सतावट र हाम्रो विश्वास - Nepali Christian Sermon- by Pastor, Pabitra M. ...

सतावट र हाम्रो विश्वास - Nepali Christian Sermon- by Pastor, Pabitra M. ...




1 पत्रुस 4:12-19

12प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्‍निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्‍तै तिमीहरू छक्‍क नपर। 13तर ख्रीष्‍टका कष्‍ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍दित र हर्षित हुन सक। 14यदि ख्रीष्‍टको नाउँमा तिमीहरू निन्‍दित भयौ भने तिमीहरू धन्‍यका हौ। किनभने महिमाका र परमेश्‍वरका आत्‍मा तिमीहरूमाथि रहनुहुन्‍छ।  15तर तिमीहरूमध्‍ये कसैले पनि हत्‍यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्‍नेले झैँ दुःख नभोग। 16तर कसैले ख्रीष्‍टियान भएको कारण दुःख भोग्‍दछ भनेता उसले लाज नमानोस, तर त्‍यही नाउँमा उसले परमेश्‍वरलाई महिमा देओस्‌। 17किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्‍छ भनेता परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको अन्‍त्‍य कस्‍तो होला? 18अनि,
“यदि धर्मी जनको उद्धार कठिनसँग हुन्‍छ भने
अधर्मी र पापीको गति के हुने?”
19यसकारण परमेश्‍वरको इच्‍छाबमोजिम दुःख भोग्‍नेहरूले भलाइ गरून्‌ र तिनीहरूले आफ्‍ना आत्‍मा विश्‍वासयोग्‍य सृष्‍टिकर्ता कहाँ सुम्‍पून्‌।