Bible  Study- हितोपदेशको पुस्तक




हितोपदेशको पुस्तकहरूको परिचयः

हिब्रु भाषामा यो पुस्तकको शिर्षक को अर्थ सोलोमोनका उपदेशहरू भन्ने हुन्छ । 
ग्रिकमा paroimai जसको अर्थ उस्तै हुनु भन्ने अर्थ राखेको हुन्छ ।
यस पुस्तकको सामाग्रि तुलना गर्न दिइएका वुद्धि वा ज्ञानले भरिएका उपदेशहरू हुन् । 

हितोपदेशको पुस्तकहरूको लेखकहरूः 

1. सोलोमोन – 

जसले तिनहजार भन्दा बढि  उपदेशको लेखन गरेका थिए, जो मध्य धेरै जसो हितो पदेशको पुस्तकमा पाइन्छ ।  

सोलोमोनको उपदेश 1.1-9.18, 10.1-22.16, 25.1-29.27 मा पाइन्छ ।  

1 राजा 4. 29- 32 

29परमेश्‍वरले सोलोमनलाई बुद्धि र अति अन्‍तर्दृष्‍टि र समुद्रको बालुवाजत्तिकै अनगिन्‍ती समझशक्ति दिनुभयो... 32तिनले तीन हजार हितोपदेश रचे, र तिनका गीतहरूको संख्‍या एक हजार पाँच वटा थियो। 

2. बुद्धिमानहरू – 

यि व्यक्तिहरू सोलोमोनको सल्लाहकारहरू हुनु पर्दछ । यिनहरूको उपदेश 22.17-24.22, 24.23-34  बुद्धिमान्‌का उखानहरूमा पाइन्छ 

1 राजा 12. 6 

तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म- गुरुहरूसित सल्‍लाह मागे । तिनले सोधे, “ यी मानिसहरूलाई मैले कस्‍तो जवाफ दिनुपर्ने हो? ”

3. अगूर  –

 यि व्यक्तिको हुन् भन्ने यकिन छैन यिनको उपदेश 30 .1 – 33 आगूरका नीतिवचन पाइन्छ हितोपदेशको 30. 1 1 याकेका छोरा आगूरका नीतिवचन — एक ईश्‍वरवाणी: यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्‌:

4. लेमुएल राजा  – 

उज भन्ने देशका राजा हुन् उनी इस्राएली त होइन्न तर साँचो परमेश्वरका विस्वासीहून् भन्ने जानिन्छ । 31 .1 – 9, 10 - 31 राजा लमूएलका   निति-वचन मा पाइन्छ । 

हितोपदेशको 31. 1 1राजा लमूएलका नीति-वचन, जो तिनकी आमाले सिकाएकी— एक ईश्‍वरवाणी:

हितोपदेशको पुस्तकहरूको लेखिएको समयः

यस पुस्तक भित्रका कुराहरू पहिले नै लेखिएता पनि यस पुस्तक मा समावेस गरीएका उपदेशहरू वन्दिबाट फर्के पछि संग्रह गरेर पुस्तकको रूपमा तयार गरिएको हुनु पर्दछ । इस्राएल देश भन्ने उल्लेख नगरिएको, कारणले यि पुस्तक देश नभएको अवस्थामा राजनितिक उपदेश भन्दा व्यक्तिगत नैतिकता बढि सिकाउँदछन। 


हितोपदेशको पुस्तकहरूको उद्देश्यः  

1.  परमेश्वरको डर भएको जीवनमा मानिसहरूलाइ डोर्याउन । 

2.  असल बुद्धि ज्ञानको  पहिचान गराउन 

3. परमेश्वरको इच्छा अनुसारको जीवनमा मानिसलाइ डोर्याउन

4. धार्मिक र सांसारिक कुरा विचको भिन्नतालाइ मेटाउन, सबै कुरा परमेश्वरलाइ सरोकार छन् । 

मुख्य पदहरू

1.7 परमप्रभुको भय नै ज्ञानको सुरु हो,  तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ। 2.6 किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌। 15.16होहल्‍लाको साथ प्रशस्‍तै धन हुनुभन्‍दा थोरै धनसित परमप्रभुको भय राख्‍नु उत्तम हो।

24. 3-5 बुद्धिले घर बनाइन्‍छ, र सुझबुझले त्‍यो स्‍थापित हुन्‍छ, 4ज्ञानद्वारा यसका कोठाहरू अति उत्‍कृष्‍ट र सुन्‍दर थोकहरूले भरिभराउ हुन्‍छन्‌। 5बुद्धिमान्‌ मानिसको शक्ति महान्‌ हुन्‍छ, र ज्ञानी मानिसको सामर्थ्‍य बढ्‌छ। 10. 29 परमप्रभुको मार्ग धर्मीहरूका निम्‍ति एक शरणस्‍थान हो, तर दुष्‍ट काम गर्नेहरूका निम्‍ति विध्‍वंस हो। 27.17 फलामले फलामलाई उध्‍याएजस्‍तै एउटाले अर्को मानिसलाई उध्‍याउँछ।


Personified Wisdom बुद्धि व्यक्ति रूपमा

हितोपदेश 8-

1के बुद्धिले चर्को स्‍वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्‍नो आवाज उच्‍च पार्दैन र? 12म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्‌। 22“परमप्रभुले सृष्‍टिको प्रारम्‍भमा नै मलाई सृजनुभयो,  उहाँका आदिका सबै कामहरूभन्‍दा पहिले नै।

8-23अनन्‍तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्‍दा पहिले, संसार सुरु हुनुभन्‍दा पनि पहिले नै।24महासागर नहुँदै मेरो जन्‍म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्‍दा अघि नै।25पर्वतहरू आ-आफ्‍नो स्‍थानमा स्‍थापित हुनुभन्‍दा पहिले नै, पहाड़हरूभन्‍दा अघि नै मेरो जन्‍म भएको थियो। 26उहाँले पृथ्‍वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्‍दा अघि नै म सृजिएको थिएँ। 27उहाँले आकाशलाई त्‍यसको ठाउँमा बसाल्‍नुहुँदा, र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्‍यहाँ थिएँ।

यूहन्ना 1मा उल्लेख गरीएको वचन र हितोपदेश 8 मा लेखिएको बुद्धि मा समानता देखिन्छ । व्यक्तिको रूपमा बुद्धिलाइ परमेश्वरकै स्थानमा राखिएको छ। 

युहन्ना 1.1-3 1आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। 2उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो। 3सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। 4उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो। 5त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।