Luke 20:21-26 || राजाको कुरा राजालाई र परमेश्वरको कुरा परमेश्वरलाई समयमै देओ। || Bhojraj Bhatta ||

 Luke 20:21-26 || राजाको कुरा राजालाई र परमेश्वरको कुरा परमेश्वरलाई समयमै देओ। || Bhojraj Bhatta ||

Nepali Christian Sermon

Luke 20:21-26

21तिनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं ठीक बोल्‍नुहुन्‍छ र ठीक सिकाउनुहुन्‍छ, र कसैको पक्षपात गर्नुहुन्‍न, तर सत्‍यतासाथ परमेश्‍वरको मार्ग सिकाउनुहुन्‍छ। 22हामीले कैसरलाई कर तिर्नु उचित छ, कि छैन?”
23तर उहाँले तिनीहरूको कपट बुझेर तिनीहरूलाई भन्‍नुभयो, 24“मलाई एउटा सिक्‍का देखाओ। यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?”
तिनीहरूले भने, “कैसरको।”
25उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्‌ कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।”
26मानिसहरूका सामुन्‍ने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन्, र उहाँको जवाफमा तिनीहरू चकित भएर चूप रहे।