जयमशिह,
मेरो नाम पवित्र म. भण्डारी हो।
मेरो जन्म एक हिन्दु परिवारमा नेपालको कास्की जिल्लामा भएको हो ।
मेरो कलेजको पढाइको क्रममा मात्रै मैले प्रभुलाई चिनेको हुँ।
मेरो ईश्वर शास्त्र अध्ययन नेपालबाटै सुरु भएको भए ता पनि प्रभुले द.कोरिया गएर उच्च शिक्षा अध्ययन गर्ने अवसर दिनुभयो।
मैले मेरो MDiv, /र THM को पढाइ द. कोरियाको Torch Trinity Universityमा पुरा गरेको हुँ ।
त्यस्तैPhD को अध्ययन द. कोरियाकै Yonsei Universityमा भएको हो।
हाल म द.कोरियाको इन्छन सहरमा प्रेस्वेटेरियन चर्चमा नेपाली पास्टरको रूपमा सेवा गर्दैछु भने विभिन्न बाइबल कलेजमा पनि केहि कक्षाहरू पढाउने गरेको छु।
यस साइटबाट मैले नेपाली विश्वासीहरूको आत्मिक वृद्धिको निम्ति विभिन्न सामाग्री उपलब्ध गराउने प्रयास गरेको छु । आसा छ विभिन्न माध्यमहरू द्वारा परमेश्वरले हामी सबैलाई आत्मिक रूपमा बलियो पार्नुहुनेछ। धन्यवाद।
Pabitra M. Bhandari,
M.Div, ThM (Torch Trinity University)
PhD (GIT, Yonsei University)
Pastor, Juan Nepal Church, Incheon
Lecturer at Nepali International Theological Seminary