यशैया 43:18‭-‬19 - Inspiration || Devotion in Nepali


 “बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।

यशैया 43:18‭-‬19 

हाम्रो जीवनको विगत विभिन्न दुःख सुख का घटनाहरुले भरिएको हुन्छ। कति यस्ता विगतका घटनाहरुलाई हेर्दा जीवन सोचे जस्तो नभएको र जीवनमा सुख आराम र शान्तिको समय भन्दा पनि चिन्ता गर्नुपर्ने, दुःख र संघर्षको समय नै धेरै भएको देखिन्छ । जीवनमा भोग्नु परेको दु:खद अनुभव कारण हाम्रो जीवनलाई धेरै नकरात्मक संघर्षको रूपमा हेर्न पुग्दछौं। संसारमा व्याप्त पाप र यसले ल्याएको परिणाम को कारण मानिस आफ्नै  होस या अरुकै कारणले  होस्  अशान्तिको अनुभव गरिरहनु पर्दछ । कतै जीवन सधैं यस्तै वितने त होइन जस्तो पनि लाग्ला। भविस्य पनि त्यति उज्यालो नहोला । तर सबैकुरो लाई छाडेर नयाँ भविस्य निमार्णमा परमेश्वर लाग्नु भएको छ भन्ने हामीले विश्वास गर्न सकौं । परमेश्वर संगको हाम्रो सम्बन्धमा विगतले मात्र सरोकार नराखी  हाम्रो भविष्यको निमार्ण पनि समावेश हुन्छ। वास्तवमा भन्ने हो भने परमेश्वरमा विश्वास गर्नु भनेको नयाँ जीवनको सुरुवात गर्नु हो । परमेश्वरले गर्नुहुने नया काम हाम्रो व्यक्तिगत जीवनमा मात्र सिमित नभएर यस संसारलाई नै आफ्नो योजना अनुसार नया मार्गमा डोर्‍याउँदै हुनुहुन्छ । हामी प्रभु येशूको विश्वासीहरुले विगतमा भोगेको कुरालाई हेरेर निरास नभई परमेश्वरले  ल्याउनुहुने भविस्यको  आसा गर्न सक्नु पर्दछ । हामी सबै जना परमेश्वरले गर्दै गर्नुभएको काम देखी आसाबादि जीवन जीउन सकेका हौं।