सियोन पर्वत – इसाई विश्वासमा ठूलो ठाउँ ओगटेको ठाउँ || Nepali Christian Magazine || History

 सियोन पर्वत – इसाई विश्वासमा ठूलो ठाउँ ओगटेको ठाउँ ( Mt. Zion - A place With importance place in Christian faith)


वर्तमान समयमा धेरै मानिसहरू प्राचिन येरूशलेम को पर्खाल बाहिर रहेको सियोन पर्वत लाई बाइबलमा भएको यसको महत्वको कारण हेर्न पुग्छन् । यस पर्वतलाई सर्वप्रथम २ शमूएल 5:7 मा यसरी उल्लेख छ: "तापनि दाऊदले सियोनको गढ़ी, दाऊदको सहर लिइहाले। " यस पद अनुसार येरूशलेमलाई सियोनको गढी भनेर पनि चिनिन्थ्यो । दाउदले येरूशलेमलाई जित्नु भन्दा अघि देखिनै यस ठाउँ महत्वपूर्ण थियो। यस पर्वतलाई पहिले मोरिया को नाउले चिनिन्थ्यो तर पहिलो मोरिया पर्वतमा पहिलो मन्दिर बने पछि यसलाई परमेश्वरको नाउ सँग जोडेर सियोन पर्वत बोलाउन थालिएको हो। वर्तमान समयमा येरूशलेमको दक्षिण पट्टिको पर्वतलाई सियोनको नाउले चिनिए पनि बाइबलको समयमा येरूशलेम लाई घेरेर राखेको यस पहाड सृखंला सवैलाई सियोन भनिन्थ्यो र परमेश्वरको मन्दिर पनि यहि पहाड मा पर्दथ्यो । यो पहाड सृखंला मा धेरै महत्वपूर्ण घटनाहरू घटेका छन् ।

अब्राहमले आफ्नो छोरा इसाहकलाई वलिचढाउन लगेको पवत मोरिया खण्ड हो जुन दाउदको येरूशलेम माथिको विजय पछि सियोनको नामले चिनिन लाग्यो (उत्पत्ति 22:1 – 24) । याकूबले सपनामा भर्‍याङ्ग देखेको पनि यहि पर्वतमा हो (उत्पत्ति 28:11 ff.) । आफ्नो पापको प्रायश्चित्त गर्न यबूसीको खला किनेको ठाउ पनि यहि मोरिया पवतमा पर्दछ जहाँ पछि सोलोमोनले परमेश्वरको मन्दिर बनाएका थिए ( 1 इतिहास 21:14-18 र 2 इतिहास 3:1)।

हाम्रो विश्वासमा सियोनको महत्व इतिहासमा मात्र नभएर परमेश्वरको दोस्रो आगमनमा अर्थात् अन्त्यको समयमा पनि राख्दछ ।

योएल 2:32 परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्‍नु भए अनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।”

यशैया 2:2 पछिल्‍ला दिनमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्‍दा मुख्‍य रूपमा स्‍थापना हुनेछ। डाँड़ाहरूभन्‍दा माथि त्‍यो उच्‍च उठाइनेछ, र सबै जातिहरू त्‍यहीँ ओइरिएर आउनेछन्‌।

हिब्रू 12:22 तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्‍वरको सहर, स्‍वर्गीय यरूशलेममा, र असंख्‍य स्‍वर्गदूतहरूको आनन्‍द-उत्‍सवमा आएका छौ।

मीका 4:7 लङ्गड़ाहरूलाई एउटा बाँकी भाग र टाढ़ा खेदिएकाहरूलाई एउटा सामर्थी जाति बनाउनेछु। परमप्रभुले तिनीहरूमाथि सियोन पर्वतमा त्यस दिनदेखि उसो सदासर्वदै राज्य गर्नुहुनेछ।

यशैया 35:10 अनि परमप्रभुले मोल तिरेर छुटकारा दिनुभएकाहरू फर्केर आउनेछन्‌। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्‌। सदासर्वदाको आनन्‍द तिनीहरूका शिरको मुकुट हुनेछ। तिनीहरूले रमाहट र आनन्‍द प्राप्‍त गर्नेछन्, र शोक र सुस्‍केरा दूर हुनेछन्‌।

यि पदहरूलाई विचार गर्दा बाइबलमा सियोन एक पर्वतको मात्र नाम नभएर परमेश्वरले ल्याउनुहुने राज्य; स्वर्ग; हामीले प्राप्त मुक्ति आदि धेरै कुरा प्रतिनिधित्व गर्छ । त्यसैले सियोन पर्वत इसाई विश्वास मा ठूलो ठाउ ओगटेको ठाँउ हो ।