क्रुसबाट येशूले बोल्नु भएको सात वाक्यहरु - र त्यसको अर्थ 7 Last words of Jesus on the Cross

क्रुसबाट येशूले बोल्नु भएको सात वाक्यहरु - र त्यसको अर्थ

Last Saying of Jesus | Jesus on the Cross

चारवटै सुसमाचार का पुस्तकले येशूको क्रुसमा बोलिएका वाक्यहरूलाई उल्लेख गरेका छन । येशूलाई क्रुसमा टांगिने काम विहान लगभग 9 वजेदेखी सुरु भयो भने 3 बजेसम्म भएको थाहा हुन्छ। उहाँको मृत्यू अघि सवै ठाँउ अध्यारो भएको हामी पाउँछौं । तिन वाक्यहरू अगाडीको तिन घण्टाको विचमा उज्यालो हुँदै बोलिएको थिए जसमा येशूले अरुको लागि वोल्नु भएको छ । पछिका चार वाक्यहरू आफ्नो बाारेमा वोल्नु भयो। येशूले क्रुसमा वोलेका वाक्यहरू प्राय जसो धर्मशास्त्रलाई नै दोहोर्याउनु भएको पाउँछौं ।

लूका 23:34 

अनि येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन्‌ सो जान्‍दैनन्‌।” अनि तिनीहरूले उहाँको वस्‍त्र भाग गरेर चिट्ठा हाले

यो पदमा येशूले आफूलाई मृत्यूदण्ड दिनेहरूको निम्ती परमेश्वरसँग गर्नुभएको प्रार्थना हो । उहाले तिनिहरूको लागि क्षमा माग्नु भएको छ यसरी प्रभुले पापीको पाप क्षमा गर्नु मर्नु हुनेछ भन्ने यशैया 53:12 लाई पुरागर्नु भयो।


लूका 23:43 

उहाँले त्‍यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, आजै तिमी मसित स्‍वर्गलोकमा हुनेछौ।”

यो दोस्रो बाक्य येशूले आफैसँग क्रुसमा टाँगिएर मृत्यू पाइरहेको सहयात्रीको निम्ती बोल्नु भयो र जसको विश्वास र स्विकार अनुसार उसलाई मुक्तिको प्रतिज्ञा गर्नु भयो। प्रभुयेशूलाई स्विकार गर्ने जो कोहीलाई पनि स्वर्गको राज्य उपलब्ध भएको यर्थात देखाउनु भयो।


यूहन्‍ना 19:26‭-‬27

जब येशूले आफ्‍नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्‍नुभयो, तब उहाँले आफ्‍नी आमालाई भन्‍नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो!” तब त्‍यस चेलालाई पनि उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्‍यस बेलादेखि त्‍यस चेलाले उनलाई आफ्‍नै घरमा लगे।

यस तेस्रो वाक्यमा येशूले आफ्नी आमाको लागि वोल्नु भयो र आमा लाई गर्नुभएको प्रेम , वास्ता, देखाउनु भयो र चेला यूहन्नाको जिम्मा लगाउनु भयो। यशूले वावु आमालाई आदर गर्नु भन्ने आज्ञालाई पुरागर्नु भएको देखिन्छ (प्रस्थान 20:12)।


यस पछिका चार वाक्यहरू येशूले आफैमा केन्द्रित गर्नुभएको छ । यि वाक्यहरू द्वारा मानिस जातिको पापको भार वोक्न उहाँले भोग्नु भएको यर्थात झल्किदछ ।

मत्ती 27:46

तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”

यो चौंथो वाक्य द्वारा येशूको त्यागिनु परेको पिडालाई पोख्नु भएको छ। यो आत्मिकी चित्कार थियो (भजन संग्रह 22:1 )।   


यूहन्‍ना 19:28 

यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्‍त्र पूरो होस्‌ भनी भन्‍नुभयो, “मलाई तिर्खा लाग्‍यो।”

शारिरीक र भौतिक रुपमा उहाँले पाउनु भएको दुःख यस पाचौं वाक्य मा व्यक्त भएको छ । यसबाट येशूले पाउनु भएको दुःख परकाल्पनिक वा देखावाट थिएन तर वास्तविक थियो भन्ने हामी जान्दछौं (भजन संग्रह 69:21 )। 


यूहन्‍ना 19:30 

जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्‍नुभयो, “अब सिद्धियो,” र उहाँले शिर निहुराएर आफ्‍नो आत्‍मा त्‍यागिदिनुभयो।

छैटौं वाक्यको रुपमा येशूले सद्धियो भनेर आफ्नो मानविय जिवनको मात्र कुरा गर्नु भएको होइन तर आफूले गर्नुपर्ने काम पुरा भयो भन्नु भएको हो (भजन संग्रह 22:31)।

लूका 23:46

उच्‍च सोरले कराएर येशूले भन्‍नुभयो, “हे पिता, म मेरो आत्‍मा तपाईंको हातमा सुम्‍पन्‍छु।” यति भनेर उहाँले आफ्‍नो प्राण त्‍यागिदिनुभयो।

क्रुसमा बोल्नु भएको अन्तिम वाक्य द्वारा येशूले आफूलाई पिताको हातमा सुम्पिनु भएको छ । यस वाक्यमा येशूको पिता सँगको घनिष्ट सम्बन्ध देखाउँदछ (भजन संग्रह 31:5)।