हारूनको जीवन अध्ययन- Study of Aaron's Life || Bible Study in Nepali

हारूनको जीवन अध्ययन- Study of Aaron's Life






You can download the study file here

हारून को कम्जोरीहरु


1. सुनको बाछोको काण्ड : हारूनले अरुको कुरालाई सहि र गलत हो भनेर छुट्याउन नसक्ने वा सत्यको पक्षमा अडिग हुन नसक्ने र आफ्नो धारणा प्रस्ट्याउन नसक्ने व्यक्ति थियो ।
प्रस्‍थान 32:1‭-‬4 
जब मानिसहरूले मोशालाई पर्वतबाट ओर्लन बियाँलो गरेका देखे, तब तिनीहरू हारूनकहाँ भेला भएर तिनलाई भन्‍न लागे, “उठ्‌नुहोस्, र हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्‍याउने मोशालाई के भयो हामी जान्‍दैनौं” हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्‍नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्‍डलहरू फुकाली यहाँ मकहाँ ल्‍याओ।” तब सबै मानिसहरूले आ-आफ्‍ना कानमा भएका सुनका कुण्‍डलहरू फुकालेर हारूनकहाँ ल्‍याए। तिनले ती तिनीहरूका हातबाट लिएर हतियारले खोपे, र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने तिमीहरूका देवताहरू यी नै हुन्‌।”

अरुका कुरा ध्यान लगाएर सुन्नु पर्छ तर हामीले सहिर गलत छुट्याउन सक्ने हुनुपर्छ । कुनै कुरा सहि हो भन्ने आफूलाई ज्ञान छ भनें त्यसमा अडिग हुन सक्नु पर्छ। 

2. मोशाको विरोध काण्ड : हारून मोशा संग परमेश्वरले गर्नुभएको बार्तालाप तथा कुराको डाह गरेका थिए। सोहि डाहले उनले विरोध गरेका थिए।

गिन्ती 12:1‭-‬2 मोशाकी कूशी पत्‍नीको कारणले मिरियम र हारून मोशाको विरुद्धमा बोल्‍न लागे, किनभने तिनले कूशी पत्‍नी ल्‍याएका थिए। तिनीहरूले भने, “के परमप्रभुले केवल मोशाद्वारा मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीद्वारा पनि कुरा गर्नुभएको छैन र?” अनि परमप्रभुले यो कुरा सुन्‍नभयो।

आफ्नो व्यक्तिगत डाह इर्श्या आदिले विरोध गर्नु परमेश्वरको योजना होइन र त्यसले असल परिणाम ल्याउँदैन । हामी परमेश्वर को राज्यको काममा सहकर्मी हरु हौं त्यसैले मिलेर परमेश्वरको योजना पुरागर्नु पर्छ ।

3. ढुंगा ठटाएको काण्ड :
 गन्ती २०: 2 - 13 मा मोशाले आवेगमा आइ परमेश्वरले दिनु भएको आज्ञालाई अपवित्र तुल्याएको थियो र हारून पनि मोशा संग जोडिएको कारण प्रतिज्ञाको देश प्रवेश गर्न पाउँछैन ।

हारूनले मोशाको सहकर्मिको हैसियतले मोशा रिसाउँदा उसलाई सल्लाह दिन तथा शान्त गर्ने कुनै प्रयास गरेको पाइदैन । सहकर्मि को काम आदेश मान्नु र पछि लाग्नु मात्र नभई रचनात्मक आलोचना र अवरोध गर्न पनि सक्नु पर्छ र हारून यसकाममा चुकेको पाउँछौं ।

हारूनका गुणहरू :


1. आफ्नो ज्ञान तथा क्षमताले मोशामा भएको कम्जोरीलाई पुर्णता दिएको थियो। 
(प्रस्थान 4:14-16 ) 
हामीले एक अर्का को पुरक भएर ख्रीष्टको शरिरमा सामेल हुन्छौं । मोशा सबै कुरा मा पोख्त थिएन र उसको कमि परमेश्वरले हारूनबाट पुरा गर्नु भयो। 

2. मोशाको चुनौतिको समयमा हारून पनि साथमा नै थिए।
- अमेलिकि हरु संगको युद्धमा मोशाको हात उचालेको (प्रस्थान 17:8-13)
- फारोको सामना गर्दा साथ दिएको (प्रस्थान 7:10-13)
- इस्राएलीहरू ले मोशाको विरोध गर्दा मोशाको पक्षमा रहेको ।

दुःख मा चुनौतिमा परमेश्वरको जनको साथ दिनु सवै भन्दा महत्वपूर्ण काम हुन आउँछ।

4. हारूनले इस्राएलको धार्मिक अगुवाको भुमिका निर्वाह गरेका पाउँछौं ( प्रस्थान 28: 1 )
सबै लाइ परमेश्वरले एकै प्रकारले प्रयोग गर्नुहुँदैन तर परमेश्वरको बोलावट अनुसार विभिन्न वरदान दिएर आफ्नै योजनामा हामीलाइ चलाउनुहुन्छ। आफ्नो भुमिका जानेर सोहि अनुसार चल्नु नै परमेश्वरको योजना पुरा गर्नुहो ।