रोमी 15:13 - Inspiration || Nepali Christian Devotion



आशाका परमेश्‍वरले तिमीहरूलाई विश्‍वासद्वारा सम्‍पूर्ण आनन्‍द र शान्‍तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्‍माको शक्तिले तिमीहरू आशामा प्रशस्‍त हुन सक।

रोमी 15:13 

मानिसको जीवनमा आशा एक सवैभन्दा महत्वपूर्ण तत्व हो । आशाले मानिसलाई वतमानमा नभई भविस्यमा रमाउन सिकाउँछ । हामीले भविस्यमा सुख पाइने आशामा वर्तमानमा दुःख गर्न सक्छौं । एक दिन मिलन हुने आशामा विछोडिएका आफन्त मित्र तथा हितैषिहरू बर्सौं प्रतिक्षा गर्न सक्छन्। वर्तमान दुःख, समस्या र चुनौतिले भरिएपनि आशा छ भनें मानिसले यि सबै कुरा सामना गर्न सक्छ । आसाले मानिसको अनुहारमा खुशी ल्याउँछ। आशा छैन भने मानिसले बाच्नु को अर्थ र उद्देश्य गुमाउँछ। वर्तमान मा सुख सुविधा नै भए पनि भविष्य आशा विना अन्धकार छ भने उ छट्पटाउँछ । हामी दुःखी हुन्छौं ; जीवनको खुशी गुमाउँछौं । त्यसैले जीवन प्राप्त गर्नु भनेको आशा प्राप्त गर्नु हो । बाइबलमा चिनाइएको परमेश्वर आशाका परमेश्वर पनि हुनुहुन्छ । परमेश्वरमा आशा राखी उहाँमा रमाउँन सिकौ किनभनें उहाले हामीलाई चाहिने आशामा प्रसस्त पार्नुहुन्छ। जीवनमा अनन्तताको आशा यस दुःखी संसार पछिको स्वर्गीय आनन्दको आशा । परमेश्वरले हामीलाई दिनुहुने आशाले जीवनका सबै चुनौती सामना गर्न सक्षम बनाउँछ । हामीले विश्वास गरेको परमेश्वर आशाको परमेश्वर हुनुहुन्छ । हामी यसैमा रमाहट गरौंकि हामी कहिल्यै निरास हुनु पर्ने छैन। परमेश्वरमा प्राप्त त्यस अनन्तताको आशाले वर्तमान जीवनमा संघर्ष गर्ने वल र, दुःख र समस्याको बेलामा पनि रमाउनको लागि खुशी प्रदान गरेको होस्।