साँचो राजा (True King)- शिक्षा मुलक कथा

 साँचो राजा (True King)


फारसका राजाले बिरबलको बारेमा धेरै कुरा सुनेछन् । बिरबल एक बुद्धिमान् मानिस हुन, उनले धेरै गाह्रो मुद्दाहरूलाई सजिलै सुल्टाउने सक्छन्, उनलाई कसैले पनि झुक्याउन सक्दैन आदि । राजाले बिरबलसँग भेट गर्ने ठूलो इच्छा गरेछन् र उनलाइ आफ्नो दरबारमा आउन निम्तो दिए छन् । फारसका राजाको निम्तो इन्कार गर्न नसकेर बिरबल पनि राजालाई भेट गर्न भनि फारस देश तिर लागेछन् ।

उता राजा पनि बिरबल आउँदै छन् भन्ने जानेर, बिरबलको चलाखीलाई कसरी जाँच गर्ने भनि तयारी गरेछन् । बिरबल दरबारमा पुगेर राजालाई भेट चढाउन अघि बढेछन् । तर उनी अचम्ममा परेछन् । त्यहाँ त उस्तै राज पहिरन लगाएका छ वटा सिंहासनमा छ जना राजाहरू बसिरहेका रहेछन् । बिरबललाई सहि राजा छुट्याउन गाह्रो परेछ र उनी गलत राजालाई आफ्नो मान दिन चाहँदैन थे । एकै छिन सबै राजाहरू तिर हेरेर उनी एक राजा तर्फ गएछन्  र भनेछन् महाराज म हजुरको निम्तो पाएर यहाँ दर्शन गर्न आएको छु ।

बिरबलले यसरी आफुँनै साँचो राजाहुँ भन्ने चिनेको देखेर दंग परेर सोधेछन्, तिमीले मलाइ कसरी चिन्यौ ।

बिरबलले भनेछन् तपाइले अरूको वास्था नगरी अघि हेरिरहनु भएको थियो, तर नक्कलि राजाहरूले तपाइले के गर्नुहुन्छ भनेर तपाइ तर्फ नजरहरू लगाइरहेका थिए । राज पोसाक पहिरँदैमा र राजगद्दीमा बस्दैमा कोहि प्रजा त्यसै राजाहुँदैन ।

फारसका राजा यो सुनेर बिरबल सँग साह्रै खुसि भएछन् र उनलाइ धेरै सुन चाँदि सहित अमुल्य उपहारहरू दिएछन् ।

बाहिरि परिवर्तन वास्तविक परिवर्तन होइन, मानिस भित्रै देखी परिवर्तन भयो भने मात्र नयाँ हुन्छ। कति चोटि हामी बाहिरि रूपमा देखावटी परिवर्तनले नाटक गरिरहेका हुन्छौं । हृदय देखी नै जीवन परिवर्तनको बाटो रोजौं

रोमी 12:2

यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।


-बिरबलका कथाहरूबाट परिमार्जित