शिलोआमको तलाउ- पूरातात्विक अनुसन्धानले सुल्झाएको को रहस्य

 शिलोआमको तलाउ- पूरातात्विक अनुसन्धानले सुल्झाएको को रहस्य



यी कुरा भनेर उहाँले भूइँमा थुक्‍नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्‍यसका आँखामा लगाइदिनुभयो। अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्‍यसले गएर पखाल्‍यो, र देख्‍ने भएर फर्क्‍यो। (यूहन्‍ना 9:6‭-‬7)

माथिको पदमा येशूले आफ्नो आश्चर्य काम गर्दा सिलोआम नामक तलाउको उल्लेख गर्नु भएको थियो । येशूले गर्नुभएको उक्त कामको स्मरणको लागि पाचौं सताब्दिमा विजान्टिन महारानि एउडिसियाले यरूशलेममा एउटा तलाउ र मण्डली बनाउन लगाइन् जुन येरूशलेम मा इसाईहरुको लागि एक पवित्र तिर्थ स्थलको रुपमा आज पनि चिनिन्छ। तर प्रभुले बताउनु भएको उक्त तलाउ जुन येरूशलेमको दोस्रो मन्दिर रहदाको समयमा नै थियो र त्यसको वास्तविक स्थान भने कसैलाई थाहा थिएन । तर सन् 2004 मा येरूशलेमको पानिको पाइपलाईनको मर्मत गर्ने क्रममा मन्दिर भएको डाँडाको दक्षिण पट्टी खन्ने क्रममा प्राचिन ढुंगाको सिडि फेला पर्‍यो । पुरातत्व अनुसन्धान कर्ता रोनि रिच र एलि शुक्रोन ले उक्त संरचना दोस्रो मन्दिरको समयको भन्ने थाहा गर्नु भयो । त्यसपछि अन्य उत्खनन् सुरुभयो र उहाँहरूले 225 फिट लामो तलाउ फेला पार्नुभयो । यसरी फेला परेको सिलोआमको तलाउ पूरानो दाउदको शहरको राजाको बगैंचा भन्ने स्थान नजिकै पर्दछ । पाँचौं सताब्दीमा यसै तलाउको सम्झनामा बनाइएको चर्चको भवन र तलाउको भग्नावशेष पनि अहिले पता लागेको बास्तविक तलाउको स्थानको उत्तरपूर्व दिशामा नजिकै रहेको छ । 

सिलोआमको तलाउ एक मानव निर्मित तलाउ थियो जहाँ येरूशलेम को पर्खाल बाहिरको मुलको पानि भुमिगत कुलो द्वारा पानि ल्याइन्थ्यो । उक्त पानिको स्रोतको व्यवस्था हिजकिया राजाले गरेका थिए। उक्त तलाउ स्नान गर्न प्रयोग गरिन्थ्यो । त्यसैले नै होला येशूले अन्धोलाई चंगाई पार्न लगाइदिनु भएको हिलो पखाल्न त्यस तलाउमा पठाउनु भयो। यसरी वैज्ञानिक अध्ययन द्वारा बाइबलमा उल्लेखित तर रहस्यमा रहेका ठाउँहरुको बारेमा प्रस्ट हुँदा हाम्रो विश्वासमा अझ बल दिदछ । बाइबल धर्मशास्त्र अन्य साहित्य जस्तै मानिस ले कल्पना गरेर लेखिएको नभई बास्तविकतामा आधारीत भएर पवित्र आत्माको अगुवाईमा तयार भएको पुस्तक हो।