अञ्जिर बहुउपयोगी वाइबलिए चित्रण - Fig Tree In the Bible

अञ्जिर बहुउपयोगी वाइबलिए चित्रण 

बाइबलम धेरै फलहरू उल्लेख गरिएको भएता पनि नेभारा अञ्जिर ) जसलाई अंग्रेजी मा Fig भनिन्छ धेरै नै उल्लेख भएको पाइन्छ । यस लेखमा सोहि फल तथा रुखलाई गहिरिएर बुझने प्रयास गरिनेछ ।

नेभारा (अञ्ज्जिर) को रुख ले इस्राएल देश कै प्रतिनिधित्व गरेको पाइन्छ । बाइबलमा धेरै पटक इस्राएल अशिषित हुँदा नेभाराको रुखलाई चित्रण गरिएको देखिन्छ ।

होशे 9:10 “मैले इस्राएललाई पाउनुचाहिँ उजाड़-स्‍थानमा दाख पाउनु बराबर थियो। मैले तिमीहरूका पिता-पुर्खालाई देख्‍नुचाहिँ नेभाराका अगौटे फल देख्‍नु बराबर थियो।

१ राजाहरू 4:25 सोलोमनको जीवनकालभरि नै दानदेखि बेर्शेबासम्‍मै यहूदा र इस्राएल शान्‍तिसित रहन्‍थे, हरेक मानिस आ-आफ्‍नै दाख र नेभाराको बोटमुनि सुरक्षितसाथ रहन्‍थ्‍यो।



यस पदमा परमेश्वरले इस्राएललाई देख्दाको खुशी इस्राएल लाई देख्दाको खुशी जस्तो थियो भन्नुहुन्छ । त्यस्तै इस्राएल शान्ति र सुखमा रहुनु नेभारोको बोटमुनि रहनु भनेर उल्लेख भएको हुँदा यसरी नेभारो तथा अञ्जिरलाई आसिसित हुने कुराको चिन्हको रूपमा प्रयोग गरिएको पाउँछौं।

अन्य धेरै पदहरूमा अञ्जिरको फललाई इस्राएल सगै तुलना गरिएको पनि पाइन्छ। यर्मियाले देखेको दर्शनमा असल र खराब इस्राएलिहरूलाई असल र खराब अञ्जिरको फल संग तुलना गरिएको देखिन्छ । त्यस्तै योएल अगमवकाद्वारा दिइएको वचन मा मानिसहरुको अवस्थालाई नेभाराको अवस्था संग दाजिएको पाउँछौं।त्यसैले अञ्जिर एक प्रकार ले इस्राएलको आत्मिकी तथा भौतिक स्वथता जाँच्ने तौल जस्तै भएको छ ।

यर्मिया 24:3 तब परमप्रभुले मलाई सोध्‍नुभयो, “ए यर्मिया, तँ के देख्‍तछस्‌?” मैले जवाफ दिएँ, “अञ्‍जीरहरू, राम्राहरूचाहिँ साह्रै राम्रा, र नराम्राहरू यति नराम्रा कि ती खान लायकका पनि छैनन्‌।”

योएल 1:12  दाखको बोट ओइलायो, नेभाराको बोट सुक्‍यो। अनार, खजूर र स्‍याउको बोट, अर्थात्‌ खेतका सबै रूखहरू ओइलाएका छन्‌। निश्‍चय नै मानिस-जातिका सन्‍तानको आनन्‍द सुकिगएको छ।

नयाँ करारको समयमा अज्जिरको रुखलाई लिएर समयको पहिचान गर्नुपर्ने शिक्षालाई येशूले सिकाउनु भएको छ। त्यस्तै प्रकाशको पुस्तकमा अन्त्यको समयमा हुने घटनालाई बुझाउन पनि अञ्जीरको रूखको प्रयोग भएको छ। यहाँ उल्लेख गरीएको बाहेक पनि अञ्जिरको रुखहरू बाइबलमा धेरै अर्थमा विभिन्न कुराको चित्रण गरेर उल्लेख गरिएको देख्दछौं। 

मत्ती 21:19 बाटोको किनारमा उहाँले एउटा अञ्‍जीरको बोट देख्‍नुभयो। उहाँ त्‍यस बोटको छेउमा आउनुभयो, तर त्‍यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्‍यसलाई भन्‍नुभयो, “अब उप्रान्‍त तँमा कहिल्‍यै फल नफलोस्‌” र त्‍यो अञ्‍जीरको रूख तुरुन्‍तै ओइलाइहाल्‍यो।

प्रकाश 6:13 अनि अञ्‍जीरको रूखलाई बतासले हल्‍लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्‍वीमा खसे।

त्यस्तै बाइबलका केहि खण्डहरूमा देखाइएको भागहरूलाई हेर्दा अज्जरको रुखले बाइबलमा परमेश्वरको वचन बुझाउन प्रयोग भएको देखिन्छ।  

आसिसको स्वरूपमा अञ्जिर

हबकूक 3:17‭-‬18 चाहे अञ्‍जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फलचाहे अञ्‍जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्‍न नउब्‍जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्‍तुहरू रहेनन्‌ भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु।

दवाइको रूपमा अञ्जिर

यशैया 38:21 यशैयाले यसो भनेका थिए, “नेभाराको लेप बनाएर हिजकियाको पिलोमा लगाइदेओ, र तिनी निको हुनेछन्‌।”

परमेश्वरको प्रतिज्ञाको सुन्दरताको उदाहरणको रूपमा अञ्जिर

व्यवस्था 8:7‭-‬9 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्‍यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्‍छन्‌। त्‍यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। त्‍यस देशमा तिमीहरूलाई अन्‍नको अभाव हुनेछैन। त्‍यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्‍यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्‍यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्‍नेछौ।