Luke 22:39-46 || प्रार्थना गर र परिक्षामा नपर। || Bhojraj Bhatta

Luke 22:39-46 || प्रार्थना गर र परिक्षामा नपर। || Bhojraj Bhatta

Nepali Christian Sermon


 Luke 22:39-46

39बाहिर निस्‍केर सदाझैँ उहाँ जैतून डाँड़ामा जानुभयो, र उहाँका चेलाहरू पनि पछिपछि लागे। 40त्‍यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।” 41उहाँ तिनीहरूबाट प्राय: तीस मिटर पर गएर घुँड़ा टेकी प्रार्थना गर्नुभयो, 42“हे पिता, तपाईंको इच्‍छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर मेरो इच्‍छा होइन, तपाईंकै इच्‍छा पूरा होस्‌।” 43तब स्‍वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे। 44अत्‍यन्‍त सङ्कष्‍टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्‍नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्‍लाजस्‍तै जमिनमा खसिरहेका थिए।

45प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेट्टाउनुभयो। 46उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।”