येशूले बोल्नु भएको भाषा : आरामाइक Jesus ' Language



हामीलाई येशूले संसारमा हुँदा येहुदीहरूको भाषा हिब्रुमा बोलिचालि गर्नु भयो भन्ने लाग्न सक्छ तर येशूको समयमा इस्राएलमा आरामाइक भाषा प्रयोग हुन्थ्यो र येशूले पनि यहि भाषा बोल्नु भएको थियो। आरामाइक भाषा कहिले कहाँ बाट सुरु भयो भन्ने निश्चित नभएपनि 820 ई.पू. देखी का आरामाइकमा लेखिएको अभिलेखहरू पाइन्छ । बाइबलमा पनि विशेषगरी दानिएल इजकिएल का केहि अध्यायहरू आरामाइकमा लेखिएका हुन्। यो प्राचिन भाषा धेरै तरिकामा पुरानो करार लेखिएको हिब्रू भाषा संग मिल्दछ

धेरै येहूदी विश्वास सम्बन्धि लेखिएका पुस्तकहरू आरामाइकमा लेखिएको कारण येहुदी विद्वानहरुले यस भाषालाई धेरै महत्वले हेर्ने गर्दछन्। लामो समयसम्म इस्राएलीहरू बेविलोनको प्रवासमा भएको वेला आरामाइक भाषा बोलिवचनको भाषा थियो। प्रवासबाट फर्के पछि पनि येहुदीहरूले निरन्तर रुपमा आरामाइक नै प्रयोग गर्न थाले र येशूको पाला सम्म आरामाइकमा बोलिन्थ्यो। येशूले आरामाइकमा नै बोल्नु भएको थियो भन्ने प्रमाण नया करारमा समावेस गरीएका अरामाइक शब्दहरू बाट देख्छौं । नयाँ करार ग्रीक भाषामा लेखिएको भएता पनि कति आरमाइक शब्दहरू लाई नै समेटिएको छ जस्तो आमेन शब्द आरामाइक शब्द हो । त्यस्तै येशूले क्रुसबाट बोलनु भएको “इलोई, इलोई, लामा सबखथनी?”(मत्ती 27:46 ) पनि अरामाइक भाषा हो जसको अर्थ हो- “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?” त्यस्तै ग्रीकमा लेखिएको अब्बा (पिता) शब्द पनि आरामाइक शब्द होI 

पहिलो शताब्दिमा येहुदीहरुले बोलि चालिमा आरामाइक प्रयोग गरेपनि लेखनको कार्यमा हिब्रु भाषा नै प्रयोग गरेको प्रमाणहरू पाउँछौं। पछि इ. सं. 100 तिर औउदा येहुदीहरूले हिब्रु भाषालाई लेख्दा पनि आरमाइक अक्षरहरू प्रयोग गर्न थाले। त्यसैले पुरानो करार लेखिएको हिब्रु भाषा र इ.सं. 100पछिको हिब्रु लेखनमा धेरै भिन्नता पाउँछौं। येशूको समय अघि नै पुरानो करार आरामाइकमा उल्था गरिएको थियो र यस आरामाइक बाइबललाई Targums टार्गमस् भनिन्थ्यो जसले पहिलो शताब्दिका येहुदी को आत्मिकी जीवनमा ठूलो भुमिका खेलेको थियो। यसरी येशूले र उहौका चेलाहरूले आरामाइकमा बोल्नु भयो तर पछि चेलाहरुले ग्रिक भाषामा नया करारका पुस्तकहरू ग्रीकमा लेख्दा उ होका वाक्यहरूलाई ग्रीकमा उल्था गरेर लेखेका थिए।