Billy Graham: विल्ली ग्राहम आत्मिक उचाइमा रहनुभएको एक व्यक्तित्व

Billy Graham: विल्ली ग्राहम आत्मिक उचाइमा रहनुभएको एक व्यक्तित्व

विल्ली ग्राहम र उहाँको श्रीमती रुथ ग्राहम (1982)
This photo is linked from: memorial.billygraham.org

कतै पुस्तकमा पढेर होस या पास्टरले वचनमा उदाहरणमा ल्याएर, या कुनै इसाई पत्रपत्रिकामा हेरेर कुनै न कुनै तरिकारले हामी नेपाली विश्वासीहरुले विल्ली ग्राहमको नाम सुनेको छौं। विल्ली ग्राहम २० सौं सताब्धीको सबै भन्दा प्रभावकारी इसाई अगुवाको रुपमा चिनिनु हुन्छ । 2018 फेब्रुअरी 21 मा उहाँ प्रभुकहाँ जानु भए पछि हामी प्रतक्ष रुपमा उहांबाट सुन्ने र आसिस पाउने मौकाबाट त बञ्चित छौं । तर उहाँको जीवन, सेवाकाई र शिक्षाले दिनु भएको योगदान र त्यसको फल इसाई जगतमा सताब्दिऔ सम्म रहिरहनेछ । यसलेखमा छोटकरीमा विल्ली ग्राहमको जीवन को वारेमा हेर्नेछौं ताकि हामीले पनि आफ्नो जीवनको लागि उत्साह र उर्जा प्राप्त गर्न सकेका हौं।

विल्ली ग्राहमको जन्म नोभेम्वर ७, १९१प्‍ मा सारलोट शहर नजिकै अनक बाबा विलियम फ्रयङकलीन ग्राहम र आमा मरो कफि ग्राहम को चार सन्तान मध्ये जेठो छोराको रुपमा जन्मनु भयो। उनको परिवार इसाई भएता पनि सानो छदाँ आत्मिकी रूपमा त्यति जल्दो बल्दो हुनुहुन्थेन । उहाँ १६ वर्षको भएपछि मात्र एउटा जागृति सभा पछि प्रभुलाई जीवन निम्त्याउने निर्णय गर्नुभयो । त्यसपछि उहाँमा मुक्तिको निश्चयता यति ठुलो वढ्यो कि उहाले घर फर्कने बेला आफ्नो मित्रलाई भन्नु भयो, " मैले मुक्ति पाइसकें अव मैले मान्छे मारें भने पनि प्रभुले मलाई छोड्नु हुन्न।" विल्ली ग्राहमले एक कटरवादी ववजोन्स कलेज जोइन गर्नुभयो र पछि फ्लोरीडा बाइबल कलेज अध्ययन गर्नुभयो । र पछि प्रतिष्ठित विटन कलेज पनि जानुभयो जहाँ उहा को जीवन साथी रूथ वेल संग भेट भयो। त्यति नै वेला एक रात इभिनिङ्ग वाक गरीरहेको अवस्थामा परमेश्वरले विल्ली ग्राहमलाई सेवाकाई को बोलावट दिनुभयो ।

१९४३ मा आफ्नो विवाह पश्च्यात विल्ली ग्राहमले सिकागो शहरको एउटा व्याप्तिष्ट मण्डलीमा पास्टर को रुपमा सेवाकाई सुरु गर्नुभयो। त्यहि वर्ष विल्ली ग्राहमले सिकागो रेडियो कार्यक्रमबाट वचन प्रसारण सुरु गर्नुभयो। उहाँको प्रचार र प्रचार शैलिल धेरै मानिसहरु आशिसित भए। १९४० दसक को विच तिर विल्ली ग्राहम जवानहरूको जागृति कार्यक्रमहरुमा प्रमुख वक्ता हुनु भयो । तत्कालीन समाचार पत्रहरूले विल्ली ग्राहम को कायक्रमको विज्ञापन गर्नुका साथै उहाँको वचनलाई मुख्य समाचारको रुपमा राख्न थाले जसको कारण उहाँका ख्याती ले निकै ठुलो उचाई प्राप्त गऱ्यो ।

१९५७ देखी विल्ली ग्राहमले Crusade for Christ भन्ने ऱ्यालीहरु आयोजना गर्नु भयो । त्यस्तै १६ हप्ता सम्म न्यू-योर्कमा चलेको एउट ऱ्यालीमा २० लाख मानिसहरु सहभागी भएका थिए। उहाँका यस्ता आत्मक आमसभा रुपका न ऱ्याली हरु अमेरीका मा मात्र सिमित नभई अन्तराष्ट्रिय रुपमा सुरु भए । लण्डन, वेष्ट जर्मनी, जस्ता ठाँउमा उहाले बाँडेको वचन यूरोपका धेरै देशहरूमा लाइभ प्रसारण भए । विल्ली ग्राहमले 185 देश तथा भुभागमा ४१७ वटा ऱ्याली गर्नु भयो । अमेरीका यूरोप लगाएत ब्राजिल, जपान, कोरिया भारत देशहरूमा पनि वचनको सेवाकाई गर्नुभयो र लाखौं मानिसलाई प्रभुमा डोऱ्याउनु भयो।

१९७३ मा कोरियामा भएको विल्ली ग्राहमको ऱ्याली
This photo is linked from: memorial.billygraham.org

विल्ली ग्राहमको प्रभाव यति ठुलो थियो कि राजनितिक रुपमा पनि उहालाई साथ लान प्रयास भयो । धेरै अमेरीकी राष्ट्रपति हरुले प्राथना कोलागी सल्लाह सुझाव को लागी विल्ली ग्राहमको साथ लिन्थे । उहाँले आफ्नो जीवन कालमा ३० वटा पुस्तक हरु लेख्नु भएको छ । विल्ली ग्राहमले आफ्नो वायो ग्राफीमा लेख्नु भएको छ कि जव उहाँ स्वर्ग जानु हुन्छ उहाले परमेश्वर संग सोध्नु हुनेछ कि, "परमेश्वर, तपाईले मलाई किन छान्नु भयो ?"

विल्ली ग्राहमको विरोध गर्ने हरु पनि नभएका होइनन् तर उहाले कसैको वास्ता नगरी आफ्नो बोलावट अनुसार सँधै अघि वढ्नु भयो । वास्तवमा भन्ने हो भने परमेश्वरले अघि बढाउनु भयो । उहाँको जीवन, सेवाकाई लाई हामीले अनुसरण गरौं भनेर परमेश्वरले एक नयाँ उचाई मा पुऱ्याउनु भएको छ ।


नोटः यस लेखलाई https://memorial.billygraham.org/ तथा  New York Times माFeb. 21, 2018 मा प्रकासित Billy Graham, 99, Dies; Pastor Filled Stadiums and Counseled Presidents मा आधारीत बनाएर लेखिएको हो।