बोलावटको योग्य बनौं | #NepaliSermon

1 थेसलोनिकी 5:3-9

3जब मानिसहरू “शान्‍ति र सुरक्षा” भनिरहेका हुन्‍छन्, तब गर्भवती स्‍त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्‍छ, र तिनीहरू कुनै रीतिले उम्‍कनेछैनन्‌। 4तर भाइ हो, तिमीहरू अन्‍धकारमा छैनौ, तसर्थ त्‍यस दिनले तिमीहरूलाई चोरले जस्‍तै चकित पार्नेछैन। 5किनकि तिमीहरू सबै ज्‍योतिका सन्‍तान र दिनका सन्‍तान हौ। हामी रातका र अन्‍धकारका सन्‍तान होइनौं। 6यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, र सचेत होऔं। 7किनकि सुत्‍नेहरू रातमा सुत्‍छन्, र मद्य पिएर मात्‍नेहरू रातैमा मात्‍छन्‌। 8तर हामीचाहिँ दिनका हुनाले हामी सचेत होऔं, र विश्‍वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको टोप लगाऔं। 9किनकि परमेश्‍वरले हामीलाई क्रोधको निम्‍ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो।