प्रेरणात्मक कथा - बुद्धिमान् मानिसको सल्लाह- A Inspirational Story

 बुद्धिमान् मानिसको सल्लाह



धन्‍य हो त्‍यो मानिस जसले बुद्धि प्राप्‍त गर्छ, र समझशक्ति हासिल गर्छ, हितोपदेश 3:13 

एक जना साधु कहाँ मानिसहरू विभिन्न खालका समस्याहरू लिएर सल्लाह माग्न जाने गर्थे । तर केही समय पछि उक्त साधुले के चाल पाए त भने सबै मानिसहरू एउटै प्रकारको समस्यालाई लिएर सधै उनि कहाँ धाइरहेका छन्।

उनले मानिसहरूलाई भेला गराएर एउटा रमाइलो चुट्किला सुनाएछन्।

त्यहाँ उपस्थित सबै जना बेजोड सँग हाँस्न थाले । 

भोलि पल्ट पनि तिनै मानिसहरूलाई भेला गरेर साधुले त्यही चुट्किला सुनाएछन् तर त्यस बेला केही थोरे मानिसहरूमात्र अलि अलि हाँसेछन् ।

साधुले तेस्रो दिन मा पनि ती मानिसलाई जम्मा गरेर त्यही चुट्किला सुनाएछन् तर तेस्रो पटक सुन्दा कोही पनि साधुको चुट्किलामा हाँसेनन् ।

साधुले त्यस वेला मानिसहरूलाई यसरी भनेछन्

तिमिहरू एउटै चुट्किलामा घरी घरी हाँस्न सक्दैनौ भने एउटै समस्यामा कि सधैँ रुने गर्छौ ?


हामी पनि समस्यालाई लिएर दुखी नभई परमेश्वरमा विश्वास गरी निश्चिन्त रहौं ।

"यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”मत्ती 6:34