१ कोरिन्थी 3:13 - Inspiration || Devotion in Nepali


प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।
१ कोरिन्थी 3:13 

संसारका बस्तुहरुको शुद्धताहरू जाँच गरेर नै त्यसको महत्व र मुल्य तोकिन्छ । मानिसहरू शुद्ध बस्तुहरूको नै  चाहना राखिएको हुन्छ । उदाहारणको लागि कसैसंग शुद्ध दुध उपलब्ध छ भन्ने थाहा भयो भने शुद्धताको निश्चित नभएको तर्फ हाम्रो मन लाग्दैन । 24 k को सुन 18 र 16 भन्दा बढि नै हुन्छ र मानिसको चाहनापनि त्यहि शुद्ध सुन प्रति नै हुन्छ। यसरी शुद्ध बस्तुको चाहना भएकोले त्यसको पनि जाँच गरिन्छ । परमेश्वरको सामु हामी मानिसको जीवन एक प्रकारले त्यस्तै हुन्छ । परमेश्वर आफु पवित्र र पाप रहित हुनुभएकोले पवित्र र पाप रहित बस्तुलाई नै स्विकार गर्नुहुन्छ । त्यसैले हामी पापिलाई शुद्ध पार्न येशूले आफ्नो रगतको वलिदान दिनुभयो । यसरी येशूको बहुमुल्य रगत द्वारा शुद्ध पारिएका हामीद्वारा पनि परमेश्वरलाई योग्य शुद्ध कामहरु भएको नै चाहनु हुन्छ । एक दिन जब परमेश्वरले तोकेको दिन आँउछ हामी सबै परमेश्वरको न्यायको सामु खडा हुनेछौं , परमेश्वरले हाम्रो जीवनको सम्पूर्ण पक्षलाई जाँच्नु हुन्छ । हाम्रा असल र खराब सबै कामहरुलाई परमेश्वरले आगोद्वारा यिनको शुद्धता जाँच्नु हुन्छ । त्यस आगो द्वारा जाँचिएर प्रमाणत भएको काम मात्र परमेश्वरले स्विकार गर्नु हुन्छ।  हामीले येशूख्रीष्ट माथी विश्वास गरेको दिन देखी हाम्रो जीवन परमेश्वरको नाउमा उहै को खातिर जिएका हुन्छौं । जे हामीले परमेश्वरको नाउँमा भनेर गरेको छौं के त्यो परमेश्वरको न्यायको आगोले जाच्दा शुद्ध ठहरीएला? परमेश्वरको जाँचमा उच्च गुणस्तरको ठहरीने प्रकारको जीवन हामीले जीउन सकेका हौं । होइन भने सवै एकदिन नस्ट पारिनेछ र हाम्रो मेहनत व्यर्थ ठहरीनेछ ।