भजन पछाडीको मार्मिक सत्य घटना येशूको पछि म हिँड्न लागें (A True story behind hymn - I have decided to follow Jesus)

मार्मिक सत्य घटना - येशूको पछि म हिँड्न लागे


376 नं भजन मेरो सवैभन्दा मन पर्ने भजन मध्य को एक हो। जब म भरखर विश्वासमा पाइला चाल्दै थिएँ त्यसै बेला देखिनै मलाई यो भजन धेरै मन परेको हो । यो गित अंग्रेजीमा पनि भएकोले कता अमेरीका यूरोप तिर तयार गरेर पछि उल्था गरिएको होला भन्ने लागेको थियो । तर म धेरै पछि बाइबल कलेज पढ्दा थाहा भयो कि यो गित हाम्रै छिमेकी मुलुक भारतमा बनेको रहेछ । अहिले धेरै पछि फेरी यो मार्मिक भजन कसरी कस्ले बनायो होला भनेर जान्ने जिज्ञासा बढ्यो र मैले थाहा पाए यो गितले बोकेको जीवित गवाहि जुन निम्न छ ।

येशूको पछि म हिँड्न लागें भन्ने भजन आसामको एकजाना मानिस आफ्नो विश्वासको कारण मारिनु अघि बोलेको अन्तिम वाक्यहरुलाई गितको रूप दिएर भजन बनाइएको हो। 

लगभग 150 वर्ष अघि धेरै ब्रिटिस र अमेरीकन मिसनरीहरू सुसमाचार सुनाउन उत्तरपुर्वि भारत जहा धेरै आदिवासीहरूको बस्ति छ त्यता सुसमाचार सुनाउन गए । धेरै मेहनत पछि एक मिसनरीले तत्कालिन आसामको र हाल मेघालयमा पर्ने गरो गाँउमा एक परिवारलाई प्रभुमा ल्याउन सफल भए । त्यस मानिस को माध्यम बाट त्यस गाउँमा धेरैले सुसमाचारमा विश्वास गर्नलागे ।

त्यस आदिवासी समाजको मुखियाले यो नयाँ धर्मको फैलिएको सहन सकेनन् । उनले सवै गाउँलेलाई भेला गराएर त्यस पहिलो विश्वासीलाई आफ्नो नयाँ र्धम त्याग्न लगाए । तर त्यस व्यक्तिले येशूलाई त्याग्न इन्कार गऱ्यो र भन्यो "मैले येशूको पछि लाग्न मैले निर्णय गरिसकेको छु अव म फर्कंदिन ।" 

मुखिया उसको उत्तर सुनेर रिसले चुर भयो र उसको दुवै वच्चाहरुलाई त्यहि सवै गाउँलेको अघि काँड हान्न लगायो । आँखै अगाडी उसका दुई छोराहरु मारिए । फेरी मुखियाले सोध्यो अवत तेरो नयां धर्म त्याग । उसले जवाफ दियो, "मेरो पछि कोहि नआएपनि म येशूकै पछि लाग्छु" I मुखिया झनै रिसाएर उसको श्रीमती लाई मार्न लगायो र फेरी सोध्यो तेरो अन्तिम मौका हो नयौ धर्म त्याग्न के गर्छस ? त्यस मानिसले जवाफ दियो, "क्रुस मेरो अघि छ र संसार मेरो पछि म फकिंदिन " l तुरुन्तै उसलाई पनि काँड हानेर मारियो ।

तर त्यो मुखिया निशब्ध भयो र सोच्यो यो कहाँ टाढाको येशूको लागि किन मर्न तयार भयो । पछि मुखियाले पनि येशूको बारेमा सोधखोज गऱ्यो धेरै समय नवित्दै मुखिया पनि येशूको विश्वासी भयो । मुखियाको पछिलागेर सवै गाउलेले येशूलाई विश्वास गरे।

यिनै आसामको गारो गाउँको नाकसेङ्ग को शब्दमा आधारीत गरेर यो गीत बनाइएको हो। नाक्सेङ्गको शब्दलाई गित बनाउने काम साधु सुन्दर सिंह ले गरेकाहुन भनेर मानिन्छ । यस गितमा अमेरीकन भजन सम्पादक विलियम जेन्सेन् ले संगीवद्द गरेका हुन् । इ.सं. 1959 या यस गीतलाई भजन पुस्तकमा समावेश गरियो ।

यो गितको यर्थात जाने पछि जवजव म यो गीत गाउँछु मलाई नाक्सेङग र उसको परिवार को रगतै रगतले भरिएको शरिर भुईमा लडिरहको चित्र मेरो आँखामा आउँछ । र म आफैलाई ढाडस दिन्छु र भन्छु संसारको कुनै पनि शक्तिले मलाई प्रभु बाट पछि हटाउन सक्ने छैन र मेरो यो निणर्यमा म अडिग रहुँ भनेर निरन्तर प्रार्थना गरिरहन्छु ।


नोटः यो लेखRenewal Journal मा प्रकाशित रिपोर्ट को आधारमा तय गरिएको हो।