पवित्र शहर येरूशलेम - बारे जानै पर्ने कुरा (Let's learn about Jerusalem)

Photo: freely obtained from https://unsplash.com/s/photos/jerusalem

येरुसलेम शहर (Jerusalem)


येरूशलेम इशाइ विश्वासमा धेरै नै महत्व राख्ने शहर हो। यो शहरलाई दाउदको शहर भनेर पनि चिनिन्छ। येशूको जन्म पनि यहि भएको थियो भने येशू ख्रीष्ट आफै पनि राजा बनेर यरूशलेम मा प्रवेस गर्नु भयो। येशू ख्रीष्टका महान कार्यहरु मृत्यु र पुनरुत्थान येरूशलेम केन्द्रित भएर नै सम्पन्न भएको थियो। येरूशलेम इसाई विश्वास मा मात्र नभई यहुदी र इस्लाम धर्मालम्बीहरूको पनि पवित्र तीर्थस्थलको रुपमा चिनिन्छ। यहि शहरको बारेमा महत्वपूर्ण तथ्यहरु हर्ने छौं ।

- यरूशलेम सवै भन्दा पुरानो शहर मध्येको एक हो । ऐतिहासिक प्रमाण अनुसार हालको यरूशलेममा 3000 इ.पू. देखी मानव बसोवास भएको भेटिन्छ

- येरूशलेम सवै भन्दा पुरानो शहर मात्र नभई सवै भन्दा बढि आक्रमणमा परेको शहर पनि हो । यस शहर 23 पटक पुर्णरूपमा ध्वस्त पारिएको थियो भने 52 आक्रमणमा परेर ४४ पटक कब्जा गरिएको थियो ।

- बाइबलमा यरूशलेम शहर 806 पटक उल्लेख गरिएको छ । 660 पटक पुरानो करारमा र 146 पटक नया करारमा उल्लेख पवित्र शहर छ । सबैभन्दा पहिले बाइबलमा यहोशूको 10:1 मा लेखिएको छ ।

- तिन ठुला धर्महरू (इशाई, यहुदी र इस्लाम) का महत्वपूर्ण धार्मिक स्थलहरु येरूशलेममा छन। इशाईहरु लाई यहां येशूको मृत्यु, दफन, पुनरुत्थान भएको ठाँउले महत्व राख्दछ भनें । यहुदीहरूका पवित्र मन्दिर भएको स्थल हो र उनिहरूको इतिहाँस का धेरै महत्वपूर्ण घटनाहरु यरूशलेम वरी परि भएकोले उनीहरूले यरूशलेमलाई धेरै महत्व दिन्छन। त्यस्तै इस्लाम र्धम अनुसार येरूशलेम मोहम्मद स्वर्ग तर्फ गएको ठाउँ भनेर जानिन्छ । र उनीहरूको लागि येरूशलेम मेक्का र मदिना पछि को सवै भन्दा पवित्र स्थल हो।

- बाइबलिय इतिहाँस अनुसार दाउद राजा अभिषेक भएपछि जेबुसि हरुसँग युद्ध गरेर इस्राएलको बनाएका हुन् ( 2 समुएल 5:3 -6 ) र यो शहर इस 70 मा रोमले आक्रमण गर्नु अघि सम्म इस्राएलको राजधानि थियो। त्यसपछि यो शहर 1948 सम्म विभिन्न गैर यहुदीहरूको नियन्त्रणमा थियो।

- 1517 देखी 1917 सम्म यरूशलेम ओट्टोमान साम्राज्यमा थियो भने 1917 -1949 सम्म अंग्रेजहरूले अधिकार गरेका थिए । 1947 मा संयुक्त राष्ट्र संघ को अगुवाइमा इस्राएल राज्य पुर्नस्थापना गरियो । त्यस लगत्तै इस्राएल र अरब राष्ट्रहरु विच युद्ध सुरुभयो । अझै पनि अरब राज्यहरूर इस्राएल विचको तिक्तता कायम नै देख्न सक्छौं ।