थरी थरीका क्रिश्चियनहरू कसरी बने? इसाईहरू को विभाजन कहिले र कहां भयो ?

विभिन्न इसाईहरू को विभाजन कहिले र कहां भयो? कति प्रकारका क्रिस्टियनहरू छन? के यति धेरै इसाईहरुको आवश्यकता छ ?


'अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्‌। तर तिमीहरू एकै मन र एकै विचारका होओ। '

१ कोरिन्थी 1:10मा पावलले गरेका यि आग्रह वर्तमान अवस्थामा प्रभुको मण्डलीले वास्ता नगरेको भेटिन्छ किन भने मण्डली एक नभइ विभिन्न टुक्रामा विभाजित अवस्थामा छ। यस लेखले मण्डलीमा आएको फूटलाइ छोटकरीमा चित्रण गर्ने प्रयास गरेको छ।

1. येहुदी धर्म र इसाई विश्वास एउटै हो ?

पुरानो करारको प्रतिज्ञा अनुसार प्रभु येशू यस संसारमा आउनुभयो । येशूको आगमन, काम साथै मृत्यु र पुनरुत्थान परमेश्वरले पुरानो करार मा गर्नु भएकै योजना अनुसार पुराभएको मानिन्छ । येशूको कार्यकालमा र सुरुमा मण्डलीको स्थापनाको समय सम्म इसाई विश्वास येहुदी विश्वास कै एक रुपमा स्थापना भयो । तर जब येशूको सुसमाचार गैर इसाईहरुमा सुनाइन थालियो जसको विश्वास को आधार येहुदी धर्म मा आधारीत नभई येशूको शिक्षा, जीवन र सेवाकाइ मा आधारीत भयो। विस्तारै येहुदी भन्दा गैर यहुदी विश्वासीहरूको संख्या वढि भयो । अनि सन् 66 को यहुदी विद्रोह र सन् 70मा येरूशलेमको मन्दिर ध्वस्त भए पछि येहुदी धर्मले छुटै मोड लिन पुग्‍यो । येहुदी धर्म अब पुरानो करारको व्यवस्था पालनमा आधारीत नभई धर्मशास्त्रको व्याख्यामा आधारीत भयो । यसरी येहुदीको र इसाईहरुको धर्मसास्त्रको व्याख्या फरक हुन थाल्यो र त्यस पछि नै येहुदी र इसाई छुट्टै विश्वासको रूपमा विकास भए।

2. ग्रिक अर्थोडक्स र रोमन क्याथोलिक चर्चको विभाजन :

सन् 312 मा रोमी सम्राटले आश्चर्य रुपमा इसाई विश्वासलाई अपनाए । त्यतिन्जेल सम्म इसाई विश्वासीहरू रोमी साम्राज्यमा धेरै तवरले सताइएका थिए । तर सम्राटले नै इसाई विश्वास स्विकारे पछि इसाईहरूको दुःखको मात्र अन्त्य भएन तर पुरै यूरोप माथिको विजयको सुरुवात भयो । त्यसै वेला विभिन्न इसाई शिद्धान्तको पनि विकास भयो : विश्वासको सार, त्रीएक परमेश्वरको शिक्षा, येशूको इश्वरत्वर मानवत्व वारेको शिक्षा आदि । तर यो समयलाई इसाई विश्वासमा राजनितीकरण सुरुहुन लाग्यो र धर्म र राजनितिक शक्तिको खिचातानि पनि हुन थाल्यो । जुनकुरा सन् 1054मा भएको ठुलो विभाजनमा परिणत भयो। पादरी र पुजाहारीले विवाह गर्न हुन्छ या हुंदैन , प्रभुभोजमा अखमरी रोटी लिनु हुन्छ या हुँदैन जस्ता धार्मिक विषयले ठुलो रूप लियो र त्यसवेलाका दुई ठुलाई इशाई केन्द्रहरू रोम र कन्स्टानटिनोपल विच मा दरार खडा भयो । एक अर्कालाई मण्डलीबाट निकासा गर्ने अस्विकार गर्ने काम शुरू भयो । यसरी प्रभुको मण्डलीमा पहिलो पटक पश्चिमी रोमी र पुर्वी ग्रिक भाषि इसाई समुदाय विच विभाजन भयो जुन आजको दिन सम्म पनि एकता र सहमतिमा आउन सकेको छैन । आज पश्चिमी इसाइलाई रोमन क्याथोलिक र पूर्वी लाई अर्थोडक्स् चर्च भनेर चिनिन्छ ।

3. प्रोटेस्टान्ट र क्याथोलिक विभाजन:

मण्डलीको महान विभाजन भएको लगभग 500 वर्ष पछि पश्चिमको मण्डलीमा अको विभाजन भयो जसलाई हामीले वर्तमान समयका क्याथोलिक र प्रोटेस्टान्ट क्रिश्चियन भनेर चिन्दछौं । तत्कालिन मण्डलीको अगुवापनमा धेरै नकरात्मक खराबी बढ्दै गएको थियो र यूरोपका धेरै प्रान्तहरूमा रोमको नियन्त्रणको विरुद्ध धारणा विकास हुँदै थियो । त्यति नै अवस्थामा मार्टिन लुथरले मण्डलीमा भएको खराबिको विरुद्ध विद्रोह सुरु गरे। उनको शिक्षा अनुसार धर्मको अधिकार भ्रस्ट पुजाहारीको हातमा नभई बाइबल धर्मसास्त्रमा हुनुपर्छ। यसरी उनको शिक्षा रोमको अधिकारको विरुद्ध देखियो र यूरोपका धेरै प्रान्तहरू (जर्मनी स्विटजरल्याण्ड आदी)ले यो नयाँ विचारलाई अंगाल्न पुगे जसलाई प्रोटेस्टान्ट भनिन्छ। कति राज्यहरू (फ्रान्स इटाली स्पेन आदिले पुरानै विचार अंगाले जसलाई क्याथोलिक मानिन्छ।

4. किन त्यहा धेरै प्रकारका प्रोटेस्टान्ट इसाईहरू छन्?

प्रोटेस्टान्ट र क्याथोलिक विचको विभाजन पछि क्याथोलिक संधैं झैं रोम (पोप ) को अगुवाई र नियन्त्रमणमा रह्यो जुन आज सम्म पनि कायम छ । तर प्रोटेस्टान्टहरु सुरुदेखी नै विभिन्न भुभागमा विभिन्न अगुवाहरु द्वारा विकास गरीयो, जस्तो जर्मनमा मार्टिन लुथर, स्विटजरल्याण्डमा जोन क्याल्भिन आदि । त्यसैरी नै अमेरीका पत्तालागे पछि धेरै प्रोटेस्तान्त समुदायहरू अमेरीका बसाई सर्न पुगे जहाँ इसाई विश्वासको विकासले नया रूप लिन थाल्यो र विभिन्न भागका इसाईहरुले केहि फरक रूपमा आफ्नो विश्वासलाई अघि बढाए ।

नेपालमा यसरी विभाजीत भएको विभिन्न ठाउका मिसनरीहरुले काम गर्न लागे जसको फल स्वरूप यि विभाजनको कुनै पनि भागमा सहभागि नभएता पनि हामीले नेपाली विश्वासी र चर्चहरू कति भिन्नता महसुस गर्नु परेको छ । प्रार्थना गरौं हामी नेपाली विश्वासीलाई पवित्र आत्माले एक भएर उहाँको राज्य को लागि अघि बढ्न सहायता गर्नुहुनेछ ।


Read More