तथ्य- विश्वासको सार के हो र यसको सुरुवात कहाबाट भयो ?

 

हामीले पढने विश्वासको सार के हो र यसको सुरुवात कहाबाट भयो ?

मैले जाने अनुसार नेपालका सबै जसो आराधना संगतीहरु विश्वासको सार पाठ गरेर सुरु गरिन्छ ।
मलाई याद छ मैले बप्तिस्मा लिनु अघि हाम्रो मण्डलीको पास्टर ले विश्वासको सार र प्रभुको प्रार्थना कण्ठ गर्न लगाउनु भएको थियो । हामीलाई थाहा छ प्रभुको प्रार्थना येशू प्रभु आफैले सिकाउनु भयो र बाइबलमा यो समावेस छ । तर विश्वासको सार त्यहि रुपमा बाइबल भित्र पाउन गाह्रो छ । विश्वास को सार को अंग्रेजीमा एपोस्टलस क्रिड भनिन्छ जस्को अर्थ प्रेरितहरूको विश्वासको सार हो। यसलाई पक्कै पनि येशूका चेलाहरुले नै दिए होलान भन्ने हामीलाई लाग्ला तर विश्वासको सारको प्रयोग येशू पिताकहाँ प्रस्थान गर्नुभएको २०० वर्ष पछि मात्र तयार भएको रहेछ । तल दिइएका विश्वासको सार सम्बन्धित तथ्यहरु लाई हेरेर यसको महत्व र प्रयोगलाई अझ राम्रो संग बुझ्ने छौं । विभिन्न झुठो शिक्षाको विगविगी भएको वर्तमान अवस्थामा विश्वसको सारको महत्व हाम्रा विश्वासीहरु लाई सिकाएर विश्वासमा दह्रो बनाउने प्रयत्न गरौं ।

1. वर्तमान विश्वासको सार दोस्रो सताब्दी को सुरुतिर रोमको मण्डलीमा वप्तिस्मा दिने बेला व्यक्त गरीने विश्वासको सारांश बाट विकसित भएको हो। यस्तै इसाई शिक्षाका हरफहरू बप्तिस्मा लिनु अघि पाठ गर्न लगाइन्थ्यो ।
2. लिखित रूपमा विश्वासको सारको विकाश येशू सारिरीक रुपमा आउनु भएको इन्कार गर्ने नस्टिक झुठो शिक्षालाई गलत सावित गर्न तयार गरिएको हो। नस्टिकहरूले संसार दुष्टताले भरिएको कारण प्रभुयेशू परमेश्वर यसमा सहभागि हुन सक्नुहुन्न भन्ने शिक्षा दिन्थे तर विश्वासको सारले येशू सारिरिक रुपमै संसारमा कन्य मरियमको कोखबाट जन्म लिनुभयो भनेर सिकाउँछ ।
3. विश्वासको सारले त्रीएक परमेश्वरलाई चिनाउँदछ । तर हामीले यो जान्नुर्पछ की त्रिएक परमेश्वरको शिक्षा पूर्ण रुपले व्याख्या भएको चौंथो सताब्दीमा मात्र हो। त्रिएक भन्ने शब्द प्रयोग नभए पनि पिता पुत्र र पवित्र आत्मा सवै परमेश्वर हुनुहुन्छ र एक मात्र परमेश्वर हुनुहुन्छ भनेर सुरु देखीनै विश्वास गरीएको देखीन्छ ।
4. येशू "आत्यलोकमा उत्रनु भयो " भन्ने खण्ड चौंथो सताब्दीको अन्त्यतिर थपिएको हो। सुरुका ग्रिक तथा रोम मा भएक मण्डलीहरुले यसलाई राखेका थिएनन् । तर येशू आफ्नो मृत्यु पछि पुनरुत्थानको दिन सम्म आत्मलोकमा गएर सुसमाचार सुनाउनुभयो भनेर मण्डलीले पहिल्यै देखि नै विश्वास गरेको पाउँछौं (1 पत्रुस 3:19)।
5. वर्तमान समयमा विभिन्न इसाई सम्प्रदायहरुले विभिन्न रुपमा विश्वासको सार प्रयोग गरेको पाइन्छ । क्याथोलिक क्रिस्चियन हरुको लागी यो एक प्रकार को प्रार्थना हो । त्यस्तै मेथोडिस्ट एङ्गलिकन हरुले बप्तिस्माको बेला प्रस्नोत्तर को रुपमा प्रयोग पनि गर्दछन् ।

~विश्वासको सार को बाइबलिय आधार~

म विश्वास गर्दछु -
एक ईश्वर सर्वशक्तिमान् पिता (यशैया 44.6, 45.5)स्वर्ग र पृथ्वी सृजने माथि। (उत्पत्ति 1.1, यूहन्ना 1.1-3) 
अनि उहाँको एक्ले पुत्र हाम्रा प्रभुयेशू ख्रीष्ट माथि। (लूका 2.11, यूहन्ना 3.16, 20.28)
उहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो। (लूका 1.35,)
कन्या मरियम देखी जन्मनुभयो। (लूका 1.27)
पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो। (लूका 23.23-25)
क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो। (यूहन्ना 19.20, 1कोरिन्थी 15.3-4)
आत्मालोकमा उत्रनुभयो  (1 पत्रुस 3.18) तेस्रो दिनमा मरेकाहरुबाट बिउँतनुभयो । (1कोरिन्थी 15.4)
स्वर्गमा चढिजानुभयो सर्वशक्तिमान् ईश्वर पिताको दाहिने हात पट्टी बस्नु भएको छ । (मर्कूश 16.19)
जहाँ देखी उहाँ जिउँदो र मरेकाहरुको न्याय गर्नलाई आउनुहुनेछ । (2 तिमोथी 4.1)
म विश्वास गर्दछु पवित्र आत्मा माथि, (यूहन्ना 15.26)पवित्र विश्व मण्डली माथि, (गलाती 3.26-29)
पवित्रहरुको संगती माथि, (प्रकाश 19.14) पाप मोचन माथि, (लूका 7.48) शरीरको पुनरुत्थान माथि (1 थेसलोनिकी 4.16) र अजम्मरी जीवन माथि। (यूहन्ना 20.28) आमिन्।