विश्वासमा तय गरीएको अब्राहमको लामो यात्रा (Abraham's journey) || Nepali Christian Magazine

अब्राहमको जीवन- विश्वासमा तय गरीएको लामो यात्रा... 

अब्राहमले आँफू कहाँ जान्छु भन्ने गन्तब्य पनि थाहा नपाइ परमेश्वरले दिनुभएको वचनमा विश्वास गरेर नै लगभग 2500 किलोमिटर आफ्नो परिवार सहित पैदल यात्रा तय गरेका थिए। त्यो यात्र उनले आफ्नो जीवनको बुढेसकालमा पुरा गरेका थिए।  परमेश्वरले दिन्छु भनेको देशमा उनले परमेश्वरको प्रतिज्ञालाइ विश्वास गरेकै भरमा गएर बसोवास गरेका थिए। उनको यात्रालाइ तलका पदहरू पढ्दै माथिको नक्सा सँग तुलना गर्दै विचार गराैं। परमेश्वरले हामीलाइ कहाँ सम्म लाँदै हुनुहुन्छ। 

प्रेरीत 2:2-5

2तिनले भने, “दाजुभाइ र बुबा हो, सुन्‍नुहोस्‌। महिमाका परमेश्‍वरले हाम्रा पितामह अब्राहामलाई तिनी हारानमा बस्‍न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो, 3र तिनलाई भन्‍नुभएको थियो, ‘तिमी आफ्‍नो देश र आफ्‍ना कुटुम्‍बबाट निस्‍केर, जुन देश म तिमीलाई देखाउँछु, त्‍यहाँ जाऊ।’
4“तब तिनी कल्‍दीहरूको देशबाट निस्‍केर हारानमा आएर बसे, र तिनका पिताको मृत्‍यु भएपछि परमेश्‍वरले तिनलाई त्‍यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्‍छ। 5तिनलाई त्‍यस ठाउँमा जायजात त परै जाओस्, पाइला राख्‍ने ठाउँसम्‍म पनि दिनुभएन। तर तिनको सन्‍तान नभए तापनि त्‍यो जायजात परमेश्‍वरले तिनका सन्‍तान-दरसन्‍तानलाई निजी सम्‍पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो।

उत्पत्ति 11:31-32

31तेरहले आफ्‍ना छोरा अब्राम र हारानको छोरो आफ्‍नो नाति लोत र अब्रामकी पत्‍नी आफ्‍नी बुहारी साराईलाई साथमा लिएर कल्‍दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्‍के। तर तिनीहरू हारानमा पुगेपछि त्‍यहीँ नै बसोबास गरे।
32तेरहको उमेर दुई सय पाँच वर्ष पुगेपछि उनी हारानमा मरे।

उत्पत्ती 12.1

परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश र तेरा कुटुम्‍ब तथा तेरा पिताका घरबाट निस्‍केर जुन देश म तँलाई देखाउँछु त्‍यहाँ जा।

उत्पत्ती 12.4

4यसैकारण परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्‍केर जाँदा अब्राम पचहत्तर वर्षका थिए।

उत्पत्ती 12.1

6अब्राम त्‍यस देशबाट भएर शकेममा भएको मोरेका फलाँटको रूख भएको ठाउँसम्‍म पुगे। त्‍यस बेला त्‍यस ठाउँमा कनानीहरू बस्‍थे। 

उत्पत्ती 12.8

8त्‍यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्‍नो पाल टाँगे। तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे।

उत्पत्ती 12.9

9अनि अब्राम अझै यात्रा गर्दै नेगेव भनिने दक्षिण देशतिर गए।

उत्पत्ती 12.10

10अनि त्‍यस देशमा अनिकाल पर्‍यो। अनिकाल तीव्र भएको हुनाले अब्राम मिश्रदेशमा प्रवास गर्नलाई गए।

उत्पत्ती 13.1

अब्राम, तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्‍लेर नेगेवमा आए। 

हिब्रू 11.8-10

8विश्‍वासद्वारा अब्राहामले आज्ञापालन गरे, र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउनेथिए, यद्यपि उनी कतातिर गइरहेका थिए, त्‍यो उनलाई थाहा थिएन।  9विश्‍वासैद्वारा उनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा इसहाक र याकूबजस्‍तै तम्‍बूहरूमा बसोबास गरेउनीहरू अब्राहामसँगसँगै उही प्रतिज्ञाका हकदार थिए।  10किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्‍वर नै हुनुहुन्‍छ।

परमेश्वरलाइ धन्यवाद होस् कि हाम्रो निम्ति परमेश्वरको प्रतिज्ञाको राज्यको यात्राबारे हामीलाइ थाहा भै सकेको छ। हामी परमेश्वरको राज्य स्वर्गमा जाँदैछाैं त्यसैले नहिच्किचाइ, परमेश्वरमा भरोसा राखेर आफ्नो आत्मिक यात्र तय गराैं ।