परमेश्वरका नाम तथा सम्बोधनहरू (Names of God in the Bible)

 परमेश्वरका नामहरू (Names of God)

परमेश्वर मानिस भन्दा उच्च, र उहाँलाई मानिसले जान्ने आधार उहाँकै प्रकाश भएको कारण मानिसले उहाँलाई कुनै नाम दिनु सुहाँउदो होइन तर पनि मानिसले परमेश्वरलाई विभिन्न नामहरूले पुकारा गर्ने गर्दछ। उचित नाम र शीर्षकले परमेश्वरलाई पुकार्नु गलत भने होइन। प्रभु येशूले आफ्ना चेलाहरूलाई परमेश्वरलाई पुकारा गर्न सिकाउने क्रममा यसरी भन्नु भन्नुभएको छ, तपाईको नाउँ पवित्र गरियोस्, (मत्ती 6.9)।  हाम्रो प्रार्थनामा परमेश्वरलाई पुकार्नु भनेको उहाँको गुणलाई मान्नु र आदर गरेको हो। बाइबल भित्रै परमेश्वरको गुण तथा कामहरूलाई वर्णन गर्ने विभिन्न नाम र शीर्षकहरूले परमेश्वरलाई सम्बोधन गरेको पाउँछौं। कतिपय परमेश्वरलाई गरिएका सम्बोधनहरू मानिसहरूको आफ्नो अनुभव र परमेश्वरसँगको सम्बन्धबाट तयार पारिएका हुन्।  

1.     एलोहिम (Elohim)

एलोहिम हिब्रू शब्द एल (El) बाट आएको एक बहुवचन शब्द हो। जसको पारम्भिक अर्थ बलियो हुनु हो (म सर्वशक्तिमान्‌ परमेश्वर हुँ उत्पत्ति 17.1)। नेपाली बाइबलमा यसलाई परमेश्वर भनेर उल्था गरिएको छ र यो नाम बाइबलमा दुई हजार भन्दा बढि पटक प्रयोग भएको छ। यस नामले परमेश्वर अरू मानिस भन्दा, अरूले विश्वास गरेको ईश्वर भन्दा फरक र माथि हुनुहुन्छ भनेर देखाउँछ (तर मिश्रीहरू त मानिसहरू हुन्‌ र परमेश्वर (एलोहिम) होइनन्‌ यशैया 31.3)

होसे 11.9 म मेरो प्रचण्ड रिस प्रयोग गर्नेछैन। म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैन। किनकी म परमेश्वर (एलोहिम) हुँ, मानिस होइनँ— तिमीहरूका बीचमा परम पवित्र। म क्रोधमा आउनेछैन। )

2.     एदोनाइ (Adonai)

एदोनाइ भन्ने शब्द प्रारम्भिकरूपमा प्रभु वा मालिक भन्ने एदोन (Adhon)भन्ने शब्दबाट आएको हो। यदोन नामले मालिक र नोकर बीचको सम्बन्धलाई देखाउँछ जसअनुसार परमेश्वर हाम्रो जीवन माथि भएको अधिकार गर्नुहुन्छ भन्ने अर्थ दिँदछ। यो नाम पुरानो नियममा ४४९ पटक प्रयोग भएको छ भने ३१५ पटक अर्को नाम याह्वे सँग जोडिएर सम्बोधन गरिएको छ।  एदोनाइ लाई सबका प्रभु (मालिक) वा सबै भन्दा श्रेष्ठ मालिक भन्ने अर्थमा बुझ्न सकिन्छ।  एदोनाइलाई नेपाली बाइबलमा परमप्रभु भनेर उल्था गरिएको छ।

व्यवस्था 10.17 किनकी परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका परमप्रभु (एदोनाइ), महान्‌ परमेश्वर, शक्तिशाली र भययोग्‍य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्‍न, र उहाँले कहिल्‍यै घूस लिनुहुन्‍न।

यहोशू 3.11 हेर, सारा पृथ्‍वीका परमप्रभु(एदोनाइ)का करारको सन्‍दूक तिमीहरूका अगिअगि यर्दनमा जानेछ

3.     यहोवे (Yehweh)

यहोवे नामले परमेश्वरले आफ्नो प्रजा इज्राएल सँग चिनिनु भएको, अब्राहाम सँग कारार बाँधनुभएको र इस्राएलीहरूलाई मिश्र देखी छुट्कारा दिनुभएको हो। एलोहिम र एदोनाइ अन्य संस्कृतिका मानिसहरूले पनि प्रयोग गरेको पाइन्छ भने, यहोवे इस्राएलीहरूलाई प्रकट गरिएको विशेष नाम हो। हिब्रू भाषाको चारवट अक्षर मिलेर बनेको यस नामलाई नेपाली बाइबलमा परमप्रभु भनेर उल्था गरिएको छ। यहोवे को अर्थ परमेश्वरले मोशाको सामु आफूलाई प्रकट गर्दा बोल्नु भए अनुसार जो हुनुहुन्छभन्ने बुझिन्छ।  पुरानो नियममा यो नाम 6,828 पटक प्रयोग गरिएको छ।

प्रस्थान 3.14 तब परमेश्वरले मोशालाई भन्‍नुभयो, म हुँ जो म हुँ।” (यहोवे) फेरि उहाँले भन्‍नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्‍नू, “म हुँ” (यहोवे) भन्‍नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।

4.     मिश्रित नामहरू


a.       एल सेदाइ- सर्वशक्तिमान् परमेश्वर भनेर उल्था गरिएको छ। यो नाम पहाड भन्ने शब्द सँग सम्बन्धित भएकोले परमेश्वरको बल र शक्तिलाई व्यक्त गर्दछ। (उत्पत्ति 17.1)

b.      एल एलियोन- सर्वोच्च परमेश्वर भनेर उल्था गरिएको छ। यस नामले परमेश्वरको सर्व श्रेष्ठतालाई व्यक्त गर्दछ। (उत्पत्ति 14.18-22)

c.       एल ओलाम- अनन्तका परमेश्वर भनेर उल्था गरिएको छ। यसले परमेश्वरको कहिल्यै परिवर्तन नहुने गुणलाई देखाउँछ। (उत्पत्ति 21.33, यशैया 40.28)

d.      यहोवे जिरे-जुटाउनुहुने परमप्रभु वा परमप्रभुले जुटाउनुहुन्छ (उत्पत्ति 22.14)

e.       यहोवे निशि- परमप्रभु मेरो झन्डा (प्रस्थान 17.15)

f.         यहोवे शालोम- परमप्रभु शान्ति हुनुहुन्छ (न्यायकर्ता 6.24)

g.       यहोवे सब्बाथ- सर्वशक्तिमान् परमप्रभु वा सेनाहरूका परमप्रभु (1शमुएल 1.3)

h.      यहोवे मक्काडेशेम- पवित्र पार्नुहुने परमेश्वर (प्रस्थान 31.13)

i.         यहोवे सिद्केनु- परमप्रभु हाम्रो धार्मिकता (यर्मिया 23.6)


5.     परमेश्वरलाई मानिसले दिएका अन्य शीर्षक र सम्बोधनहरू

 गुण र विशेषतालाई प्रयोग गरेर परमेश्वरलाइ गरिएको सम्वोधन

 सिंह (यशैया 31.4), 

चिल (व्यवस्था 32.11)  

थुमा(यशैया 53.7),  

माउ कुखुरा वा कुखुरी (मत्ती 23.37), 

सुर्य (भजन संग्रह 84.11), 

बिहानको तारा (प्रकाश 22.16) 

ज्योती (भजन संग्रह 27.1), 

उज्यालो (प्रकाश 21.23), 

आगो (हिब्रू 12.29), 

पानीको मूल (36.8-9), 

चट्टान (व्यवस्था 32.4), 

शरण स्थान (भजन संग्रह 119.114), 

धरहरा (हितोपदेश 18.10), 

छायाँ (भजन संग्रह 91.1), 

ढाल (भजन संग्रह 119.114),  

मन्दिर (प्रकाश 21.22) 

सम्बन्धहरूको प्रयोग गरेर परमेश्वरलाई  गरिएको सम्वोधन

परमेश्वर दुलाहा (यशैया 61.10), 

लोग्ने (यशैया 54.5), 

पिता (व्यवस्था 32.6), 

न्यायकर्ता र राजा (यशैया 33.22), 

योद्धा (प्रस्थान 15.3), 

निर्माण गर्ने मानिस (हिब्रू 11.10), 

गोठालो (भजन संग्रह 23.1), 

निको पार्ने वैद्य (प्रस्थान 15.26)

विभिन्न शारीरिक गुणहरूका आधारमा परमेश्वरको सम्बोधन 

 परमेश्वरको मुहार (प्रस्थान 33.20,23, यशैया 63.9, भजन संग्रह 16.11), 

आँखा (भजन संग्रह 11.4, हिब्रू 4.13), 

कान (भजन संग्रह 55.1, यशैया 59.1), 

नाक (व्यवस्था33.10) मुख (व्यवस्था 8.3), 

ठ (अय्युव 11.5), 

जिब्रो (यशैया 30.27) 

हात (प्रस्थान 15.16)