रोमी 12:2 - Inspiration || Nepali Christian Devotion


 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

रोमी 12:2

परिवतर्न अपरिहार्य छ, प्रश्न मात्र यो छ कि हाम्रो परिवर्तन कस्तो हुन्छ। समय आफ्नो रफ्तारमा परिवतनका पाना पल्टाउँदै अघि बढिरहेको छ। शरिरिक रुपमा हामी सबै उमेरको उकालि चढ्दै जान्छौं र जीवनका उतार चढावले हामीलाई  विभिन्न अनुभव गराएर हामी मा परिवर्तन थोपरी रहेको छ । के हामीले सोचे जस्तो भइरहेका छौं ? के यो परिवर्तनमा हाम्रो केहि योगदान र भुमिका रहन्छ ? कि हामी समयको खेलका खेलौना मात्र हौं ? संसारका मानिसले जसरी सोचे पनि हामी विश्वासीलाई परमेश्वरल हाम्रो आफ्नो जीवनको परिवर्तनको खेलमा भुमिका दिनुभएको छ । त्यस भुमिका ले हामीलाई जीम्मेवारी पनि दिएको छ । जीम्मेवारी हाम्रो हातमा भएको कारण हामीले जीवनमा आएको परिणामको दोष अरुलाई दिएर पन्छाउन पाउने छैनौं । हाम्रो जीवनमा जे हुन्छ त्यसले ठूलो अर्थ राख्दछ । आज र अहिलेको लागि मात्र होइन तर अनन्तको लागि असर गर्ने परिवर्तनको जीम्मेवारी हामीले पाएका छौं । त्यसैले हाम्रो परिवर्तन लाई अर्थपूर्ण र परमेश्वरको सामु स्विकार योग्य बनाउन चाहन्छौं भने यस परिवर्तनको खेलमा संसार र यसको ढाँचालाई सामेल हुन नदिऔं । किन भने यो संसार आफै व्यर्थताको परिवर्तन तिर हिडि रहेको छ । यस संसार पछ्‌याउन छोडेर परमेश्वरलाई स्विकार योग्य हुने परिवर्तनको खोजिमा अघि बढौं । खोज्नेले नै भेटाउछ । सत्यता र असल परिवर्तन को खोजी गरौं ।