीकै ब्याङ्कको गार्डले ‘अहो हजुर आउनु भयो भनेर’ भनेर सम्बोधन गरेको देखेर उसले अचम्म मान्यो र मन मनै ठान्यो मैले त यसलाइ कहिल्यै देखेको थिइन मलाइ कसरि चिन्यो ।
फेरि भित्र पस्ने बित्तिकै ब्याङ्को कर्मचारिले उसलाइ आफु तर्फ बोलाउँदै भन्योः एता आउनुहोस् एता मैले तपाइलाइ नै कुरेर बसेको ।
उ केहि नबुझे पनि उक्त कर्मचारि तर्फ लम्क्यो र उस्को डेस्कको अगाडी को कुर्चिमा बस्यो । केहि बोल्नु नपाउँदै त्यस ब्यङ्कको कर्मचारिले उसलाइ भन्यो, तपाइ भाग्यमानी जीवन खाताको विजेता हुनुहुन्छ ।
यस ठाउँमा सहि गर्नुहोस् अनि त्यस खातालाइ तपाइले बाँचुन्जेल उपभोग गर्नुहोस् ।
उक्त कर्मचारिले उसलाइ भाग्यमानी जीवन खाताको बारेमा सुनाउदै गयो ।
यो खाता तपाइको लागि सत प्रतिशत निसुल्क हो । यसखातामा तपाइको लागि हरेक दिन 86 हजार 4सय जम्मा हुन्छ । र त्यसलाइ तपाइले जे जसरी पनि उपयोग गर्न सक्नुहुन्छ । यसको लागि तपाइले केहि तिर्नु पर्दैन ।
तर हरेक दिन तपाइले खर्च गर्न नसक्नु भएको भोलि पल्टलाइ बाँकि रहँदैन तर क्यान्सल हुन्छ । हरेक दिन खर्च गर्न अर्को 86 हजार 4सय जम्मा हुन्छ र सो त्यसै दिनको लागि मात्र हुन्छ
तर तपाइले 86 हजार 4सय ले पुगेन भनेर कसैसँग ॠण लिन सक्नु हुँदैन, नत अरूकसैलाइ पैंचो वा सापट दिन सक्नुहुन्छ । यो नितान्त तपाइको मात्र हो ।
उक्त कर्मचारिले भन्यो तपाइ सहमत हुनुहुन्छ भने यसमा सहि गरेर यस खाता लगेर चलाउनुहोस् । यो अवसर भाग्यमानिहरूको लागि मात्र हो ।
त्यस ब्यक्तिले सपनामा पनि नसोचेको भाग्य चम्क्यो भनेर हुन्छ भनेर सहि गर्यो र मनमनै गदगद हुनलाग्यो
त्यसै विच उसलाइ पछाडिबाट कसैले घचघचाएर बोलाउन लाग्योः
उसले यसो पछि फर्केर हेरेको त उसकि श्रीमती रहिछिनः ए हजुर, किन एक्लै हाँसेको सपनामा
उ झसंग भो, त्यो सब त सपनापो रहेछ । फेरि दुखी भयो ।
तर बास्तबमा उसलाइ चेतना होस् या नहोस् उसको खातामा 86 हजार 4सय जम्मा भैसकेको थियो त्यसदिनको लागी
हरेक दिन भाग्यमानिहरूले नयाँ विहानी देख्छन्, उनीहरूको खातामा 86 हजार 4सय सेकेण्ड जम्मा हुन्छ । उनीहरूले त्यस दिनको सेकेण्ड बढि भयो भनेर न भोलिलाइ राख्न सक्छन नत पुगेन भनेर भोलिको आज नै खर्च गर्न सक्छन् । न त उरू कसैबाट पैंचो लिन मिल्छ न तर अरूलाइ सापट दिन नै । यो नितान्त त्यस दिनको लागी मात्र हो, आफ्नो लागी मात्र ।
यदि तपाइले आज यो कथा पढिरहनुभएको छ भने तपाइ पनि ति भाग्यमानि मध्य एक पर्नुहुन्छ । तपाइको आजको 86 हजार 4सय कसरि खर्च गर्ने योजना राख्नुभएको छ त?
Time is money. – Benjamin Franklin /समय नै धन हो -ब्यन्जामिन् फ्रयाङ्कलिन
शास्त्रले हामीलाइ समयको बारेमा यसरि सिकाउँदछः
कलस्सी 4:5
‘समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर। ‘
एफिसी 5:16-17
‘यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। ‘
उपदेशक 3:1-8
‘सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
जन्मने एउटा समय छ, र मर्ने एउटा समय।
रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय।
मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय।
भत्काउने एउटा समय छ, र बनाउने एउटा समय।
रुने एउटा समय छ, र हाँस्ने एउटा समय।
शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।
ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्ने एउटा समय।
अँगाल्ने एउटा समय छ, र अलग रहने एउटा समय।
खोज्ने एउटा समय छ, र छोड़िदिने एउटा समय।
राख्ने एउटा समय छ, र फाल्ने एउटा समय।
च्यात्ने एउटा समय छ, र मरम्मत गर्ने एउटा समय।
चूप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय।
प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय।
युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय। ‘
परमेश्वरले तपाइलाइ समयको महत्व बुझेर बुद्धिमानिसाथ यसको खर्च गर्न सिकाउनुभएको होस् ।
-Pabitra M. Bhandari
0 comments:
Post a Comment