हितोपदेश 2:3‭-‬5 - Inspiration of the Day


अन्‍तर्दृष्‍टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस्‌ भने, यदि तैंले चाँदीझैँ त्‍यसलाई खोजिस्, र गाड़धनझैँ त्‍यो खनिस्‌ भने, तैंले परमप्रभुको भय बुझ्‍नेछस्, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्‌।

हितोपदेश 2:3‭-‬5 

हामीलाई चाहना धेरै प्रकारको लाग्न सक्छ। तर हामीले चाहेको सबै सहि नहुन सक्छ। हामीले चाहाना गरेको कुरा प्राप्त नहुन पनि सक्छ। त्यसैले हामीले उचित कुराको चाहना राख्नु पनि त्यतिनै महत्वपूर्ण हुन्छ। पलेश्वरले हामीले के चाहेको र खोजी गरेको चाहनु हुन्छ होला।

परमेश्वरले हामीले चाहना गरेको र खोजी गरेको चाहनुभएको विषय हो उहाँको भय र ज्ञान र बुद्धी। यो आफैमा हामीमा प्राप्त नहुन सक्छ । यदि हामीले परमेश्वरको ज्ञानको खोजी गर्‍यौं भनें त्यो अवश्य नै पुरा हुन्छ। किनभने परमेश्वरको दृष्टिमा हामीले चाहना गर्न सक्ने सबै भन्दा उत्कृष्ठ कुरा नै उहाँको ज्ञान हो। उहाले हामीलाई दिन चाहनु हुने सबैभन्दा उत्कृष्ठ कुरा पनि यहि हो। त्यसैले परमेश्वर कै चाहना गरौं र प्राप्त गरौं।