Luke 10:25-37 || असल सामरी: सिद्ध ख्रीष्टियनको चित्र। || Bhojraj Bhatta ||

Luke 10:25-37 || असल सामरी: सिद्ध ख्रीष्टियनको चित्र। || Bhojraj Bhatta ||

Nepali Christian Sermon


 

Luke 10:25-37

25व्‍यवस्‍थाका एक जना पण्‍डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्‍न गरे, “गुरुज्‍यू, अनन्‍त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” 
26उहाँले तिनलाई भन्‍नुभयो, “व्‍यवस्‍थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?”
27तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।” 
28उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्‍यसै गर, र तिमी जिउनेछौ।” 
29तर तिनले आफूलाई धार्मिक देखाउने इच्‍छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”
30येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए। 31संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो। 32त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। 33तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।  34र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो। 35भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37तिनले भने, “त्‍यस मानिसमाथि दया देखाउनेचाहिँ।”
तब येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यसै गर।”