जस्टिन मर्टिर - दोस्रो सताब्दीको सहिद इसाई दर्शनशास्त्री A First Christian Philosopher of 2nd Century AD

 जस्टिन मर्टिर - दोस्रो सताब्दीको सहिद इसाई  दर्शनशास्त्री A First Christian Philosopher of 2nd Century AD



जब जस्टिन मार्टिर रोममा पक्राउ परे  उनलाई रोजीहरूको देवीदेवतालाई बलि चढाएर इसाई विश्वासलाई त्याग्न भनियो । जस्टिनको जवाफ थियो, " कोहि पनि सहि दिमाग भएको व्यक्तिले साँचो विश्वासलाई त्यागेर झुटो कुरालाई अगाल्न सक्दैन ।"

यति ठुलो विश्वास भएका जस्टिन रोममा गैर इसाई बावु आमाबाट सन् 100मा जन्मेका थिए । उनले जीवनको अर्थ जान्न सो बखतका दर्शनशास्त्र पढ्न थाले । तर उक्त अध्ययनवाट उनी ले सत्यता जान्नुको साटो झनै अलमलमा परे ।

उनको पहिलो शिक्षक स्टोइक दशानिक थिए जस्ले इश्वर माथी विश्वास गर्दैनथे नत सत्य जान्न इश्वरको खाँचो महशुस गर्थे । उनले अध्याय क्रममा संगीत गणीत, खगोल शास्त्र अध्ययन गरे । अन्त्यमा प्लेटोको देर्शन सास्त्र पनि पढे थि सवै पढाइले उनलाई तृप्त पार्न सकेन तर झनै ज्ञानको भोको बनाइरह्यो ।

सन् 130 तिर उनले एक वृद्ध मानिस संग संवाद गर्न पुगे र उनको जीवन फेरी कहिल्यै नफर्किने गरी परिवर्तन भयो । उनले प्रभुको बारेमा सुने पछि उनको हृदयमा एक प्रकारको बत्ती नै बल्यो । उनलाई थाहा भयो कि दर्शनशास्त्रले मात्र मानिसलाई सत्यतामा डोऱ्याउन सक्दैन ।

प्रभुलाई विश्वास गरेपछि पनि उनले दर्शन शास्त्रलाई पूर्णरूमा त्यागेनन् तर इशाई विश्वासलाई र्तक पूर्ण बनाउने प्रयत्न गरे । उनि एफिसस मा गएर इशाइ विश्वास बारे सिक्न लागे । जस्टिन मार्टिर रोममा फर्केर उनले दुइवटा महत्वपूर्ण पुस्तकहरू लेखे। आफ्नो पुस्तकबाट इसाई विश्वासको वचावट गरेकाछन् ।

पहिलो फस्ट एपोलोजिया उनले रोमी सम्राट एन्टोनिनस पाइअस लाई सम्बोधन गरेर लेखेका हुन् । उक्त पुस्तकमा उनले रोमी सम्राटको सवैभन्दा असल जनता येशू चेलाहरू अर्थात इसाईहरु हुन भनि दाबि गरे।

 त्यस्तै दोस्रो एपोलोजिया 161मा सम्राट मार्कस अरेलिअसलाई सम्बोधन गरेर लेखेका हुन् । यस पुस्तकमा इसाई विश्वास मात्र तर्कपुर्ण र विश्वास गर्न योग्य भएको तर्क गरेका छन् ।

चार वर्ष पछि जस्टिन मार्टिर र उनका चेलहरू पक्राउ परेर मृत्यूदण्ड प्राप्त गरे । उनी शहिद भएकैले उनको थर नै मर्टिर जस्को अर्थ सहिद हो राखियो । किनकी उनले इशाई विश्वास जुन साँचो देशनशास्त्र हो त्यसैको लागी आफ्नो ज्यान दिए ।